भारतले नाकाबन्दी खोल्न जरुरी छैन-भवानीप्रसाद शर्मा

Bhawani1देश संकटमा परेको बेला पनि मौका परे घुष खाने र कालाबजारी गर्ने, जनताकै काम गर्नका लागी जागीर खाएर पनि पैसा बिना काम नगर्ने, बिल मिलाएर कमिसन मात्रै खाने, कार्यालयका सरकारी सम्पती व्यक्तिगत प्रयोग गर्ने, सत्ता र शक्तिको आधारमा सरकारी सम्पती उपयोग तथा दुरुपयोग गर्ने, नेपाली उत्पादनको प्रयोग नै नगर्ने कतिपय नेपाल आमाका सन्तानहरुले पनि नेपाली झण्डा बोकेर खिचेको फोटो प्रोफाईलमा राख्दै भारतलाई र मधेसवादी दललाई गाली गर्दै राष्ट्रबादी बनेको देख्दा आश्चार्य लाग्यो ।

यदि हामि साँच्चै नेपाली हौ भने प्रत्येक चिजको बिकल्प नेपाल भित्रैवाट गरौं, अनावत्यक सामाग्री संचय गरेर कृतिम अभाव सृजना नगरौं, स्थानीय उत्पादन तर्फ अग्रसर होऔं, सकिन्छ भने बिदेशी उत्पादनका बस्तुहरुको प्रयोग घटाऔं र स्थानीय बस्तुको प्रयोग लाई बढाऔं, शहरमै भएपनि छत छतमा गमलामा र पुरानो ड्रममा भएपनि टमाटर, लसुर, प्याज, खुर्सानी, फलाऔं । गाउँको त के कुरा जम्मै जमिन नै बाँझो छ, जती उत्पादन गरेपनि कसैले नगर भन्दैन ।

देशमा उत्पादन बढाउनको लागी सरकारले बन्द भएका उद्योग संचालनको लागी पहल गर्नुपर्दछ । बिदेशमा बिभिन्न बिषयगत क्षेत्रमा काम गरिहेका अनुभवी र तालीम प्राप्त दक्ष तथा अर्धदक्ष नेपाली युवाहरुलाई बोलाएर उद्योग संचालन गर्न लगाउनुपर्दछ । नेताहरुको सुरक्षाको लागी मात्र खटीने नेपाली सेना तथा ससस्त्र प्रहरीहरुलाई उच्चस्तरको तालीम दिई उत्पादनको क्षेत्रमा लगाउन सकिन्छ ।

कृषि क्षेत्रमा दिईने अनुदानमा टेण्डर खोलेर किसानको नाममा राजनैतीक दलाल, ठेकेदार र पुजिँपतिलाई दिइदै आएको कृषि अनुदानलाई कटाएर उत्पादनको आधारमा बास्तविक कृषकहरुलाई अनुदानको व्यवस्था गर्नुपर्दछ । औषधि लगायत कतिपय अत्याबत्यक बस्तुहरुको हकमा हवाईमार्गवाट ल्याएर पनि देश धान्न सकिन्छ । यदि यो तरिका अपनाउने हो भने ५ बर्षमा नेपाल सम्बृद्ध बन्दछ । त्यसैले भारतले नाकाबन्दी खोल्न जरुरी छैन । भारतलाई गाली गर्नुभन्दा काम गरे राष्ट्रबादी भइन्छ ।

 

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु