प्रवासी गायक क्षेत्रीको नया भिडियो सार्बजनिक

काठमाडौ, १४ पुष । युराेपमा बसेर अाफ्नाे कार्यक्षेत्र बनाइरहेका गायक विष्णु क्षेत्रीले अाफ्नाे नायाँ भिडियाे सार्वजनिक गरेका छन् । लामो समय देखी युरोपका बिभिन्न देशमा रहेर आफ्नो संगितीक यात्रा बढाइरहेका गायक बिष्णु क्षेत्रीले आफ्नो नया म्युजिक भिडियो सार्बजनिक गरेका हुन । प्रवासमा बसेर पनि नेपालि संगीतकाे विकासमा लागि परेका गायक क्षेत्रिले बेला बेलामा युराेपका विभिन्न सहरमा अाफ्ना प्रस्तुतिहरू गर्ने गरेका छन् ।

अधिल्लो बर्ष आफ्नो पहिलो एल्बम जय नेपाल सार्बजनिक गरेका बिष्णुको एल्बममा समाबेश रहेको देउरालीको बोलको गितको भिडियो सार्बजनिक भएको हो । सुभाष भुषालको संगित रहेको उक्त गीतकाे सृजना गीतकार बाबुराम भुषालले गरेका हुन् । गाउमा रहेकी आफ्नी मायालुको सम्झानामा यात्रा गरीरहेको युबाको मनोभाब रहेको गितको भिडियो चितबनका रमारिय स्थानमा छायड्डकन गरीएको छ भने भिडियोमा नेपालका चर्चित मोडल पल शाहले अभिनय गरेका छन् । रुबिना श्रेष्ठले मोडल पल शाहलाई पर्दामा साथ दिएकी छन् ।

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु