चैते दशैमा भेट्ने मेसो मिलाउदै किरण (भिडियो सहित )

हिन्दुहरुको अर्को ठुलो पर्व चैते दशै आउन अझ केहि समय बाँकी छ । तर कलाकारहरुलाई भने चैते दशैँ लागी सकेको छ ।
बागलुङमा रहेर लोकदोहोरीको क्षेत्रमा निरन्तर लागी परिरहेका सर्जकहरुले चैते दशैंलाई लक्षीत गरेर चैते दशै बागलुङको मेला बोलको गीत सार्वजनीक गरेका छन । गीतको सम्पुर्ण छायाङकन समेत बागलुङमानै गरिएको छ ।
चैते दशैँको अबसरमा बागलुङको कालिका मन्दीरमा भक्तजनहरुको ठुलो भिड लाग्ने गर्दछ त्यसै अबसरमा बागलुङमा मेला पनि लाग्ने गरेको छ । सोहि मेलालाई लक्षीत गरेर सर्जकहरुले गीत बनाएका हुन ।
गीतमा आवाज दिएका छन किरण दिप र सुनिला शाही ठकुरीले । गीतको शव्द सिर्जना गरेका हुन शिव अखेलीले भने लय गायक किरण दिपले बनाएका हुन । गीतको म्युजिक भिडियो निर्देशन गरेका छन् साइरस क्रिसले ।

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु