गगनको जितको प्रतिक्षा युबा काम्रेडहरुलाई पनि थियो -दीपकराज भण्डारी

deepakrajbh
यसपालीको नेपाली काङ्रेशको महाधिवेसन समग्र देशका युबाहरुको चासोको बिषय थियो । सुसिलको देहान्त पछीको काङ्रेश बिरासतबादको पत्तुर लेगेसी बाट हटेर सक्षम युबाहरुको पोल्टामा पुग्छकी पुग्दैन भन्ने मुल सवालका कारण काङ्रेसी अधिवेसनमा समग्र युबाहरुको दृस्टी अडीरहेको थियो । प्रजातन्त्र सधैं शिशु नै रहेको देशमा बर्तमानका सम्बाहक तप्कालाई सधैं भोलीको कर्णाधार भनिदै प्रायोजित परीभासाबाट पाखा लगाउने पगरीको अन्त्य गरी युबा जोशका साथ देश सिङार्ने सपना देखेका समग्र पार्टीमा आस्थावान र आवद्ध युबाहरु, हामीले त हाम्रो पालोमा गर्न सकेनौ तर तिमी युबाहरुले गर भनेर हौसला दिने देशका शुभचिन्तक जोशमा युबा तर उमेरले बुढाहरुको सञ्जयद्रिस्टी देशकै ठुलो पार्टीको अधिवेसनमा टिकेको थियो । यि सबै युबा सपनाहरुको प्रतिक बन्न पुगेका थिए गगन र उनको महामन्त्रीमा उम्मेद्बारी । तर निकै नै दु:खद मानिनु पर्छ, जोश, हिम्मत र चुनौतीका बाबजुद युबा सपना फेरी एक पटक खुम्चिन परेको छ गगनको पराजय सँगै ।

गगनको आम युबा जगत माझ चर्चा परिचर्चा र लोकप्रियता वास्तवमा गगनको मुर्तीकरण थिएन, यो त हरेक पार्टीमा यैजेरु झै जिर्ण भएका, राज्यकौसलता नभए पनि राजमुकुटको लालसा राख्ने र सो राजमुकुट अन्य सक्षम युधिस्ठरमा होइन आफ्नै दुर्गुणले भरीपूर्ण पुत्र दुर्योधनमा हस्तान्तरण होस् बरु हस्तिनापुरको हित भाडमा जायोस भन्ने ध्रिस्टरास्ट्र मनोब्रितीले जकडिएको नेपाल र नेपालीहरुको दुर्दर्शा फेर्ने एक से एक युबा युधिस्ठिरहरुको सपना र सन्कल्पको एकमुस्ठ आकार हो । यो एक मुस्ठ आकार गगन रुपी शक्तीसाली मुस्ठी बनेर नेपाली राजनीतिका ध्रितरास्ट्रहरुको सिन्हासनमाथी निरन्तर प्रहार गरी रहेको थियो जसलाई थेग्न ध्रिस्टरास्ट्रहरुले सकुनी प्रब्रितीलाई स्वागत गरे र कुटिल द्रुतकिडा मार्फत गगनरुपी युधिस्ठरहरुलाई बनबास पठाउने प्रपन्च सफल भयो ।

निस्चित रुपमा गगनको महामन्त्रीमा जितको प्रतिक्षा एमालेका योगेश भट्टराई, राजेन्द्र राइ, रामकुमारी झाक्रीहरुलाई थियो, उनको जितको प्रतिक्षा माओबादीका हिमाल शर्मा वा लेखनाथ भट्टलाई पनि थियो । उनको जितको प्रतिक्षा जुङाको रेखी बस्न नपाउदै अखिलको केन्द्रिय सदस्य बन्न पुगेका म्याग्दीका प्रकाश पौडेललाई थियो, बाग्लुङ काङ्रेशमा युबा प्रतिनिधित्वको प्रतिक उमेश वा चिरिन्जिवीलाई पनि थियो । उनको जितको प्रतिक्षा देशको समग्र युबा जगतलाई थियो किनकी गगन एक ब्यक्ती नभएर सपना थिए र त्यो सपना आम नेपाली युबाको थियो । गगनको जितले देशभर क्रान्तिकारी शक्ती संचार पैदा गर्ने थियो जसले हरेक पार्टीका ध्रिस्टरास्ट्रहरुको सिहासन हल्लाउने थियो । युबाहरुको परीभासा भोलीको कर्णाधार होइन बर्तमानको सम्बाहक बन्ने थियो । युबाहरुको भूमिका रेलिङ भाचेर, बन्द हड्ताल गरेर बुढो सत्ता टिकाउने अस्त्र बन्ने थिएन देश चलाऊने सन्यन्त्र बन्ने थियो । पक्कै पनि गगनको जित नेपाली राजनीतिको ईतिहासमा महत्वपूर्ण कोशेढुङा बन्ने थियो ।

नेपाली राजनीतिमा हस्तिनापुरका भिस्मको खाचो तड्कारो रहेको नेपाली काङ्रेशको अधिवेसनले देखाइदियो । भिस्म त्यो हस्ती हुन जसले हस्तिनापुरको सुदुर भबिश्यको खातिर महाभारतको लडाईंमा पान्डवको बिजयको लागि पर्खाल बन्न पुगेका भिस्मले पान्डवलाई आफनो पराजयको भेद खुलाइदिएर मार्ग प्रसस्त गरेका थिए । नेपाली काङ्रेश अधिवेसनका प्रतीनिधीहरु कर्ण झै बन्न पुगे जसले बिरासत, कृपा वा निस्ठाको रोगका खातिर धर्मको पक्षमा युद्द लडेनन, कङ्रेशका प्रतिनिधिहरुले निस्ठाको रोगका कारण बिर्सिये कि आफनो सन्ततीको जोश, उत्साहलाई ६० बर्षको सिथिल अवस्थामा पुराउने बाटो खनी रहेका छन ।

यध्यपी, बिरासततन्त्र र ध्रितरास्ट्र पथको बिरुद्धको लडाईंमा बिश्राम लागेको होइन, काङ्रेसी संगठनिक सन्रचना अन्तर्गत गगनको मत महाभारतयुगिन बिराट युद्दको प्रतिक हो जहा अर्जुनले एकसे एक महारथीले भरिएको दुर्योधनको सेनालाई हारको प्रारम्भिक स्वाद चखाएका थिए । गगनको हार युबा शक्तीको स्खलन होइन, यो प्रारम्भ हो, अब हरेक पार्टीका युबा शक्तीहरुले गगनको तत्कालिन पराजयको समिक्षा गरी गान्डीवलाई सजाउने सन्खघोस् गरुन । जित युबाकै हुनेछ ।

अस्तु

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु