कलाकार मान जि सुरागम सिमानामा पुगेर यसरी रूँदैछन्

‘म मेरो देशको सीमानामा पुगेर रोएँ…….
हजारौँ सहिदको रगतले मुछिएको माटो…..छोएर रोएँ…
ma mero
मार्मिक शब्द समावेश गरिएको चर्चित राष्ट्रिय गीत म ‘मेरो देशको सीमानामा पुगेर रोएँ…’ को भिडियो बजारमा अाएकाे छ धौलागिरीमा छायांकन गरिएको गीतको भिडियोमा स्वर संगीत मान जि सुरागम ले दिएका छन् । झन्डै ६ मिनेटको उक्त भिडियो गीतमा शक्ति क्षेत्रले शब्द दिएका छन् । देश संकटमा भएको र युद्ध चलिरहेको समयमा एक सुरक्षा निकायको युवा युद्ध लडेर गाउँमा फर्किइ वैवाहिक जीवनमा बाँधिएको, अनि विवाह भएकै दिन देशको परिस्थिती अत्यन्तै जटिल भएको हुँदा दुश्मनबाट देशलाई जोगाउन उसलाई फोन आएको र राती नै देशको स्वाभिमान बचाउन युद्ध लड्न गएको पक्षलाई संगीतकार सुगारम अनि निर्देशक भूपेन्द्र वि.सी.ले अत्यन्तै मार्मिक ढंगले प्रस्तुत गरेका छन् ।
.
अस्मिता देशकै लुटिएझैँ पाएँ……
शरीरबाट अंग छुटिएझैँ पाएँ….
स्वाभिमान र स्वाधीनता माथि …..
वैरीले कुल्चिए झैँ पाएँ…
.
छायाँकार सुरेश रेग्मी र रामेश्वर हुमागाईले युद्धस्थलमा छायांकन गरिएको उक्त भिडियोमा स्वाधीनता र स्वाभिमानको लडाईं लड्न गएको युवालाई शत्रुको गोली लाग्छ र घाईते भई ढल्छ । उसँगै युद्ध लड्न गएका साथीहरुले उसलाई गोली लागेर मरेको खबर उसको घरमा रहेका बुबा, आमा अनि जीवनसंगिनीलाई सुनाउँदा उनीहरु विक्षिप्त हुन्छन् अनि काजक्रिया समेत गर्दछन् । गोली लागेर ढलेतापनि उसको प्राण गएको हुँदैन् र फेरि उठेर शत्रुलाई मारेर देशको रक्षा गर्नमा सफल भएको दृश्यलाई अत्यन्त कुशलतापूर्वक देखाईएको छ । भिडियोमा उचित संगीत संयोजन गरी जीवन दिने काम फणिन्द्र राईले गरेका छन् ।
.
ज्यानको बाजी लगाएर देशको रक्षा गर्न सफल भएकोमा उसलाई वीरताको फुली लगाईन्छ, त्यसपछि उ घर फर्किन्छ, मरेको भनिएको छोरो फर्किँदा उनीहरु हर्षित हुन्छन्, विशेषगरी उसकी जीवनसंगिनी जो उसको काजक्रियामा सेतो कपडामा सजिएकी हुन्छिन्, उनलाई रातो पछ्यौरा ओडाएर अँगालो हालेको कथा भिडियोमा समावेश गरिएको छ । स्व. श्री गंगा बहादुर थापाको जीवनीमा आधारिक उक्त कथालाई अच्युत गजुरेलले कुशलताका साथ सम्पादन गर्न सफल भएका छन् । कलाकारहरु रविन्द्र, लक्ष्मी, विशाल बराईली, अर्जुन, रक्षा, विजय, विशाल नेपाली, विजय केसी, झलक, केशव, डम्बर, भिम, प्रेम, कमलराज, थमन, विनोदहरुले कथालाई थप जीवन्त र वास्तविक बनाएका छन् ।

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु