मायालुसँग माया माग्दै छन शिव परियार

shiva pariyearकाठमाडौं,पछिल्लो समयमा नेपाली सांगीतिक क्षेत्रमा शिव परियार एक सफल गायक अनि हरेक स्टेज कार्यक्रममा उनको माग हुने गर्दछ । लामो समय सम्म संगीतमा तन मन दिएर हिडेका परियार पछिल्लो समयमा स्टेज कार्यक्रममा नै ब्यस्त हुने गायक हुन् । निकै मिठो स्वरका धनि गायकको पछिल्लो समयमा निकै लोकप्रिय गीत माया देउ माया देउ…… गीत र्सार्वजनिक भएको छ । गजल र लोक प्रिय आधुनिक संगीतमा राम्रो छाप पारेका परियारले
पछिल्लो समयमा भने आफ्नो सांगीतिक तरङलाइ परिर्वतन गरी स्टेज कार्यक्रमको लागि लक्षित गरेर गीत र्सार्वजनिक गर्ने गरेका छन् । जव गायक परियारले रुपौली रानी…., छडके तिम्राे नजरले….., गालैको कोठी….., पिउदिन भन्दा भन्दै….. जस्ता चर्चित गीतहरु गाउने गर्दछन् त्यतिबेला दर्शकलाइ नाचौ नाचौ बनाउने गर्दछ ।

माया देउ माया देउ…… बोलको गीतको शब्द शिव परियार, लोकराज अधिकारी, सुरज थापाले लेखेका हुन भने संगीत गायक परियारले नै गरेका हुन निकेश खड्काले निर्देशन गरेको भिडियोको दिपक सिंहले कोरियोग्राफी गरेका छन् । पल शाह र झरना मल्लको अभिनय रहेको गीतको धिरज जंग शाहले छायांकन गरेका छन् ।

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु