बेहोसीमै हट सिन दिन्छन्: झरना थापा

चलचित्र ‘दाइजो’बाट सिनेमा क्षेत्रमा हाम फालेकी नायिका झरना थापाले एक सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छिन् । निर्माता सुनील थापासँग विवाह गरेकीले पनि हुनसक्छ, उनलाई यो क्षेत्रमा टिक्न सजिलो भएको छ । समकालीन नायकसँग मात्रै होइन नव प्रवेशीहरुसँग समेत उनले सिनेमा खेल्ने अवसर पाएकी छिन् । आफ्नै सिनेमा ‘फेसबुक’मा खुलेको उनको गेटअपको चर्चा सेलाउन नपाउँदै अर्को सिनेमाको गीतमा उत्तेजक दृश्य दिएकी छिन, झरनाले । त्यसैले उनलाई बुढेशकालकी सेक्सी नायिका समेत भनिन थालिएको छः

यो उमेरमा आएर सेक्सी नायिका भन्दिंदा कस्तो लाग्दो रहेछ ?
-लामो हाँसोपछि) रमाइलो लाग्छ । मैले त आफ्नो भूमिका सुहाउँदो काम गरिरहेको हुन्छु । अरुको कमेन्टप्रति त्यति वास्ता गर्दिन ।

तर धेरैले त झरनाको जवानी फर्किएछ भन्छन् होइन ?
मैले समाजलाई पच्दै नपच्ने हट सिन दिएकी छैन । पहिले पनि मैले स्कट, पाइन्ट लगाएर नाचेकी थिएँ । अहिले गेटअपमा थोरै परिवर्तन भयो होला ।

यस्तै सिन दियो भनेमात्रै चर्चा पाइन्छ नि फेरि ?
चर्चाका लागि म त्यस्तो गर्दिन । सिनले भन्दा पनि कामले चर्चा पाउने हो ।

यौनसँग सम्बन्धित सिनेमा बनाउने लहर चलेको छ । यस्तो प्रवृत्तिलाई कसरी हेर्नुभएको छ ?
यस्ता मुभी बन्नु राम्रो होइन । यसले समग्र चलचित्र क्षेत्रलाई नै घाटा भईरहेको छ । केही महत्वकांक्षी व्यक्तिका कारण हामीले समेत बद्नाम हुनुपरिरहेको छ । समाज, संस्कार सुहाउँदो सिनेमा बनाउने र खेल्ने गर्नु पर्छ ।
अर्कोतिर सरकाले एक करोडमा बन्ने र १५ लाखमा बन्ने सिनेमालाई एउटै हलमा देखाउन दिनु भएन । फिल्मको विषयवस्तु अनुसार वर्गीकरण गरिदिए भइहाल्यो नि । कम्तीमा १४/१५ वर्ष संघर्ष गरेर आएका हाम्रो बद्नाम त हुने थिएन । नायिका भनेर सडकमा हिंड्न समेत गार्‍हो भइसक्यो ।

किन यस्तो भएको हो ?
नयाँ कलाकारले कुरा नबुझेर । हिरो हिरोइन भइन्छ भनेर निर्माता निर्देशकले जे भन्यो त्यही मान्दा यस्तो भएको हो ।

कसरी कुरा नबुझेका होलान् नयाँ कलाकारले ?
उनीहरुलाई यहाँ भित्रका धेरै कुरा थाहा हुँदैन । खाली पर्दामा हिरोहिरोइन हुने सपना मात्रै हुन्छ । हिरोहिरोइन बन्ने भन्दैमा दंग हुन्छन् । जसले जे भन्यो त्यही गर्न राजी पनि हुन्छन् । बेहोसीमै हट सिन दिन्छन् । पछि सार्वजनिक भएपछि आलोचना हुँदा मात्रै उनीहरुलाई आफ्नो कमजोरी थाहा हुन्छ । धेरै नयाँ कलाकारले अहिले मैले त्यस्तो दृश्य दिएकै छैन भन्नुको अर्थ त्यही हो । दिने बेला होश हुँदैन । होश खुलेपछि केही गर्नसक्ने अवस्थै रहँदैन ।

नायिकाको उमेर र सिनेमामा काम पाउनेबीच कस्तो सम्बन्ध हुँदोरहेछ ?
म ‘एक्सन’को सुटिङ सक्नासाथै ‘नो स्मोकिङ’मा व्यस्त हुनेछु । उमेर उकालो लागेपनि मेरो काम दर्शकले मन पराइदिनुभएकोले मैले फुर्सद बस्नुपर्‍या छैन ।

आफै निर्माता नभएको भए त गार्‍है पथ्र्यो होला नि ?
खै त्यो त कसरी भनूँ । शुद्ध कलाकार मात्रै भएर टिक्नेबारे मैले सोचेकै छैन ।

– filmnepal

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु