राहदानीको लागि एनआरएनए पोर्तुगल को बिकल्प के हो ? -दीपकराज भण्डारी

deepakrajbh
लोकतन्त्रमा बहस, बिबाद, आरोप प्रत्यारोप सामान्य हुन । विश्वकै जुनसुकै राज्य र समाजमा राजनिती र सामाजिक क्षेत्रमा काम गर्दा बिषयहरु उठ्नु, बहसहरु हुनु सामान्य हुन । पछील्लोक्रममा पोर्तुगलमा एनआरएनए र राहदानी सहजीकरण सेवा प्रकरणको सवालमा केही मिडियाहरु मार्फत उठेको बिषयबस्तु सँगै बिशेषत पोर्तुगलका प्रबासी नेपाली समाजमाझ अहिले चर्चा चुलिएको छ ।

उठेको बिषयबस्तुहरु हेर्दा एनआरएनए पोर्तुगललाई सहजीकरण गर्ने अधिकारको सवाल र आर्थिक सवाललाई बिशेष जोड दिएको पाईन्छ । मुलत एनआरएनएले नेपाली समुदायका सवालहरुलाई एक सहजीकरणकर्ताको हैसियतले सहयोग गर्ने हो । राह्दानीको सवालमा नेपाली राजदुताबास फ्रान्सले स्पस्ट रुपमा नै कसरी फारम भर्ने ? कहाँ पैसा बुझाउने ? के कसरी प्रकृया गर्ने आफ्नो वेबसाइटमा नै उल्लेख गरेको छ, जसको मत्लब हुन्छ राहदानीको लागि कसैले कसैको सहयोग लिन पर्दैन यदी आफै नै सक्षम भएको सम्बन्धमा । कन्सल्टेन्सीहरुलाई सेवा सुल्क लिएर बिदेश हिंड्ने नेपालीहरुको मानसिकतालाई हेर्ने हो भने नेपालीहरु सकभर आफै काम गर्न चाहदैनन, कुनै एजेन्ट मार्फत केही सेवा सुल्क तिरेर भयेपनी काम गर्ने भन्ने नेपालीहरुको मानसिकता प्रस्ट छ । यध्यपी केही मानीसहरु आँफै काम गर्न पनि अग्रसर हुन्छन सफल पनि भएका हुन्छन, राह्दानीकै सवालमा पनि कयौ मानीसले आँफै फारम भर्ने आँफै हुलाक मार्फत पठाउने र पासपोर्ट बोक्न सफल भएका हरु पनि छन । अब सोचौ मानीसले एनआरएन नै खोज्दै किन हिंडे ? एक नेपालीहरुको पराधिन मानसिकता, अर्को आबस्यक श्रोत साधन जस्तै प्रिन्टर आदी नहुनु । जब कुनै साइबरमा गएर फारम भर्नु पर्छ भने नेपाली समुदायहरुबाट प्रबासी नेपालीहरुको लागि नै खोलिएको एनआरएनमा किन नजाने यो भावनाले नेपालीहरु एनआरएनएमा जान्छन ।

पासपोर्ट छिटो बन्ने र नबन्ने सवालमा के एनआरएनए पोर्तुगलको हात होला ? अबस्य हुँदैन यदी एनआरएनले सहजीकरण गर्ने कार्य गैरकानुनी हो भन्ने तर्क प्रस्तुत गरिन्छ भने र एनआरएनलाई दुताबासले अधिकार नै दिएको छैन भने एनआरएनको भनाइको आधारमा पास्पोर्ट बन्ने र नबन्ने काम कसरी सम्बन्धित होला ? जबकी सेवा प्रदायक कार्य जुन सेवा अन्तर्गत पर्दछ जसको उद्देश्य नेपालीको सेवामा सहजीकरण गरिनु हो । सेवाको सहजीकरणलाई कानुनी र गैरकानुनीको तर्कले सेवा र सहजीकरणलाई निरुत्साहित गरिनु उपयुक्त हुँदैन । नत्र दुताबास पनि नभएको अवस्थामा, ब्यक्तीहरु ब्यक्तिगत पहलबाट राहदानीको प्रकृया गर्न न चाहेर बिभिन्न साइबर वा भरपर्दो संस्था खोज्दै हिंडेको सवालमा कोही प्रबासी नेपाली एनआरएनए पोर्तुगल पुग्नुमा कहाँ नेर समस्या छ ? आखिर मानीस साइबर साइबरमा एमआरपी फारम भर्न हिंडेकै हुन ।

एनआरएनको सट्टा बानिज्यदुताबास भन्ने उत्तर पनि आउँला तर गैर कानुनी र कानुनी को पारीभासाले बानिज्य दुताबास पोर्तुगललाई पनि सहजीकरण गर्न देला ? फ्रान्स दुताबासले मन्जुरीनामाको आधारमा एनआरएनए पोर्तुगललाई पास्पोर्ट लिएर आउने अनुमती दिएको हो । जुन फ्रान्स दुताबासकै प्राब्धान अनतर्गत छ र त्यो पनि जो फ्रान्स जान सक्दैनन ति नेपालीहरुको सेवालाई छरितो र सुलब गराउने सैद्दान्तिक प्राब्धानको आधारमा । अर्थात फ्रान्स दुताबासले पनि प्रबासी नेपालीलाई सेवामा सहजता र सुलभताको लागि दिएको सहजीकरण सेवा हो ।

आर्थिक सवालमा १६ युरोको कुरा छ त्यो सेवासुल्क मान्न सकिन्छ, बिजुली महसुल, पेपर लगायत, अनी हुलाकबाट प्रतिक्षा गर्दा ढिलो हुने सम्भावनालाई देख्दै नेपालीहरुकै मनोबिज्ञानको आधारमा कोही एनआरएन प्रतिनिधि फ्रान्स गएर जिम्मेबारी ढंगबाट राहदानीको वास्तविक लागत बुझाएर पासपोर्ट लिएर आउनु पनि अतिरन्जित गरिनु पर्ने बिषय होइन । हो खोजीनु पर्ने सवाल १६ युरो के हुन्छ भन्ने हो ? फ्रान्स गये आएको खर्च पछीको बाँकी रकम के हुन्छ भन्ने खोजिनु पर्ने बिषय हो । जसलाई एनआरएनले प्रशासानीक खर्च, संस्थागत कोश ब्रिद्धीको लागि हो वा कुनै अक्षय कोषको लागि हो भनेर पारदर्शिताको साथ प्रस्तुत गर्न सक्नु पर्छ, सम्भवत एनआरएनएको बिधान अनुसार त्रैमासिक वा अर्धबार्शिक वा वार्षिक रुपमा आफ्ना साधारण सदस्यलाई प्रस्तुत गर्न सकिन्छ । यसको लागि कार्य समितीले निर्णय गरेर साधारण सभा मार्फत सदस्यहरुमाझ लैजाने वा के बिधी अपनाउने पद्दती भित्र रहेर एनआरएन कार्यसमितीले छलफल गर्न सक्छ ।

एनआरएनए पोर्तुगलले संस्थागत कोष बृदि नै गर्न नपाउने भन्ने पनि त होइन । कुनै कुनै देश जस्तै नर्वेहरुले प्रबासीहरु संगठनहरुलाई आर्थिक सहयोग उपलब्ध गराउछन , जहाँ संस्थागत एबम प्रशासनिक खर्चको लागि अन्य देशमा जस्तो धेरै तनाब लिनु पर्दैन । नेपालमा पनि संस्थागत कोस बृदिको लागि बिभिन्न संस्थाहरुले बिभिन्न उपायहरु अप्नाएका हुन्छन । पारदर्शिताको लागि आबधिक रिपोर्टिङ गर्न सकिन्छ जसको लागि अन्य शुभचिन्तकहरुले सुझाव दिन सक्छन ।

एनआरएनए पोर्तुगलको राहदानी सम्बन्धी सहजीकरण सवाललाई जुन कानुनी र गैरकानुनीको पारीभासाबाट निरुत्साहित गर्न खोजिएको छ, यसलाई सम्बोधन गर्ने अर्को बिकल्प के हो त ? यो पनि पोर्तुगलमा बसेका नेपालीहरुले आँफै नै दिन सक्नु पर्छ । के एनआरएनए पोर्तुगलको बिकल्प कुनै साइबर हो ? वा अन्य कुनै राजनैतीक वा सामाजिक संस्था ? यदी बानिज्यदुताबासलाई पनि अधिकार छैन भने एनआरएनए पोर्तुगल र बानिज्यदुताबासले सहजीकरणमा सहयोग गर्नुको अन्तर के ? एक मात्र बिकल्प नेपाली आँफैले फारम भर्नु, आँफै फ्रान्स जानु नै हुनेछ र त्यस्तो गर्नेलाई सम्भवत एनआरएनए पोर्तुगलले छेकी छेकी म काम गर्छु भनेको न हुन पर्ने ठहर यो पन्क्तिकारको रहेको छ । मन्जुरिनामा बेगर अर्को ब्यक्तीले कुनै पनि ब्यक्तीको राहदानी सम्बन्धी सट्टामा काम गर्न सक्दैन, अनी एनआरएनए पोर्तुगलले पनि मन्जुरीनामा बिना काम गरेको छैन भन्ने विश्वाश यो पक्तीकारमा रहेको छ ।

वास्तवमै बिरोध गर्न सजिलो छ तर वास्तवमा नै एनआरएन जस्तो संस्था चलाऊन कुनै पनि संगठनकाले प्रतिनिधित्व गरुन सजिलो छैन । या त राहदानी लगायतका बिभिन्न सेवा प्रदायक सवालमा एनआरएनए पोर्तुगलको बिकल्प पोर्तुगलबासी नेपालीहरुले स्व्यम खोज्न पर्नेछ, नत्र पारदर्शिता सहीत सहजीकरण कार्य एनआरएनए पोर्तुगलले सुचारु राख्नु पर्छ । पारदर्शिताको लागि एनआरएनए पोर्तुगलले त्रैमासिक, अर्धबार्शिक वा वार्षिक कुन पद्दती मार्फत कसरी आफ्ना सदस्यहरुलाई रिपोर्टइङ गर्ने हो त्यसका लागि एनआरएनए पोर्तुगलले निर्क्योल गर्न सक्नेछ ।

अस्तु

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु