आँखामुनि कालो दाग (र्डार्क र्सर्किल) उपचार-डा. राममणि भण्डारी

आँखाको बनावटले सौर्न्दर्यमा अत्यन्त असर पार्दछ । यदि आँखाको मुनि कालो दाग आदि देखिएमा र्डार्क र्सकल भएको बुझिन्छ । आँखा मुनिको कालो दागले विभिन्न रोगको संकेत गर्दछ साथै अनुहारको आकृतिमा समेत नकारात्मक प्रभाव पार्दछ । आँखाको मुनि बक्राकार रेखा र्डार्क र्सर्किलले तपाईलाई वास्तविक उमेरभन्दा पाको संकेत गर्दछ । साथै, तपाईलाई थकित र निराश भएको बुझाउँछ । आँखा मुनिको दागले व्यक्तिको शारिरीक एवं मानसिक स्वास्थ्य स्थितीको बोध पनि गराउँछ । यसरी जीवन पद्घतिमा प्रभाव पार्ने र्डार्क र्सर्किलका विभिन्न कारणहरु हुन्छन् ।
उमेर- प्रायः आँखामुनिको छाला बढ्दो उमेरसँगै तुलनात्मक रुपमा पातलो र बढी पारदर्शी हुने भएकाले र्डार्क र्सर्किल देखिन्छ ।

एलर्जी र नाकको समस्या- विभिन्न एलर्जीको कारण दमरोग लगायतको समस्याले पनि आँखामुनि र्डार्क र्सर्किल उत्पन्न गर्दछ । दमले गर्दा आँखामुनिका सूक्ष्म रक्तनली साँघुरो हुन्छ । नाकको प्वाल सानो भएमा आँखाबाट नाकमा आउने रक्तनली बढि खुुला हुन्छ र गाढा देखिन थाल्दछ ।
वंशाणाु – वंशाणु गुणले पनि र्डार्क र्सर्किलमा महत्वपुर्ण भूमिका खेल्छ । आँखामुनिको छाला पातलो भएमा रक्तनलीमा बगिरहेको रगत छालामा जस्तो देखिन्छ, जसले कालो रेखा उत्पन्न हुन्छ ।
निद्राकाे कमि – निद्रा नपुगेमा समेत आँखामुनि र्डार्क र्सर्किल बन्छ । थकानले पनि यसमा भूूमिका खेल्छ । थकानले गर्दा आँखामुनिको छाला सुख्खा हुने र लचिलोपना पनि घट्नेै भएकाले छालाबाट परावर्तित हुने प्रकाशको स्वरुप परिवर्तन भएर र्डार्क र्सर्किल देखिन्छ ।
पेट खराब भएमा- पेटसम्बन्धी समस्या भइरहने, पटक पटक कब्जियतको समस्या हुने वा ग्यास भरिरहने व्यक्तिमा पनि आँखामुनि कालो र्सर्किल देखिन्छ ।
हार्मोन परिवर्तन – हर्मोनको परिवर्तनको कारण पनि र्डार्क र्सर्किल उत्पन्न हुनसक्छ । गर्भावस्था, रजोनिवृती र परिवार नियोजन चक्किको सेवन गर्दा पनि महिलामा समस्या देखिन सक्दछ ।
ज्यादा घाम र गर्मी – ज्यादा घाम र र्सर्ूयकिरणको प्रभावले पनि आँखा मुनिको छालामा हाइपरपिंङ्गमेन्टसनको कारण कालो दाग बस्न सक्दछ ।

समाधान-
आँखा मुनिको र्डार्क र्सकललाई समयमा नै ख्याल राख्न नसके सौर्न्दर्यमा ठूलो समस्या निम्त्याउन सक्दछ । यसका निम्ति बजारमा पनि अनेकौ प्रकारका कस्मेटिक आदि क्रिम उपलब्ध छन् तर खानपान र जीवनशैली सुधार बिना कुनै सफल हुन सक्दैनन् । यसका निम्ति केहि महत्वपर्ूण्ा घरेलु उपायहरु
१. स्याउ -स्याउमा भिटामिन बी, सी साथै पोटासियम, ट्यानिन आदि तत्व ज्यादा प्राप्त हुन्छ जसले र्डार्क र्सकलमा फाइदा पुर्‍याउँछ ।
२. काँक्रो – काँक्रो शितल फलफुल मानिन्छ त्यसकारण पनि काँक्रोको शितल रस आँखाको तनावको लागि अत्यन्त लाभदायक हुन्छ ।
३. आलु – आलुमा रहेको स्र्टार्च तत्वको कारण पनि आलुलाई बोक्रा निकालेर पातला टुक्रा पारी आँखामा प्रयोग गर्न सकिन्छ ।
४. गुलाफ – अन्य उपचार भन्दा गुलाफको प्रयोग र्डार्क र्सकलको लागि अत्यन्य उत्तम हो । गुलाफ जलले आँखाको रातोपना हर्टाई आखाँलाई ताजगी तुल्याउँछ ।

खान पान सुधार
दैनिक खानपान आदिलाई सन्तुलनमा राख्न सके र्डार्क र्सकल ठिक हुन्छ । त्यसका निम्ति सादा, सुपाच्य, पोषणयुक्त भोजन लाभकारी हुन्छ । ताजा सागपात, फलफुल, भिटामिन युक्त रसिलो, पोषिलो खानपानको साथै ज्यादा पानी पिउनु पर्दछ । आयर्ुर्वेद सिद्घान्त अनुसार पनि र्डार्क र्सकल लगायत सम्पर्ूण्ा समस्या जीवनयापनको क्रममा शरीरमा जम्मा भएर रहेका विजातीय पदार्थ -त्यहष्लक) आदि नै हुन् । जडिबुटि युक्त औषधीको सेवन तथा प्रयोगले रोगको मूल कारक तत्वको निस्कासन गरि रोग मुक्त गराउँछ ।
घरेलु उपचार
· रातको समयमा पर्याप्त लगभग ८ घण्टा जति आराम गर्ने । राम्रो निन्द्राले शारीरिक एवं मानसिक आराम प्रदान गर्दछ ।
· जुन कुराको छालालाई एलर्जी छ त्यसबाट बच्नको लागि उपाय गर्ने ।
· प्रशस्त रुपमा पानी एवं पौष्टिक तत्व युक्त झोलीलो पदार्थ बढि सेवन गर्ने ।
· चुरोट, खैनी, विँडी, लागुपदार्थ, रक्सि आदिको कुलत छाड्ने ।
· काक्रोलाई साना टुक्रा बनाई आँखा ढाक्ने । यो प्रक्रिया आँखा बन्द गरि राम्रो सँग आराम गरेर प्रत्येक दिन १५-२० मिनेटसम्म गर्न सकिन्छ ।
· कपडामा Ice cube लाई पोको पारेर आँखा बन्द गरि पोकोले ढाकेर राख्ने ।
· काँचो आलुबाट रस निकाल्ने र रसलाई आँखाको वरिवरि दलेर आलुको पातलो टुक्राले आँखालाई ढाक्ने ।
· आँखाको वरिपरी कस्मेटिक प्रयोग गर्दा Vitamin C,E, K, Retinol युक्त क्रिम मात्र प्रयोग गर्ने ।
· पुदिना र टमाटरको मिश्रति लेप बनाई आँखाको वरिपरी लगाउने ।
· रातको समयमा बदामको तेल आँखाको वरिपरि दल्ने र रातभार राखेर बिहान सफा पानीले पखाल्ने ।
· कपासको पोको गुलाफ जलमा डुबाएर आँखा ढाक्ने गरि राख्नाले तत्काल र्डार्क र्सर्किललाई लाभ पुर्‍याउँछ ।
· अण्डाको सेतो भाग ख्ष्तamष्ल द्य युक्त भएकाले आँखाको मुनि लगाएर सुख्खा भएपछि पखाल्ने । यसले आँखा मुनिको रक्त सञ्चार सुधार गरि कालो दाग घटाउँछ ।
· प्रशस्त रुपमा ताजा फलफुलको जुस प्रत्येक दिन पिउने ।
· बाहिर घाममा निस्कँदा कालो सनग्लास प्रयोगले छालामा हुने परिवर्तन रोक्दछ ।
· कागती, सुन्तलाको बोक्राको धुलो, टमाटर, बेसार आदिको मिश्रण बनाएर प्रभावित भागमा लगाउने र सुख्खा भएपछि पखाल्ने ।

अायुर्वेद चिकित्सक
info@rammani.com.np

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु