कृपया एक पल्ट लाइक गरि सिमानापारी डट कमका ताजा विषयवस्तुहरू आफ्नो फेसबुकमा पाउनुहोस

CLOSE



गजल- सुस्मी पुलामि मगर

579179_410998679029815_410216905_n
गोठालो जादा पाउ गल्दा रुदै हौली आमा!!
मुरी रोपी मानो फल्दा रुदै हौली आमा!

बर्षौ देखि को चुहिने छानो फेर्न नसक्दा!!
हुरी अनि बतास चल्दा रुदै हौली आमा

धेरै पढि डाक्टर बन्ने आसले प्रदेशिएको छोरि ठेगाना नहुँदा!
सयौ पटक आउँछु भनि मैले ढाट्दा रोदै हौली आमा!!!

लगाएको चोलि पनि फाट्यो होला बरै!
पीडा लुकाई मन जल्दा रुदै हौली आमा

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु