महिलाले हस्तमैथुन गर्नुपर्ने १० कारण
अध्ययनहरुका अनुसार १८ वर्षमाथिका अधिकांश महिलाले कम्तीमा एकपटक हस्तमैथुन गर्छन् । अमेरिकाको इण्डियाना विश्वविद्यालयले गरेको अनुसन्धानअनुसार २५देखि २९ वर्षसम्मका महिलामा ७.९ प्रतिशतले हप्तामा तीनपटक हस्तमैथुन गर्छन् । हस्तमैथुन गर्ने पुरुषको संख्या भने २३.४ प्रतिशत थियो । हस्तमैथुन सामान्य, आनन्ददायक र स्वस्थ प्रक्रिया हो । हस्तमैथुनबारे पुरुष खुल्ने गरेपनि महिलाहरु भने यसमामलामा त्यति खुल्न चाहँदैनन् । नर्थवेस्ट्रन युनिभर्सिटीकी स्त्रीरोग विशेषज्ञ डा. लौरेन स्ट्रिचरका अनुसार महिलाका लागि हस्तमैथुनका धेरै फाइदा छन् । यसले तनाव कम गर्न, निद्रा लगाउन र स्वस्थ रहन मद्दत गर्छ :-
१. खुशी दिन्छ
‘हामी सबैलाई थाहा छ, आनन्दले मानिसलाई खुशी दिन्छ’, स्ट्रिचर भन्छिन्, ‘यो वास्तवमै सजिलो पनि छ ।’ चरमोत्कर्षले इण्डोर्फिन डोपामाइन र अक्सिटोसिन उत्पादन गर्छ, जसले मानिसको मूड अझ राम्रो बनाउछ ।
२. शरीरसंग अझ सहज हुन सकिन्छ
शरीर तपाईंको असल साथी हुनुपर्छ– जीवनभर साथ रहने यो मात्र एउटा कुरा हो । त्यसैले आफ्नै शरीरबाट के–के प्राप्त गर्न सकिन्छ, त्यस उपायबारे खोजबिन गर्नुहोस् । ‘कसरी आत्म–मनोरन्जन लिन सकिन्छ भनेर महिलाले आफ्नै शरीरको मुल्यांकन गर्नु महत्वपूर्ण हो ।’स्ट्रिचर भन्छिन् ।
३. सेक्स लाइफमा सुधार ल्याउन सक्छ
हस्तमैथुनले शरीरलाई कुन चिज सही हुन्छ भनेर पत्ता लगाउन सहयोग गर्छ । यसबाट आत्मविश्वास बढ्छ र पार्टनरसंगको संबन्ध सुमधुर हुन्छ । आफ्ना शरीरको स्थानबारे पार्टनरलाई पनि भन्न सकिन्छ ।
४. निद्रा लाग्छ
-हस्तमैथुनबाट चरमोत्कर्षमा पुगिसकेपछि राम्रोसंग निद्रा पर्छ । चरमोत्कर्षले शारीरिक र भावनात्मक रुपमा तनावरहित बनाउछ, जसले चाँडो निद्रा पर्छ । स्ट्रिचर भन्छिन्, ‘सामान्यतः हस्तमैथुनपछि मानिस राम्रोसंग सुत्छन्, यसले तनावरहित र सन्तुष्ट बनाउँछ ।’ उनका अनुसार सुत्नुअघि पुस्तक पढ्नुजस्तै हो, जसले निद्रा लाग्छ ।
५. यौनिक तनाव घटाउने महत्वपूर्ण उपाय
-यदि सेक्स नगर्ने निर्णय गरिएको छ, भने यौनसम्बन्धी तनाव हटाउने र सेक्स सन्तुष्टि प्राप्त गर्ने महत्वपूर्ण उपाय हो ।
६. महिनावारीको समयमा हुने पीडा हटाउछ
-हस्तमैथुन शरीरमा भएको पीडा हटाउन र महिनावारीको समयमा हुने पीडा हटाउन लाभदायक मानिन्छ । स्ट्रिचरका अनुसार आवश्यक परे महिनावारीको समयमा पनि हस्तमैथुन पनि गर्न सकिन्छ । उनका अनुसार हिटिङ प्याडभन्दा पीडा घटाउन यो राम्रो उपाय हो ।
Sunny-Leone-Calendar-January-2014
७. तनाव घटाउँछ :
– यसले योगा गरिएजस्तो र खुट्टाको मसाज गरिएजस्तै तनावबाट मुक्त गराउछ । सेक्स र आत्मउत्तेजना तनाव घटाउने एउटै उपाय हो ।
८. शरीरलाई यौनिक बनाइराख्छ :
– सेक्स नगर्दा पनि हस्तमैथुनले शरीरलाई यौनिक बनाइराख्न मद्दत गर्छ । यसले तन्तुहरुलाई लचिलो र स्वस्थ बनाउछ । शरीरमा रक्तसञ्चार बढाउछ ।
९. हस्तमैथुनका साधन उपलब्ध हुन्छन् :-
युवतीका लागि बजारमा हस्तमैथुनका साधन उपलब्ध हुन्छन् । जसलाई प्रयोग गरेर यौनिक आनन्द लिन सकिन्छ ।
१०. चरमोत्कर्ष प्राप्त गर्न सकिन्छ :
शरीरलाई कसरी प्रयोग गर्दा आनन्द आउछ, त्यसलाई राम्रोसंग बुझनुपर्छ । पुरुषका लागि चरमोत्कर्ष छिट्टै प्राप्त हुन्छ भने महिलालाई चरमोत्कर्षमा पुग्न समय लाग्छ ।
स्रोत : swasthyakhabar.com
तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्
Write Your Comment
थप हेडलाइनहरु
- मेरो भिनाजुसँग पहिलो एक रात – कथा !
- संसारमा यस्ताे ठाउँ छ जहाँ बाट काेहि जिउदाे फर्किएकाे छैन ।
- अमेरिकी ज्योतिषको भविष्यवाणीः अक्टोबर २ साँझ ६ बजे संसारको अन्त्य
- यी पाँच प्रकारका स्त्रीले हरेक पुरुषको जीवनलाई नर्क बनाउँछन्
- यस्ताे समयमा यौन-सम्पर्क राख्दा गर्भ बस्दैन
- महिनाबारी भएका बेला यी चीज झुक्कीएर पनि नखानुहोस
- राशी अनुसार सम्वन्ध
- तपाइको पुर्वजन्म भएको थियो, पुर्वजन्मका १४ प्रमाण
- आँखामुनि कालो दाग (र्डार्क र्सर्किल) उपचार-डा. राममणि भण्डारी
- पैसासँग खेल्ने, सुत्ने र नुहाउने मानिस
- ओबामाको छोरीको तस्बिर इन्टरनेटमा भाईरल बन्यो ।
- कम्प्युटरमा जान्नैपर्ने ८ सर्टकट किबोर्ड
- सन् २०२० मै कम्प्युटर डाटाका लागि ठाउँ नपुग्ने वैज्ञानिकको चेतावनी !!!
- साइबर सेक्सः पचाउँदै छ नेपाली समाज
- तपार्इलार्इ थाहा छ ? अाफ्नाे चाहना अनुसार- छाेरा या छाेरी जन्माउने प्रविधि