चलचित्र ‘कबड्डी कबड्डी’ ले पोर्चुगलमा पनि धमाका मच्चायाे

caaडिसेम्वर २, लिस्वोन, नेपाली चलचित्र ‘कबड्डी कबड्डी’ ले नेपालमा मात्र नभएर पोर्चुगलमा पनि धमाका मच्चाउन सफल भएकाे छ । शुक्रबार देखी प्रर्दशनमा आएको उक्त चलचित्र नेपाल र पोर्चुगलमा पनि एक दिन प्रर्दशन भएको थियो । नेपाली चलचत्रिको अवस्था खस्कदै गइरहेको परिवेशमा पोर्चुगलमा समेत दर्शकहरुले नेपाली चलचित्रलाई माया गरेर हलमा हेर्न जाने गरेका छन् ।

पोर्चुगलको लिस्वोन स्थित साल्धानियाको सिनेमा हलमा प्रर्दशन भएको उक्त चलचित्र शुक्रबार र शनिवार प्रर्दशन भएको थियो भने दर्शकहरुको भिडले गर्दा डिसेम्वर ५ र ६ गते पनि सोही ठाउमा पुन प्रर्दशन हुने आयेाजकहरुले जनाएका छन् ।
साल्धानिया स्थित @ Cinema Hall मा दिनको ११ बजे देखि प्रर्दशन हुने छ । टिकटको लागि शुशिल (920024266) सँग सम्पर्क गर्न प्रोडक्सनले जनाएको छ ।

शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र करिब रु एक करोडको लगानीमा निर्माण भएको हो । निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको यो दोस्रो चलचित्र हो ।

यसअघि उनकै निर्देशनमा बनेको ले ‘कबड्डी’पनि सफल चलचित्रको दर्जा पाएको थियो । उक्त चलचित्रले अघिल्लो वर्ष ‘उत्कृष्ट चलचित्र’को रुपमा राष्ट्रिय पुरस्कारसमेत पाएको थियो ।

‘कबड्डी’ फिल्मको दोस्रो अध्यायको रुपमा आएको ‘कबड्डी कबड्डी’को विशेषता भनेको मौलिक कथा र स्थानीयता हो । यसमा मुस्ताङका थकाली समुदायमा रहेको मामाचेला/फूपुचेलाबीच चल्ने बिहेवारीको कथा छ । चलचित्रमा प्रेम र राजनीतिका विषयवस्तुलाई हाँस्यपरक ढङ्गले प्रस्तुत गरिएको छ ।

सिनेमा आर्टको ब्यानरमा निर्माण भएको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, रिश्मा गुरुङ, बुद्धि तामाङ, विजय बराललगायतका कलाकारले अभिनय गरेका छन् भने रौनकविक्रम कँडेल र सुनिलचन्द्र रौनियार यसका निर्माता हुन् ।

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु