नेपाली वैज्ञानिक डा॰अम्बरिश पोख्रेलसँग

आज २०७१ चैत्र ०६ गतेको दिन हामीसंग पस्चिम नेपालको लुम्बिनीको सेरोफेरो अन्तर्गत पहाड़ी जिल्लाको युवा एक वैज्ञानिक व्याक्तित्व तत्कालीन सन्धिखर्क गावीस ०७ भालयडाडा निवासी हजुरवुवा पण्डित चन्द्रकान्त पोख्रेल, हजुरआमा कर्णकुमारी पोख्रेलको नाती एवं प्रखर शिक्षा प्रेमी पिता रामचन्द्र पोख्रेल र संघर्ष कसरी गर्नु पर्छ भनेर सिकाउने हैसियत भयकी ति महान माता चित्रकला पोख्रेलको छोरा अम्बरिश पोख्रेलले जापानको होक्कैड़ो बिस्व बिद्यालय जापानवाट अध्यन गर्दै मौसम सम्वन्धी अनुसन्धानको क्रममा सन २०१४ को Atmospheric Chemistry को प्रथम पुरस्कारले सम्मानित हुनु भएकोमा समग्र नेपाल र हाम्रो जिल्ला अर्घाखाँचीको लागी गौरवको विषय हो ।
उहाँको अथाह मेहनत र दृढ़ लगनसिलताको परिणाम यो पुरस्कार हो । यसै विषयमा हाल जापानमै अनुशन्धानमै सक्रिय यी नै वैज्ञानिक अम्बरिश पोख्रेल र अर्घाखाँची भ्वाँईसका कार्यक्रम उत्पादक तथा संचालक डिल्लीराज घिमिरे संगको संक्षिप्त अन्तरवार्ता :

डिल्लीराज घिमिरे : सर्व प्रथम तपाईलाई अर्घाखाँची भ्वाईसको स्टूडियोमा स्वागत छ ।
डा॰ अम्बरिश पोख्रेल: आज मलाई मेरो व्याक्तीगत जीवन र मेरो अनुसन्धानको सफलताको वारेमा कुराकानी गर्ने अवसर प्रति यहाँलाई बिसेस धन्यवाद साथमा अर्घाखाँची भ्वाँईसका सवै संचालक प्रति आभारी छु । हामी जनता, जनताको रुपमा, जनताकै माझमै बसेर काम गर्दा जती आन्नद आउछ, त्यो अरु कृतिम बसाई वा ब्यबहारले आउदैन होला भन्ने लाग्दछ/ २- ४ जना अत्याचारीको रबाफ देखेर, त्यसै गरी भुल्न खोज्दा मनमा अशान्ती लुकायर बस्नु पर्ने बिकल्प बाहेक अरु छैन कि/
तपाई हाम्रो काम दुनिया बदल्नु हो, बाटो मात्र फरक तर परिपुक हुन्/ कसरी पृथक हुन सकिन्छ होला र / तपाइलाई पनि हामी युवाको तर्फबाट धेरै धेरै ध्नाय्बाद/
डिल्लीराज घिमिरे : सर्वप्रथम त तपाईको पारिवारिक रुपमै परिचय पाउन ?
डा॰अम्बरिश पोख्रेल: मेरो जन्म अर्घाखाँची जिल्लाको सन्धिखर्क गावीस ०७ भालयडाडामा पिता रामचन्द्र पोख्रेल र माता चित्रकला पोख्रेलको कोखवाट भएको हो । मेरा हजुरवुवा चन्द्रकान्त पोख्रेल, हजुरआमा कर्णकुमारी पोख्रेल हुनुहुन्छ । बिसेस गरी मेरा हजुरबा, बा र आमाको नामले जिल्लाबाशीहरुले बिसेस रुपले हाम्रो परिवार चिन्नुहुन्छ/
डिल्लीराज घिमिरे : यो अमेरिकन मौसम विद समाज कस्तो प्रकारको समाज र सभा हो ?
डा॰अम्बरिश पोख्रेल: अमेरिका लगायत विस्वका दश हजारभन्दा बढी नामुद नामुद मौसम विदहरुको सदस्यता भएको समाज “अमेरिकन मौसम विद समाज” हो ।यस्तै अन्य बिषयसंग सम्वनधित समाज पनि छन दुनियामा । यो नेटवर्क अन्य देशहरुमा पनि छन । म आवद्द रहदै आफै नेपालको “जल तथा मौसमविद समाज नेपाल” नामक समाजको आजीवन सदस्य छु । तर अझै यस समयसम्म पनि त्यो गौरबशाली समाजको सदस्य हुन् सकेको छैन । यसका धेरै कारणहरु छन्/ एक अर्थमा विस्वका मौसमविदहरुको लागी सपनाको समाज पनि हो । यो समाजले प्रत्येक नयाँ बर्ष को पहिलो महिना आपनो बर्षिक साधारण सभा गर्ने गर्छ । यो बर्ष उसले आफ्नो ९५ औँ बर्षिक साधारण सभा जनवरी ०४ देखी ०८ अमेरिकाको एरिजोना राज्यमा आयोजन गरेको थियो ।

डिल्लीराज घिमिरे : यसले कसरी यस्तो प्रकारको पुरस्कार घोषणा गर्दछ वताई दिनु न ?

डा॰अम्बरिश पोखरेल : प्रत्येक वर्ष उसले आफ्नो साधारण सभामा अनुसन्धानको प्रतियोगिता वा अनुसन्धानको प्रस्तुतिका लागी बिस्व ब्यापी आमन्त्रण खुला गरेको हुन्छ अर्थात् निवेदनको माग गरेको हुन्छ । त्यसमा आफ्नो आफ्नो अनुसन्धानको टिपोट बुझाउनु पर्ने हुन्छ । त्यो कस्तो कुन स्तरको अनुसन्धान हो, त्यो कुरा त्यहाका मौसम विदहरुले अर्थात् अमेरिकन प्रोफेशरहरुको जाच मण्डलले पहिले जाच गरी सके पछि प्रभावकारी भएमा त्यो साधारण सभामा प्रवेश दिन्छ। अब अनुसन्धान यती गहिरो भैसकेको छ कि, त्यो साधारण सभाले मौसम शास्त्र भित्र पनि मुख्य रुपले १२-१५ बटा जती हागाहरु बाडेको छ। ति हागाहरुका छुट्टा छुट्टै सभाहरु हुने गर्दछन । अझ खुसीको कुरा के छ भने म पुरस्कृत भएको हागा त निकै ठुलो पो छ त । अझ समय समयमा ति सहायक क्षेत्रहरुलाई जोडेर सभा गर्ने गरिन्छ । यस पाली पनि त्यसो गरिएको थियो । त्यहा एउटा न्याय मण्डल हुने गर्दछ, त्यसमा धेरै अमेरिकन र केही अन्य राष्ट्रका विज्ञ प्रोफेस्सर हुने गर्छन, किनभने त्यो मुलत अमेरिकन मौसमविद समाज हो । जस्तै हाम्रो जुरी मण्डलमा एकजना बाहेक सबैजना अमेरिकन प्रोफेस्सर हुनुहुन्थ्यो । उसले गराउने भिन्न भिन्न थरिका प्रतियोगिता अन्तर्गत, एउटा ठुलो अनुसन्धानको हागा Atmospheric Chemistry हो । अर्थात यहि समाजका मान्छेले नै हो, हाम्रो पृथ्वी देखि मंगल ग्रहको Atmospheric Chemistry को अनुसन्धान गर्ने गर्छन । यो हागामा मेरो अनुसन्धान उत्कृत भएकोमा पुरस्कृत भएको छु। यसको बिषयमा बिसेष नाम त हुदैन । मैले जापानमा मेरो PhD अन्तर्गत गरेको अनुसन्धान भएको हुनाले, यसलाई “स्टुडेन्ट बेस्ट प्रिजेनटेशन अवार्ड-प्रथम स्थान” भनेर लेखिएको छ । यसको अर्थ कम्तिमा पनि अमेरिकन मौसमविद समाजको नजरमा मेरो अनुसन्धान यो बर्स २०१४ को लागी उत्कृस्ट अनुसन्धान हो । २०१५ को लागी ९६ औ सभाले स्वत: नया चयन गर्दछ/

डिल्लीराज घिमिरे : नेपालमा कुन विद्यालयवाट अध्ययन सुरु गर्दै हुनुहुन्थ्यो र पढाई कस्तो थियो होला ?
डा॰ अम्बरिश पोखरेल: उस जमानामा मेरा पिताहरु सहित जिल्लाका अन्य हस्तीहरु सस्थापक सदस्य समेत रहेर २०१० सालमा स्थापना गर्नु भयको आजको सरकारी स्कुल जन ज्योति मा. बि. मा नै १ देखि १० सम्म पढेको हो/ खुसीको कुरा छ यहाँ/ हाम्रा ती आदरणीय शिक्षकहरु निकै इमान्दार हुनुहुन्थ्यो, त्यसैले राम्रो पढाई हुने गर्दथ्यो, अनि हामीलेअरु बोर्डिंग स्कुल धाउनु परेन । जहाँसम्म मेरो कुरा छ, म कहिले कक्षा प्रथम भईन । तर हामी ५-७ जनाको एउटा पढ्ने समुह थियो, त्यो झुण्डको एक म पनि रहेको थियो तर अचम्मको कुरा हाम्रा शिक्षक सधै पढेनन केटाहरुले भनेर गुनासो गर्ने गर्नु हुन्थ्यो । त्यो किन रहेछ भन्ने कुरा अहिले पो थाहा भयो, त्यो के रहेछ भने, स्कुलको शिक्षक बने पछि, आफ्नो कर्तब्य के हो भन्ने कुरा राम्ररी निर्वाह गर्ने सस्कारबाट उहाहरु आउनु भएको पो रहेछ । धेरै शिक्षकहरू त मेरा पितासंग भारतको बनारसमा संगै पढ्नु भएको रहेछ । यहाँ स्मरण गर्नु र जोड्नु पर्ने देखिन्छ कि मेरो पिताले पहिला सस्कृत पढेर यता बिज्ञान बिसय सुरु गर्नु भयको रहेछ/ त्यसको लागी ठुलो मिहिनेत चाहिन्छ होला/ अनि त्यही अनुसारको इमान्दार शिक्षक पनि/ यसरी त्यो बेलाको शिक्षा लिने र दिने सस्कार नै अति उत्तम थियो कि जस्तो लागेर पो आउछ । यसरी स्कुलको बारेमा धेरै बताउन परेन सबै प्रस्ट छ । विगतलाई स्मरण गर्दा धेरै रमाइलो लाग्छ कि हामी त निकै चकचके समुहमा पर्ने समुह पनि हो । शिक्षकहरुको गाली त कति खाइयो खाइयो मात्र हैन, ५ कक्षा सम्म त कुटाई पनि याद छ । अचम्मको कुरा गाली गरेर पनि ति सरहरू प्रती सधै आदर लाग्ने, शायद हामीलाई धेरै पढ्नु पर्ने दबाबले हुनु पर्छ ।
पढ्ने कुरामा दबाद दिनु हुन्न भन्ने कुरा मैले मान्न तयार छैन / हाम्रो जस्तो समाजमा त्यो सहि हैन / हो मलाई सिधै कसैले दबाद त दियानन तर मैले सधै त्यो दबाब महशुस गर्न पर्ने थियो/ कारण पनि छ/ मेरो आमाको मावली, मेरो मावली, मेरो बाको मावली देखि मेरी हजुर आमाको मावली समेत पढ्ने घराना मा पर्ने रहेछ/ अब मैले पढिन र हलो जोत्न लागे भने मलाई कसले गन्ल्ला र कसले माया गर्ला ? तर मैले हलो पनि राम्ररी जोत्न जानेको छु है / अर्को कुनै पेशेवर मान्छेले भन्दा कम छैन रे, मेरी हजुर आमाको नजरमा/ संयोगबस मैले जोतेको बर्षरुमा धेरै फलेको समेत छ/ हुन् पनि सक्छ, मशिनो र गहिरो गरी जोतेमा राम्रो फल्ने हो/ तर पद्नु पर्ने त्यो मानशिक दबाब सधै हुने/ आज पनि मलाई लाग्दै छ, कि मेरा कोहि ति नाताहरुबाट अझै पुगेन पो भन्दै होला अर्थात् कतै खोट देखाउने काम पो हुदै छ कि भन्ने/
हाम्रो परिवार ठुलो परिवार हो / हामी पनि धेरै छौ/ घरमा हामी सबै मिलेर घास पानी गर्नु पर्ने थियो कारण एक्लो आमा र हजुर आमाले मात्र त्यो गर्न धेरै गारो थियो/ जस्तै: साझमा घास काट्नु पर्ने र बिहान बिहान पधेरोबाट पानी बोकेर स्कुल जाने मान्छे पनि हो हामी सबै । काम गरेर पढ्ने गरेकोमा गर्व लागेर आउछ/ यहाँ मैले भन्नु नै पर्छ, मलाई गुच्छा र खोपी खेल्न आउदैन । त्यसैले म विद्यार्थी भाई वहिनीहरुलाई भन्न चाहन्छु कि घरको काममा गुनासो नगर्नुस,गुच्छा, खोपी र आजभोली मोबाइलमा खेल्ने समयमा काम गर्नुस र पढ्नुस त्यो अझ ताजा हुन्छ । दिनमा समय छैन भने रात रात पद्नुस/
डिल्लीराज घिमिरे : तपाईको उच्च शिक्षा कसरी कहावाट लिनु भयो र जापान पुग्नु भयो ?
डा॰ अम्बरिश पोखरेल : शुरुमा शहर हाम्रो लागी नरमाइलो हुने हुदो रहेछ । कारण धेरै छन्, अहिले त्यो चर्चा नगरु होला/ तर उस जमनामै आफ्नै मेरा दाजु एक र दुइ दिदीहरु काठमाडौँमै पढ्नु हुन्थ्यो । विद्यालय शिक्षा भन्दा क्याम्पस तह अलि भिन्न हुने रहेछ विशेष गरी हामी गाउलेहरुको लागी सुरुवाती समयमा/ तर समस्त समस्या भएता पनी हिम्मत हारीएन । सुरु सुरुमा एक दुइ हप्ता त शिक्षकले पढाउने तर म भने मेसो नपाउने भन्ने भयो / त्यही बिचमा मैले एउटा लामो कविता समेत लेखेको छु/ ति कविताहरु मसंग अझै छन/ गाउदेखि सहरको पिडा र शहरका मान्छेले देखाउने प्रवृत्तिको बारेमा समेत उल्लेख छ । चादीको घेरा कहाँ छैन र ? त्यही घेराले हो हामी अघाडी बढ्ने पनि/ यहानेर एकजना शहरिया साथीले मलाई धेरै माया गरेर दिएको सुझाब सधै सम्झन्छु । मैले आइ एस्सी (I.Sc.) को पहिलो बर्ष सयौ माँझमा (त्यो समयमा पाँच सय भन्दा बढी विद्यार्थी हुने गर्थे) त्रि चन्द्र क्याम्पसमा १९ जनाको उत्तीर्णको सूचीमा आफुलाई समाहित पारे तर प्रतिशत भने सामान्य नै आयो । यसै गरी (B.Sc .) मा त जम्मा २० जनाको कोटा सुची थियो । मौसम बिषयमा भर्नाको लागी त्यो समयमा अझै संगठनले भर्ना गर्ने त्यति धेरै आट गर्ने चलन थिएन । त्यसमा पनि पर्न सफल भइयो/ अन्त्यमा मास्टर तह मा भने नेपाल दोस्रो भइयो, अनि पढाउन सुरु गरियो, सन् २००३ देखि अहिलेसम्म सोहि पेशा मै छु र अहिले म त्रिचन्द्र क्याम्पसको बाताबरण र मौसम विभागमा सेवारत छु । स्मरण गर्नु पर्ने कुरा के छ भने, मैले बि. एस. सी. पढदा नै, यो अमेरिकन मौसम समाजको बार्षिक साधारण सभामा जाने रहर लागेको थियो । एकजना धिरज सरसंग कुरा पनि मैले गरेको हो/ उहा त कति हो कति खुसी त्यो कुरा सुनेर, मलाई त अचम्म लागेर आयो । उहाले थप भन्नु भयो, “तिमि अहिले नै त्यहा जाने सोचेका छौ भने पछि त कुनै दिन पक्का पक्कि जान्छौ” भन्नु भयो । तर त्यहा जाने कसरी यो निकै कठिन कुरा हो / थोरै मान्छेहरुलाई मात्र त्यो मौका मिल्ने गर्छ अर्थात् गहन प्रकारको अनुसन्धान चाहियो नि / यसरी सन् १९९८ तिरको सपना साकार पार्न भनेर, सन् २०१२ मा म जापानको होक्कैड़ो बिस्वविद्यालयतिर पी एच डी (PhD) का लागी हिडियो भन्न सकिन्छ । तर त्यहा पुग्नको लागी हैन कि, मलाई मेरो बिस्वविद्यालयमा प्रोफेशरमा बढुवा हुनको लागी चाहिने नै भयो । यसरी धेरै ठाउमा तीर हान्ने यन्त्र हो यो पी.एच.डी.को अनुसन्धान र पी.एच.डी.उपाधी हो ।
डिल्लीराज घिमिरे : तपाई अर्घाखाँचीवाँसीको विश्व संजाल अन्तराष्ट्रीय अर्घाखाँची सम्पर्क मन्चमा आवद्द हुनु हुन्छ कि हुनुहुनन् ?
डा॰ अम्बरिश पोखरेल: म साधारण संस्थापक केन्द्रिय सदस्य छु किनभने म संस्था स्थापनाको चरणमा वरिष्ठ केन्द्रीयउपादक्ष्य कर्ण रायमाझी दाईसंग, तर अहिलेको समितीमा मलाई याद छैन सायद साधारण सदस्य छु । मलाई संगठन निकै मन पर्छ तर बिदेशमा बसेर नेपालका कमिशन खोरनेताको ओकालत गर्ने बानीले गर्दा चित्त बुझ्दैन । तर यो अन्तराष्ट्रीय अर्घाखाँची सम्पर्क मंचले यस्तो काम गर्दैन भन्ने लागेर आउछ / यस संस्था प्रती खुसी छु । समाजमा सक्रिय सेवा गर्ने भावना स्वरुप मेरै जिबन साथी डा. भगबती सहित हामीले धेरै काम गरेका छौ/ जुन कामलाई बताउदै हिड्नु राम्रो हैन जहाँ मानबियता प्रमुख छ ।
डिल्लीराज घिमिरे : तपाईको नजरमा अर्घाखाँची कस्तो जिल्ला हो,वास्तविक रुपमा जिल्ला र राष्ट्रीय संक्रमणकालिन अवस्थाको निकास के देख्नु हुन्छ ?
डा॰ अम्बरिश पोखरेल : मलाई म जन्मेको ठाउँ धेरै माया लाग्ने याद हुने हुन्छ,अरुलाई भन्दा बढी हो कि जस्तो लाग्छ । मेरो जिल्ला प्यारो जिल्ला र हामी जिल्लाबासी राजनीतिमा आगाडी छौ तर शिक्षामा र विकासमा पछाडी छौ । यसलाई परिवर्तन गर्नु पर्छ भन्ने मेरो विचार हो । अनि हामीलाई अन्य जिल्लाले पनि चिन्ने अवसर मिल्ने छ । जस्तो अहिले शारदा भुसाल झाले निकै राम्रो गर्नु भएको छ । खुसी लागेर आउछ उहा मेरो स्कुलको मिल्ने साथी पनि हो / त्यो अभियानले राष्ट्रिय स्तरमा हाम्रो जिल्लाको पनि नाम सकरात्मक रुपमा जोडिने गरेको छ । उहाँ जस्ताको हिम्मत बढाउने काम हामी जिल्ला बासीको हो । तर हामी त उल्टो पो गर्छौ । यहाँ शायद जिल्लाबासीहरुमा एकता नभएको जिल्ला हाम्रो जिल्ला पनि हो जस्तो मलाई लाग्छ । अन्य जिल्लाबासी फरक छन मैले धेरै अनुभव गरेको छु/ यसरी मेरो जिल्लावाँसीमा बिखन्डन जिल्लाकारी शैली वढी छ । यसको परिणाम हामी विभिन्न क्षेत्र त्यो पनी रोज़गारको क्षेत्रमा धेरै पछि परेका छौ । हाम्रो जिल्लाको विकास गर्ने त जिल्ला बासीले हो तर औघोगिक लगायतका बिकाश भएकै छैन/ किन हो ? को हो हाम्रो बाधक ? मलाई त लाग्छ, कतै हाम्रो प्रबृति हो बाधक ! फेरी यहि कुरा राष्ट्रको लागी पनि सहि हो/ बिडम्बना हामी सत्तामा पुग्नको लागी एकछिनमै एक ठाउमा हुने गर्छौ / विदेशीसंग समेत राता रात सम्झौता गर्छौ कुनै ठुलो विवाद हुदैन तर नेता र पार्टीको कमिशनका लागी, एउटा खानेपानीको सुरुङ्ग खन्न १४ वर्ष भन्दा बढी को खेल खेल्छौ / यो चरम तर निक्रिस्ट राष्ट्रीय समस्या हो । मेरो ब्याक्तिगत बिचारमा अब उत्तरी देश चीनले नेपालको मामलामा दरो हस्तक्षेप गरेर भारतियहरुसंग सम्झौता गरेनन भने हामी अरु बढी संकटमा फस्ने छौ । मेरो बिचारमा चीन त्यो सोच्दै हुनु पर्छ अबस्य पनि गती धिमा हुनेछ । सोचेन भने राष्ट्रीय समस्याको निकासको लागी हामीले नै अब निम्ता गर्नु पर्ने छ । मलाई यहाँ गाली नगर्नुस, किनभने मसंग स्वार्थ छैन तर यदी उसले त्यो गरेन भने, अब हाम्रो पुस्ताले पनि बिस्व मानचित्रमा नेपाल नभेट्न सक्छ, त्यो मलाई मान्य छैन / हामी नया शिराबाट चल्नु पर्ने छ । त्यसको लागी जनतले अब लेन्डुप दोर्जेहरुको तिरस्कार सुरु गर्नु पर्ने नै हुन्छ । आशा गरौ दुवै सुखद हुनेछ तर पछिल्लो अझ उत्तम र स्वाभिमानी विकल्प हो ।
डिल्लीराज घिमिरे : पढाइको अतिरिक्त तपाईका इच्छाहरु के छन नी ?
डा॰ अम्बरिश पोखरेल: कविता लेख्नु मेरो बिशेष रुची हो तर आजभोली त्यो लेखन बन्द छ कहिलेकाही मात्र लेख्ने गर्छु । सामाजिक सेवा दिवसको सन्दर्भमा म कक्षा ५ मा पढ्दा कविता लेखेरै जिल्ला स्तरिय प्रथम पुरस्कार हात पारेको थिए । त्यही पुरानो सभा गृहमा त्यो बाचन गर्दा बोली अड्केको याद मलाई छ । यसको साथै गाउको घरमा वरिपरी सरसफाई गरी चिटिक्क पार्ने, अनेक प्रकारका आकर्षक सानासाना बाटोहरु बनाउने, फलफूलका बोट वरिपरी चौपारीहरु बनाउने, सधै काटछाट गर्नु पर्ने/ राम्रो काम गर्ने संगठनमा काम गर्नु मेरो अर्को रुचीको बिषय हो ।
डिल्लीराज घिमिरे : तपाईको ख़ास अविस्मरणीय क्षणको अनुभूति वताउनु न है ?
डा॰अम्बरिश पोख्रेल : यस्तो अवसर आउला जस्तो लाग्दैन थियो पहिले त सामान्य लागेको थियो । तर मेरा गुरु र जीवन साथी भगबती जो यहि क्षेत्रमा पहिले देखि अनुसन्धानरत हुनुहुन्छ उहाँहरुले बधाई दिएपछी चाही म नया अनुभुती गर्न सुरु गरे मात्र हैन मेरो मन हल्का भयो । अझै केहि गरौ गरौ लाग्ने,अहिले नै सुरु गरौ त्यो काम पनि, किन एकछिन ढिला गर्ने भन्ने मनमा आउदो रहेछ । यो प्रतिफल हप्तौ, महिनौ अनिदो रातहरुको प्रतिफल हो जुन आज आएर मिठो लागेको छ । आज मसंग ति सारा अनिदो रातहरुको सम्झना ताजा हुदै छन । अचम्मको कुरा, नयाँ नयाँ अनिदो रातहरुको कल्पना मनमा आउने गर्दछ यो मेरो नयाँ बिशेष प्रकारको अनुभुती हो ।
डिल्लीराज घिमिरे : तपाईको भावी योजना के छ जापानमै रहनु हुन्छ कि नेपालमा केही गर्ने योजना छ ?
डा॰अम्बरिश पोख्रेल : फेरी त्यहीबाट आएको अर्को बर्षको निमन्त्रणा अनुसारको तयारी गर्दै छु । केहि नया नया अरु तथ्यहरु फेला पार्ने काम हुदै छ तर जाने वा नजाने भन्ने कुरा अझै निश्चित गरेको छैन । मेरा आफ्ना व्याक्तीगत अन्य विषय पनि हेर्नु पर्ने हुन्छ । आउदो बर्षको ९६ औ साधारण सभामा जान अनुकुल भएन भने अर्को ९७ औ सभामा जाने विचार हो । यसै बिचमा मैले अरु आधा दर्जन भन्दा बढी अनुसन्धानहरु र तिनबाट आएको नतिजा प्रकाशनको लागी अन्तराष्ट्रिय वैज्ञानिक जर्नलहरुमा पठाउने काम भैरहेको छ । शायद आउदो १-२ बर्षमा प्रकाशित हुने नै छन भन्ने कुराको अपेक्षा छ । अनि नेपालमा यो विषयको आधारभूत अनुसन्धानशाला स्थापना गर्ने योजना छ । यो योजना म र मेरो जीवन साथी डा.भगवती कुँवर पोख्रेलले गरेका छौ । त्यसको ५० प्रतिशत जती काम पुरा गरि सकेका समेत छौ तर हामीलाई २४ घण्टा बिजुली चाहिने भएको हुदा निकै कठिन होला भन्ने लागेको छ तर जहाँ इच्छा त्यहा उपाय जसको तयारी सुरु गरेका छौ । हामीसंग चीनियाँ,ताइवानी,जापानिज एक एक जना र दुइ जना अमेरिकन बैज्ञानिकहरुले नेपालमा हामीसंग काम गर्ने उत्साह देखाउनु भएको छ । त्यही अन्तर्गत पनि हामीले हाम्रो तयारी गरेको हो । इज्जत धान्न सकिन्छ कि भन्ने लागेको छ । हाम्रा कानुनले हामीलाई नै दुख दिएन भने त्यो सपना अब छ महिना देखि एक बर्ष भित्र नै पुरा हुदै छ । नया पुस्ताले प्रेरणा पाउने छन् भन्ने लागेको छ ।
डिल्लीराज घिमिरे : तपाईको परिवार कहाँ हुनुहुन्छ हालको स्थाई वसाई कहा छ ?
डा॰अम्बरिश पोख्रेल : हाम्रो परिवार अर्थात् मेरो बुवाआमा, दिदि बहिनीहरु र दाजु भाई सबैको स्थायी बसोबास नेपाल मै र बिसेस गरी सन्धिखर्क मै हो/ तर हामी बिगत ३-४ बर्ष देखि म, मेरी जीवन साथी र मेरो एक छोरा सहित यता जापानमा अनुसन्धानमा लागी रहेका छौ । अझ मेरी जीवन साथी त पहिले देखि नै यहि क्षेत्रको अनुसन्धानमा तल्लिन भयता पनि हामी नेपाल फर्कने हो । म त अझ छिटो फर्कनु पर्ने छ, किनकी म त्रिभुवन बिस्वविद्यालयको असिस्टेन्ट प्रोफेसर पनि छु ।
डिल्लीराज घिमिरे : आफ्नो व्यास्त समयको वावजुत आफ्नो समय उपलब्ध गराई विचार आदान गरिदिनु भएकोमा धन्यवाद व्याक्त गर्दछु ।
डा॰अम्बरिश पोख्रेल : आज म कहाँ तपाई कहाँ तर आफ्नो मीडिया नेटवर्क प्रयोग गरी मेरो अन्तरवार्ता लिनु भई संदेश प्रवाह गर्ने अवसर दिनु भएकोमा तपाई र अर्घाखाँची भ्वाईस परिवार प्रति आभारी छु धन्यवाद/

5 Comments on “नेपाली वैज्ञानिक डा॰अम्बरिश पोख्रेलसँग”

  • Ambarish Pokhrel wrote on 24 March, 2015, 1:17

    सिमनापारी डट कम तथा बाबुराम भुसाल सरले मलाई पनि प्रोत्साहन गर्नु भयकोमा धेरै धरै धन्यबाद /

    [Reply]

  • Dalle Prasad wrote on 24 March, 2015, 15:59

    Editor,

    Your recent article on Ambarish Pokhrel (http://simanapari.com/2015/03/21/14896.html) is great. Appreciate you highlighting Nepalese talents to our community. However, I am not sure if he already graduated his doctoral degree from Hokkaido university in 2 yrs since he began in 2012. If he has not, it is unethical to mention Dr. . Also, the award he received is for “Best Student research award”. If he is still student, how can you coin him Dr?

    I suggest editor for simananpari to correct mistake to mislead reader now and in the future.

    Best wisher.

    [Reply]

    Ambarish Pokhrel Reply:

    Dear D. Prasad thanks for this concern. Yes, I got PhD degree. I attended my final defense before this interview. Sorry for your inconveniences.
    Ambarish Pokhrel

    [Reply]

  • Ravi Pokhrel wrote on 24 March, 2015, 19:47

    Congratulations bro

    [Reply]

    Ambarish Pokhrel Reply:

    welcome bro and thanks

    [Reply]

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु