सुन्न चाहदिन गुुलामी भाषाहरु — दीपेन्द्र के.सी.

dependra kcएउटै खुला आकाश !
एउटै खुला हावाहरुमा
लहराईरहने झण्डाहरु
उसरीनै उडीरहेछन्
स्वतन्त्र विचारहरु
जरुरी छैन
झुक्न कुुनै आँधीहरुसँग ।
नसिकाउ हामीलाई गुलामी आसयका अर्थहरु
नवोल मसँग गुलामी भाषाहरु ।
म देश !
बोल्दिन र बुझिदन गुलामी भाषाहरु
यो स्वतन्त्रताको युगमा
म सँग स्वतन्त्रताका भाषाहरु मात्रै छन्
र, छैन कुुनै गुुलामहरुले भोगेको गुुलामी चरित्र पनि ।
स्वतन्त्र इतिहासको ताज
पर्दैन गुुलामहरुको पाउमा  ।
तयार होलान् केही जोर घोडाहरु
बग्गी तान्नलाई गुलामी शासकहरुको
तर समयले संधै
उत्पादन गर्दैन गुलामी घोडाहरु
ज्ञात रहोस !
पतन भैसकेको छैन  देशमा
सिंहको नश्ल ।
म देश !
अव सुन्न चाहदिन गुुलामी भाषाहरु
यो स्वतन्त्रताको तवलामा
अव जन्म हुन सक्दैन
कुुनै गुलामी घोडाहरुको ।
म देश !
अव सुन्न चाहदिन गुुलामी भाषाहरु ।
बागलुङ, हालः लुभेन बेल्जियम ।

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु