कृपया एक पल्ट लाइक गरि सिमानापारी डट कमका ताजा विषयवस्तुहरू आफ्नो फेसबुकमा पाउनुहोस

CLOSE



४८ घण्टासम्म नेपालमा भुकम्पकाे जाेखिम

11118479_1022760664409951_4443599279456117363_nन्युयोर्क, नेपालमा हजाराै भन्दा धेरैको ज्यान जानेगरी भएको महाभुकम्पको ४८ घण्टासम्म जाेखिम रहेकाे वल्र्ड अर्थक्वेकले अनुमान गरेको छ ।
भुकम्पको अनुमान गर्ने यो संस्थाले आगामी ४८ घण्टाभित्र नेपालमा अरू धक्का जानसक्ने अनुमान गरेको छ ।
मध्यान्ह ११:५६ बजे गएको ७ दशमलब ६ रेक्टर स्केलको भूकम्पसँगै आठ घण्टाको अन्तरालमा विभिन्न ६५ झड्का महसुस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार चार रेक्टर स्केलमाथिका ६५ वटा झड्का मापन गरिएको छ । जसमध्ये साँझ ५:०० बजेदेखि ६:०० बजेका समयमा २० वटा र बाँकी समयमा भूकम्पको झड्का महसुस गरिएको छ ।
पहिलो शक्तिशाली कम्पनसँगै दोस्रो पटक १२.३० बजे ६.६ र त्यसलगत्तै ७.७ रेक्टर स्केलको भूकम्प गएको छ ।
अमेरिकाको सानफ्रान्सिस्को क्यालिफोर्नियामा प्रधान कार्यालय रहेको भुकम्पको अनुमान गर्ने वल्र्ड अर्थक्वेक संस्थाले विश्वभरको भुकम्पको पूर्वानुमान गर्ने गरेका अधिकांश पूर्वानुमानहरु मिल्ने गरेका छन् । जापानमा महाभुकम्प जानुभन्दा ठीक एकवर्ष अगाडि सन् २०१० को मार्चमा स्थापित यो संस्थाले गणीयत र भौगर्विक रुपमा हिसाब गरेर भुकम्पको पूर्वानुमान गर्दै आएको छ । अहिले पनि नेपालमा भुकम्पका धक्काहरु महसुस भइरहेका छन् ।

थप अपडेट अाइतबार
नेपालमा ६.७ रेक्टर स्केलको भुकम्प फेरि अाइतबार पनि गएको छ। शनिबारकाे ठुलाे भुकम्प पछि पनि धक्का आउने क्रम अझै रोकिएको छैन। आइतबार मध्याहृन आएको धक्का हिजोको ठूलो पछिको ठूलो हो।‍ लगातार भूकम्पको धक्का महसुस भइरहका कारण मानिसहरुको जनजीवन आतंतिक बनेको छ। सिन्धुपाल्चोक जिल्लाको कोदारीलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पले शनिबार चर्किएर रहेका संरचनाहरूमा थप क्षति पुगेकाे छ । भने उद्दार कार्यमा झन कठिनाइ परेकाे छ ।

One Comment on “४८ घण्टासम्म नेपालमा भुकम्पकाे जाेखिम”

  • Ramesh Chandra Jha wrote on 26 April, 2015, 8:51

    Comprehensive update.

    [Reply]

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु