कृपया एक पल्ट लाइक गरि सिमानापारी डट कमका ताजा विषयवस्तुहरू आफ्नो फेसबुकमा पाउनुहोस

CLOSE



मुन्नीको परपोज स्टोरी-दीपकराज भण्डारी

deepakrajbh
मुन्नाको च्याट बक्समा आजभोली धेरै नै मेस्सेज आउन लागेको छ । फोटोग्राफरहरुले एङल मिलाएर खिची दिएको फोटोमा स्मार्ट फोनका एप्सहरुमा उपलब्ध फोटो एडिटरहरुमा सुहाउदा कलर करेक्सन गरे पछी सिरमा चन्द्रमा भने जस्तै उसका फोटोहरु कुनै बलीवूडका हिरोको भन्दा कम देखीदैनन ।

फेसबुकमा फोटोलाई हेरेर बढेका मुन्नीहरुको फ्रेन्ड रिक्वेस्ट, रात बिरातमा आउने मेसेन्जरकल, च्याटबाट स्टारडमको महसुस गर्न लागेको मुन्ना आज भोली धेरै चूजी भएको छ मानौ आमिर खानले चल्चित्र खेल्नु भन्दा अघी निकै नै अध्ययन गरे जस्तो । जुन पायो त्यो मुन्नीहरुको मेसेज नहेर्ने भएको छ मुन्ना आज भोली । एक दिन एउटा मेसेजले भने मुन्नाको ध्यान तान्छ, त्यो मेस्सेजमा मुन्नाले खोजेको र सोचेको जस्तो देखिने मुन्नीले मुन्नालाई पर्पोज गरेकी थिइ ।

मुन्नीको पर्पोज स्टोरी जस्ताको त्यस्तै

मुन्नी – हाइ, पोर्तुगलमा हो तपाईं ?

मुन्ना- हजुर

मुन्नी- पोर्तुगलमा त दु:ख छ भन्छन नि, यता त लास्टै हल्ला छ ।

मुन्ना- हजुर दु:ख नै छ, दु:ख सधै छ, जहाँ पनि छ, नेपालमा पनि अनी बिदेशमा पनि, केही दु:ख मनले सिर्जना गर्छन्, केही तनले केही आफुले केही अरुले सिर्जना गरेर ।

मुन्नी- तपाईं त सुटेड बुटेड देख्छु त

मुन्ना- हजुर महादेवको कृपा, भाग्य, कर्म, अबसर

मुन्नी- तपाईं मोडेल हो र ?

मुन्ना- होइन हजुर, लगानी गरेर अनुहार देखाउनुलाई मोडेलिङ भनिदैन, यो त गाठ भि गुमाना बेवकुफ भि बनना हो नि, पैसा लगानी गरेर राजेश हमाललाई हिरो बनाउने हो भने नेपाल जानु पर्छ, पैसा लगानी गरेर अरुलाई हिरो बनाउन बिदेश हुनु पर्छ ।

मुन्नी- बडी चाँही हो के तपाईं को

मुन्ना- खै हजुर कहिले सुक्ने कहिले फुक्ने अर्थात फुलाये फुक्ने फुलाउन छोडे पछी सुक्ने अनी अन्तिममा माटोमा मिल्ने यो शरीरको के फुर्ती लगाउनु छ र

मुन्नी- के काम गर्नु हुन्छ नि ?

मुन्ना – हजुर कामदार नै हो अब तीन डब्लुको भर हुँदैन यूरोपमा अरुले लगानी गरेर बनाइएको बुलेटप्रूफ सिसा र एसी वाला कामको के शान पल्टाउनु,

मुन्नी- जे होस् ब्यान्क अकाउन्ट भने फुल प्याक छ नि

मुन्ना- हजुर अकाउन्ट त ब्यान्कको पनि खाली छ अनी मनको पनि, ब्यान्कको अकाउन्ट एक दिन भर्छु भन्ने विश्वाश छ । मनको भने तुरुन्त भर्न सक्छु ।

मुन्नी- पेट कसरी भरिएला त ?

मुन्ना- पेट जे मिल्छ तेही भाग लगाएर भरौला, मन भर्ने भनेको त मनले नै हो नि

मुन्नी- हो त्यो त, पेट भर्न त मलाई पनि रहर छैन शरीर मोटो हुन्छ, तर ब्रान्डेड एस्सेसरिजहरु लगाउने बानी छ, युरोपमा भये पछी रोलेक्स त हातमा झुन्डाउन पर्‍यो, जिम हलमा गएर ट्रेड मिलमा बाहेक अरुमा हिंड्न मन लाग्दैन, जमाना बिएमडब्लुको हो एउटा मोडेल त हुनै पर्‍यो होइन र ?

मुन्ना सिधै बेहोस् >नेपथ्य बाट जोडदार आवाज आउछ रिजेक्ट

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु