देउवा अब बिपीको मानसपुत्रबाट स्व्यम बिपी बन्नु पर्छ -दीपकराज भण्डारी

deepakrajbh

शाहहरुको उदय पस्चात राणाहरुको उदय त्यसपछी प्रजातन्त्र अनी फेरी राजतन्त्र, फेरी प्रजातन्त्र वा गणतन्त्र, यस्ता राजनैतीक परिणामहरुमा माछालाई थाप्ने ढडिया झै भारतीय बिस्तारबादको कुचक्रले बारम्बार नेपाली जनताको आकान्छाहरु माथी अन्कुश लगाइदै आएको छ । स्पस्ट भन्नु पर्दा नेपाली जनताले गर्ने हरेक आन्दोलनमा भारतले यो वा त्यो बहानामा स्वामित्व आफ्नो नाममा लिने प्रयत्न गरेको छ, नेपाली राजनीतिको कम्जोर आन्तरिक धरातलको कारण भारत धेरै नै हदमा सफल बन्दै आएको छ । नेपाली ईतिहास र बर्तमानसम्मको परिवर्तनको डोरी बिभिन्न स्वरुपमा हिडि रहेको छ तर मिहिन ढंगले हेर्ने हो बने एउटै दुस्चक्रमा घुमी रहेको छ त्यो हो भारतीय बिष दन्तको डसाइ ।

बिश्लेशकहरु हरेक राजनैतीक परीघटनामा भारतीय रणनिती र स्वार्थको बिश्लेशन गर्ने गर्छन् चाहे त्यो गणतन्त्र ल्याउन होस् वा वा कुनै एक पार्टीको प्रमुख वा सरकार परिवर्तनमा होस् । यसको मतलब यो होइन कि होइनकी नेपाली जनताको राष्ट्रिय भावना कमजोर छ । नेपाली आन्तरिक राजनीति कम्जोर छ तर नेपाली जनताको राष्ट्रिय भावना कम्जोर छैन । बिपी देखी प्रचन्डसम्मले उपयोगीताको रणनिती अनुरुप भारतीय सहयोग लिये धेरै नै हदमा भारतले उल्टो उपयोग गर्‍यो तर एकाध समयमा नेपाली नेताहरु प्रतिबिम्बात्मक रुपमा नै सही भारतीय हैकमबादको बिरुद्ध संघर्श गर्ने कोशीस गरेको ईतिहासले देखाउछ, बर्तमानमा केपी ओलीले भावी ईतिहासमा आफ्नो अक्षर सुनौलो पानाले लेख्न सफल बनेका छन, बिश्लेशकहरु चिनिया कार्ड भन्छन, कार्डको रुप नै सही तर भारतीय एकाधिकार तोडिने इट्टाको सुरुवात केपीले गरेको होइन भन्नु समयको सही समिक्षा हुन सक्दैन ।

केही बिश्लेशकहरु देउवालाई भारतीय र पश्चिमाको ग्रान्ड डिजाइन भन्ने गर्छन्, यो देउवालाई थाहा होला वा साउथ ब्लकलाई तर यती बेला देउवा काङ्रेशको संस्थापन नेता हुन र आउने भबिश्य फेरी काङ्रेश तर्फ घच्घचिदै छ भावी सन्ततीको प्रश्नहरुको प्रतीबिम्ब बनेर । देउवासँग सि क्लास राणाहरुको बिरासत छ तर उनी आफुलाई बिपीको मानसपुत्रको रुपमा व्याख्या गर्छन् । काङ्रेशीहरु आफ्नो नशामा बिपीको रगत नबगे पनि बिपीको बिचार दौडेको दावी गर्छन् अर्थात हरेक काङ्रेसीहरु आफुलाई बिपीको मानसपुत्र दावी गर्छन् ।

तत्कालिन समयमा क्रान्तिकारी शक्तीको नेत्रित्व गर्ने बिपीका गुन अबगुन केलाउदै जादा साम्यबादीहरुले काङ्रेशलाई लगाउने निरेपेक्ष भारतपरस्त आरोपकै बिच एउटा राष्ट्रबादी छबीको छाया स्पस्ट देखिन्छ दुई उदाहरणबाट । एक इन्दिरा गान्धीको अपेक्षा बिपरित राजा सँग नै सम्झौता गर्न नेपाल फर्कनु अर्थात सम्झौता एक नेपालीले अर्को नेपाली सँग, अनी त्यो भन्दा अघी नै प्रधानमन्त्री हुने समय ताका भारत भ्रमणमा जादा आफ्ना बिपक्षीहरुलाई आफ्नो बिरोध वा आन्दोलन गर्न पैसा दिनु ताकी भारतले एक पक्षिय रुपमा फाईदा उथाउन नसकोस । बिपीको यो राष्ट्रप्रेमले साम्यबादी कोणबाट गरिने उनका आलोचनाका बिच एक पल्ट सोच्न वाध्य पार्छ ।

आज बिपी छैनन, बिपीका मानसपुत्रको रुपमा दावी गर्ने काङ्रेसीहरु छन । तर भारत छ र उसको बिस्तारबादी निती यथावत छ । यिनै श्रिन्खलाका बिच कङ्रेसी संस्थापन स्वरुप देउवामा सरेको छ अनी आम जनता बामपन्थी र स्व्यम राष्ट्रबादी काङ्रेसीहरुको नजर देउवामा टिकेको छ । देउवालाई बिपीको मानसपुत्र बाट स्व्यम बिपीको आत्मधारण गर्ने स्वर्निम अबसर प्राप्त हुँदैछ । देउवाले बिपीको ईतिहास दोहोराउन पर्छ, सम्झौता नेपाली सँग नै गर्नु पर्छ, जसरी बिपीले इन्धिरा गान्धी सँग सम्झौता नगरने तर राजाको जेल भोग्ने निर्णय गरेर आफुलाई अमर बनाये, जसरी बिपीले आफ्नो हरेक भारत भ्रमणमा बामपन्थीहरुलाई बिरोधको आवाज घन्काउन लगाए त्यसरी नै देउवाले भारतीय महाजालबाट मुक्त भएर राष्ट्रबादलाई मल दिनु पर्छ । किनकी यती बेला देउवा आम काङ्रेशीहरुको भरोसाको एक मात्र साधन बनेका छन जसले मोदीको नाकाबन्दी खेपेका छन, भारतीय हैकमबादलाई बुझेका छन र राष्ट्रबादको लागि लड्न तयार छन ।

भारत अहिले ईतिहासकै महाजाल बोकेर आएको छ । एकातिर साम्रज्यबादका नाइकेहरुसँग घाटी जोड्दै छ, अर्को तिर हिन्दूत्वको भावनामा खेल्न खोजी रहेको छ । एका तिर सिमान्तक्रित बर्गको नारा घन्काउदै छ अर्को तिर देश तुक्राउन चाहनेहरुलाई पेट्रोल भर्दै छ । अर्थात भारत हरसम्भव तरिकाले नेपालमा अस्थिरता र जनदवावको अगाडि मुर्झाउदै गएको आफ्नो हैकमबादलाई पुनस्थापित गर्न चाहन्छ । तर देउवाले बुझ्नु पर्छ राष्ट्रबाद सधैं उग्र हुन्छ, यो उदन्ड नै हुन्छ, नत्र राष्ट्रिय भावना जिबित रहन सक्दैन, यदी राष्ट्रबाद उग्र नहुदो हो त स्वतन्त्रता सङ्राममा भारतीयहरुले अङ्रेजले रेलको पटरी खोली दिएको, कलकार्खाना खोली दिएको, सती प्रथालाई हटाउन कानुनी सहयोग गरेको, आफ्नो सेनामा भर्ती गरी रोजगार दिएको गुण भनेर अङ्रेजको बर्चस्वलाई कायम राख्न सहमत हुने थिए ।

देउवा साच्चै नै बिपी बन्ने अबसर प्राप्त हुँदै छ, देउवाले स्मरण गर्नु पर्छ भारतीय समाजवादी नेताहरुसँगको मित्रता र त्यो मित्रता भित्र लुकेका भारतीय आसय, आग्रह, पूर्बाग्रहहरुलाई चिर्ने कोशीस र राष्ट्रबादी कुट्निती सैली बिपीले अबल्म्बन गर्ने कोशीस गरेका थिए । देउवाले केलाउनु पर्छ अल्पसन्ख्यक नाराकै बिच भारतका के के सर्तहरु छन, हिन्दूत्वको सवालमा नेपालले के के गुमाउन पर्छ, पारस्परिक उलझनले भरीपूर्ण सर्त, नाराहरु दिएर भारत के पाउन खोज्दैछ, यो सब राष्ट्रबादमा आधारित हल खोज्न सक्नु पर्छ । आबस्यक परेको खन्डमा इन्दिरा गान्धीको आश्रयलाई लत्याएर पञ्चायतको जेल रोज्न सक्ने बिपीको राष्ट्रबादी हिम्मतलाई आबलम्बन गर्नु पर्छ । देउवा अब बिपीको मानसपुत्रको सट्टा बिपी बन्नु पर्छ ।

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु