Script

कोठामा सुत्ने बेलामा~
श्याम सुतिरहेको हुन्छ।हरी आउछ।
हरी- आज त छोरो माथी पुग्यो यार।
श्याम- के माथी पुग्ने कुरा गर्छ यस्ले?
हरी-हेर साले १o युरो कमाई भो!आजको ब्यपार माथी पुग्यो भनेको बुझिस्।यसरी दिनहुँ १० कमाउन पाए त
श्याम- कमाई कान्छा कमाई अब त कोठाभाडा तिर्ने बेला पनि भो।पैसो पुग्छ होला नि?
हरी- कोठाभाडा?
श्याम- अनि के त साले?सधै म तिर्दिन कहाँ सक्छु यार?
हरी-उउउउउउउ
श्याम – सुत मुला म बत्ती निभाए।
( बत्ती निभ्छ)
हरि एक्लै-बल्लबल्ल ८० युरो जोगाएको छु।अझै २० युरो कमाएर घरना बाआमालाई १२ हजार पठाउने योजना पनि चकनाचुर भो।यता मेरो घरभाडा उता बाआमा बसेको घरको भाडा!उफ के गर्ने?
श्याम-अलि सजिलोसँग सुत न साले।
हरि फेरी कोल्टे फर्किन्छ।
एक्लै हरी-खानाको ५० सुत्नको ७०।कसरी तिर्नु यार?उता मासिक घरभाडा नतिरे बाआमा सडकमा पुग्छन।यता तिर्दा उता पुग्दैन।बाआमा सडकमा पुग्नुभन्दा म केहि त सोच्नैपर्यो?
(अर्कोदिन बिहान)
हरी- तेरो काममा जाने बेला भो?
श्याम उठेर कपडा लगाउदैछ।
श्याम- अ तँ कतिबेला निस्किन्छस?
हरी- सुनन्! हिजै भन्छु भनेको।त्यो तरकारीवाला साहुजीले स्टोर मै बस भनेको छ।उसको स्टोरको रेखदेख नि हुन्छ रे,फ्रीमा।म अब उतै बस्छु है!
श्याम-चुप लाग।बरु तैले नकमाउन्जेल भाडा मै तिर्छु।यहीँ बस।
हरि- त्यस्तो होइन!साहुजीले भनेका हुन।मैले त हिजै हुन्छ भनिदिए।
श्याम -अनि खाना नि?
हरि- उसकैमा साझ बिहान पकाईदिन्छु र त्यही खान्छु।
श्याम-लौ!उसो भए जे मन लाग्छ त्यही गर।
हरि-बरु एउटा झोला यहि राख्छु।डकुमेन्ट पनि यहि छ।यहि सुरक्षित हुन्छ।
श्याम- हुन्छ हुन्छ।
हरि-यो घरभाडा र बाँकी १० युरो पनि तैले राख्दे है।अनि तेरो बैंकको खाता नम्बर दे त।
श्यामले खाता नम्बर टिपेर दिन्छ।
श्याम- ल त ल म निस्के।तँ कतिखेर जानेहोस?
हरि- एकछिनपछी।तँ जा न त।
(श्याम घरवाट निस्किन्छ)
हरि उठेर कपडा मिलाउछ।झोलामा ठुलो च्यादर हाल्छ।१;२ जोड कपडा हाल्छ र निस्किन्छ
ढोकावाट निस्किदै गर्दा नेपालबाट बाको फोन आउँछ।
हरि- बा! सन्चै छु।पीर नगर्नुहोला म एकदम ठिक छु।अर्को महिनादेखी त रेगुलर १२ हजार पठाउछु नि।रिण पनि तिरौला।आमालाई दमको ओखती खाईराख्न भन्नुस है।
उ फोनमा बोल्दै हिडिरहेको छ।
दिउँसो उहि पानी बेच्दै हिड्छ।साझपख प्याजका बोरा बोक्छ।
हरि-( प्याज बोक्दै पसिना पुछ्दै)- बरु फुल टाई यस्तै काम पाए?जति पनि भारी बोक्थे।
अब हरि राती सडकमा भेटिन्छ।फोहोरका भाडोमा फालेको बोतल झिकेर बाटोको धारोमा पानी थापेर खान्छ।घरको छेउमा आड लगाएर बसेर चिउरा खाईरहेछ।
अझै रात ढल्किदैछ।
उ कागजका खोलहरु जम्मा पार्दै हिड्छ।पार्कछेउमा कतै उ कागजका कर्टुन ओच्छ्याउछ। झोलाको सिरानी बनाउछ।च्यादर निकालेर ओढेर सुत्छ।
हरि- यहि त हो श्यामे साहुको स्टोर रुम।सुत कान्छा सुत अब।म सडकमा सुतेको कस्ले देख्छ र यो परदेशमा?कम्तीमा १२-१५ हजार त जोगाउदैछु।
उ च्यादरले मुख छोपेर सुत्न थाल्छ।
अर्को मान्छे आईपुग्छ-
हरीलाई झक्झक्याउछ
आकाश- who are u? this is my bed?go out.
हरि-(डरले काप्दै उठ्छ)- ओके!आइ एम स्लिपिङ अनोदर प्लेस।
हरि कार्टुन उठाउदै एक्लै बोल्छ-जाबो पार्कमा पनि आ आफ्नो बेड हुदोरैछ खातेहरुको।
आकाश-(झसङ्ग पर्दै)बढी नबोल्!त्यहि सुत।तँ पनि मजस्तै नेपाली रैछस्।
हरि-उस्तै चकित मुद्रामा- तिमी पनि नेपाली?
आकाश- नेपालीमा बोलेको सुनेनस?सुत…
हरि-तिमी कहाँ सुत्छौ त?
आकाश-तेरो आडमा।
हरि- चुरोट खान्छौ?
आकाश- खान्छु दिन्छौ?
हरि- मैले खान्न
आकाश- जाडो भो तलाई?ला यो पनि ओढ।
हरि- कस्तो गनायो।
आकाश-गनाए उता गएर सुत/
राती हुन्छ
उता श्यामलाई तर्साउन शुरु हुन्छ।
श्याम मध्यरातमा झसङ्ग ब्युझिएर पानी पिउछ।

भोलीपल्ट( डाँडोमा छन ती दुई)
आकाश- तिम्रो कथा त यस्तो रैछ,मेरो सुन।
हरि-भन न आकाश।
आकाश-उ त्यो सीसैसीसाको घरको आडमा मेरो रुम थियो।श्रीमती र म युकेवाट आएर त्यहि बसेको।भुकम्पमा परेर काठमाडौमा बाबुआमा बित्नुभो।म बिदा मिलाएर नेपाल गए।
हरि (कुरा काट्दै)-अनि के भो?
आकाश- नेपालवाट फर्किदा त श्रीमती अर्कैसँग बिहे गरेर बसिसकेकी रैछिन।त्यसपछिका दिनहरु यसैगरी बितेका छन।
हरि- कस्ती धोकेबाज आईमाई।
आकाश- तिमी त धनी छौ।माया गर्ने बाआमा छन।यसरी नहिड।
हरी- म पैसो कमाउन चाहन्छु।खुल्ला आकाशलाई ओढेर ढुंगाको सिरानी बनाएर भएनी पैसो कमाउनु छ यार।
आकाश-उसो भए ड्रेस चेन्ज गर र मसँग हिड तर तिम्लाई यो शहरमा कोकोले चिन्छ?
हरी- आफ्नो मान्छे भऐदिएको भए त काम पाउथे नि कोहि छैन एउटा श्याम छ।त्यत्ती हो।
(उनीहरु जान्छन्,हरिले पहिरन चेन्ज गर्छ।)
आकाशले हरिलाई केहि चिज दिन्छ।
बाटोमा उनीहरु ड्रग्स बेच्न थाल्छन।
साझ उहि बेडमा~~~~~~
आकाश- कति कमाईस् त?
हरि- चालिस युरो यार।
आकाश -सधै यहि काम गर्छस त?
हरि- खासमा त्यो के हो?
आकास- ड्रग्स हो साले।
हरि-ड्रग्स?( अचम्म पर्दै)उसो भए भोलिबाट म बेच्दिन।पुलिसले समात्यो भने??
आकाश- म यहि बेचेर २ साल बिताउदैछु।नेपालमा भुकम्पपिडितलाई १ लाख सहयोग गरिसके।
हरि- भो म यस्तो काम गर्दिन यार।
आकाश- जे सुकै गर।म सुते।
आकाश सुत्छ
हरिलाई भोक लाग्छ।
फोहोरको भाडोमा फ्याकेको बोतल निकालेर पानी थापेर पिउछ।
रातभरी खोकी लाग्छ।
( उता श्यामलाई भुतले तर्साईरहेको छ।)
त्यो दिनपनी हरिले बैक्मा पैसा जम्मा गर्छ।
साझ- —
आकास – ला खा?आधा बांकी छ।
हरि- हस( हरि बिस्कुट खादैछ।
आकाश- कति जम्मा गरिस त पैसा?
हरी-१00 युरो।
आकाश-अब कति पुग्दैन?
हरि- ४०,५० युरोजती।
आकाश-तेरो बआआमा मेरो नि बाआमा।तँ भेटिएसी आफन्त भेटिएजस्तो भो।मसँग छ यहि लैजा।
( यसरी दिनहरु बित्छन।)
उता श्यामले उस्तै सपना देख्छ।
एकपटक हरिलाइ फोन गर्छु- श्याम।
बिहानै फोन हान्छ।
श्याम- तँ यो कोठा छाडेपछी म सधै तर्सिन्छु यार।रातभरी नराम्रो सपना देख्छु।
हरि- राम्रो कुरा सोचेर सुते पो हुन्छ।
श्याम- दिउसै तर्साउछ यार खै केले हो केले।
हरि-थाईको काम पाएभने म पअनि त्यही आउँछु बस्न पीर नगर।
श्याम- ए साच्चै! खेतीवाट मेरो साथी आउदैछ।तँ उतै काम गर्न जाने भए दिउसो आइजा है सल्लाह गर्न।
हरि-त्यस्तो भए

पार्टी चल्छ रेस्टुरेन्टमा ।
हरि कोकोकोला पिउछ।
हरि- म ट्वाइलेट….(औलो ठड्याउछ।)
ट्वाईलेटको ढोका बन्द हुन्छ।
गिलासमा रक्सी भरेको आवाज आउछ।
हरि फर्किन्छ।
कोक पिउदै- हैन कस्तो गन्हाएको यार।
अरुले कोकमा रक्सी मिसाएका हुन्छन।खासखुस गर्छन।उ पिउछ

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु