योगेशको सम्झन खोजे

Yogesh-kaji-picture
दीपकराज भण्डारी
२४ डिसेम्बर, लिस्बोन

बाग्लुङको बलेवामा जन्मिएर संगीतको क्षेत्रमा लामो साधना, संघर्श र मेहनत गर्दै आफ्नो स्थान बनाउन सफल एक प्रतिभासाली युबा योगेश काजी अहिले नेपाली संगीतमा सम्भावनायुक्त नाम बन्न पुगेको छ ।

स्कुल तहबाट नै संगीतको क्षेत्रमा लगाब राखेका योगेश काजीलाई नाइके नामक चलचित्रको सिर्शक गीत म हुँ नाइकेले परीचीत गरायो । तर उनले आफ्नो संगीतको यात्रामा निरन्तर परिक्षण दिएको र साधना गरेको उनको मोफसल देखी केन्द्रसम्मको यात्राले पनि बताउछ । २०६२ मा धौलागिरी आईडल, २०६४ मा सुपर भोइस अफ द इयर हुँदै २०६७ सालमा १७००० प्रतिश्पर्धी र सहभागीहरुलाई उछिन्दै इमेज च्यानलबाट प्रसारण भएको साउथ एसियन स्टारमा पाचौ स्थान हासिल गरेका काजी अहिले मोफसल, ओझेल गन्तब्य, नाइके, क्याफे लव लगायतका बिभिन्न चलचित्रहरुमा संगीत, कम्पोज, स्वर दिदै अगाडि बढी रहेका छन ।

बिशेषत सुफी गीतलाई सुहाउने आवाज रहेको उनका श्रोताहरुको राय रहेको छ । सगरमाथा च्यानलबाट प्रसारण हुने सुरताल नामक रियालिटी शो मा निर्णयकको भूमिका निर्बाह गरी रहेका काजीले थुप्रै जिङल, एफएमहरुको स्टेसन आईडी र ८० भन्दा बढी गीतहरु गरी सकेका छन ।

हालै उनले सुनिल परियारको शब्दमा रहेको सम्झन खोजे नामक सुफी पप गीत रिलिज गरेका छन ।

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु