मलाई प्लेब्वाई मनपर्छ : जिया केसी

झण्डै एक दर्जन सिनेमामा काम गरिसकेपनि एउटै रिलिज भएको छैन, नायिका जिया केसीको । ‘एटीएम’लाई रोक लगाइदिएपछि झड्का महसुस गरिरहेकी जिया नायक भुवन केसीसँगको सम्बन्धले चर्चामा छिन् । झापाको चारपानेमा जन्मिएकी उनी आफूलाई प्लेब्वाई मन पर्ने निर्धक्क बताउँछिन् ।

भुवन केसी तपाइँलाई साँच्चै मन पर्छ ?
हो, आई लभ हिम । -हो, उहाँलाई म साँच्चै माया गर्छु ।) तर जसरी बाहिर हल्ला फैलिरहेछ त्यो अर्थमा होइन । म उहाँको फ्यान हुँ । फ्यानको रुपमा कसैलाई माया गर्न पाइँदैन र ?

भुवन केसीको के कुरालो तपाइँ भुतुक्क हुनुभएको ?
एकदमै स्मार्ट लाग्छ । उहाँको जस्तो गेटअप सायद नेपाली चलचित्रमा अरु कसैको पनि छैन ।

उहाँसँग भेट भएको कति समय भयो ?
एक वर्ष पुग्न लाग्यो । ‘एटीएम’को एउटा गीतको डान्स गर्दा उहाँ त्यहीं आउनुभएको थियो । भुवन केसी सिनेमाका लागि हिरोइन खोज्न आउनुभएको थियो ।

सुटिङ स्थलमै नायिका खोज्दै आएको कुरा कसरी पत्याउने ?
होइन मेरो काम पनि हेर्न खोज्नुभएको होला । किनभने मेरो डान्स देखेर उहाँले प्रशंसा गर्नुभएको थियो ।

तपाइँहरुको सम्बन्धचाहिं कसरी नजिकियो ?
त्यसको दुई महिनापछि उहाँसँग दरबारमार्गको नाङ्लो क्याफेमा अचानक भेट भयो । त्यसपछि चाहिं उहाँसँग राम्रै गफगाफ हुन थाल्यो । उहाँको घरमा पनि जान थालें । हामी केही दिनअघि मात्रै चावहिलमा एउटा मोबाइल पसलको उद्घाटन गर्न सँगै गएका थियौं । लगत्तै आरधना क्याफेमा अक्कल दाईको छोरीको पास्नीमा पनि सँगै थियौं । सायद यही कारण हामीबीच यस्तो काण्ड चलाएको हुनुपर्छ । तर उहाँलाई म जहिल्यै आदर गर्छु ।

यदि उहाँले विवाहको प्रस्ताव राख्नुभयो भने त खूब खुशी लाग्छ होला नि ?
मैले यो स्टेजसम्म साचेकी छैन । अलि सानै उमेर भएकोले हो कि ।

यस्तो कुरा फैलिएपछि उहाँसँग सम्पर्क भयो ?
छैन । मैले पनि गरेकी छैन । के भन्ने भन्ने भएर फोन गर्न पनि अफ्ठेरो लागिरहेछ । उहाँलाई देख्दैमा म त नर्भस भईहाल्छु । फोन गर्नुभयो भने पनि के कुरा गर्ने थाहा छैन ।

कुरा सुन्दा त लभ नै परेजस्तो छ ?
उहाँको मलाई धेरै माया लाग्छ । तर अफेयरको रुपमा होइन ।

भुवन त वैवाहिक जीवनमा असफल व्यक्ति हुन् । धोका होला जस्तो लाग्दैन ?
मलाई त वास्तवमा प्लेब्वाई नै मन पर्छ । केटी फेरिरहने उनीहरुको बानी ठीक लाग्छ ।

किन ?
सायद म सोझी भएर होला ।

एकातिर प्लेब्वाई मन पर्छ अर्कोतिर आफूलाई सोझी ठान्ने । कसरी पत्याउने ?
मनमा लागेको कुरा भनेकी हुँ । मेरो बारेमा बाहिर जे कुरा फैलिन्छ त्यो कहिल्यै सत्य हुँदैन ।

तपाइँ आफू पनि प्ले गर्ल हो ?
बिल्कुल होइन । सोझी केटी हुँ । संघर्ष गरिरहेकी छु ।

१० वटा सिनेमा खेलेर संघर्ष गर्दा पनि स्थापित हुन नसकेपछि भुवनसँगको सम्बन्धले फाइदै पुग्ला नि ?
उहाँलाई मैले त्यो रुपमा लिएकी छैन । फेरि त्यति ठूलो कलाकारको नाम बेचेर खानुपर्ने अवस्था ममा आइसकेको छैन ।
– फिल्म नेपाल

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु