पोर्तुगलमा नेपालीलाई किन गाह्रो हुँदैछ र कसरी पोर्तुगल आउने ?- दीपकराज भण्डारी

deepakrajbhपछील्लो क्रममा यूरोपमा अतीबादीहरुको आक्रमण बढे पछी, सुरक्षा चासोको कारण कडाइ हुँदै गएकोले यूरोपियन मुलुकहरुमा अबैधानिक, वा पिआर, टिआर नपाएका वा अन्य कुनै देशको सेन्जेन बाहेक अन्य भिजा बोकेका नेपालीहरु पोर्तुगलमा उर्लिने क्रम बढेको हो । अधिकारिक तथ्यान्क नभये पनि १५ हजारको हाराहारीमा बिभिन्न हैसियतमा नेपालीहरु पोर्तुगलमा रहेको अनुमान गरिएको छ । नेपालीहरुको बढ्दो आवागमनसगै नेपालीहरुका दु:खका कहानीहरु बिसिस्ट बन्दै प्रकाशमा आउँदै छ । यही क्रममा पछील्लो समयमा सेफ पोर्तुगल जसले आप्रबासीहरुको बैधानिक बसाइको सवालमाथी निर्णय गर्छ उसले अचानक कडाइ गरेको खबरहरुले यती बेला टि आरको प्रतिक्षा वा आशा गरेर संघर्श गरेका नेपालीहरुमा अन्योलता र फ्रस्ट्रेसन बढाएको छ ।

पोर्तुगल आप्रबासीको लागि सजिलो भनिये पनि सुरु देखी नै यसको निस्चित निर्देशिका थियो । पोर्तुगलको आप्रबासीको लागि निर्देशिका भन्नाले वोर्क पर्मिट, वा पोर्तुगलको भिजा नत्र कम्तिमा सेन्जेन भिजा, बैधानिक रुपमा पोर्तुगल आएको प्रमाण अर्थात भिजा छदै पोर्तुगल छिरेको प्रमाण, कालो सुचीमा नभएको कम्पनी, पसल, रेस्टुरेन्टमा काम गरेको हुन पर्ने तथा निरन्तर कम्तीमा छ महिना कर तिरेको हुन पर्ने भन्ने बुझ्न पर्ने हुन्छ । कालो सुची भन्नाले सामान्यत कुनै पनि कम्पनीले कर छली नगरेको, कम्पनीको समग्र आय भन्दा पनि बढी कामदार नराखिएको आदी इत्यादी भनेर बुझ्न पर्ने हुन्छ । यसरी हेर्दा स्वरुपमा पोर्तुगल सजिलो गन्तब्य जस्तो देखिये पनि सारमा यो हलुका ढंगको सजिलो देश होइन, एउटा नेपालीले यो देशको टिआर पाउन नै धेरै प्रकारको परिक्षाहरु पास गर्नु पर्ने देखिन्छ, नेपाल देखी सिधै श्रमिक भिजामा काम गर्न आउनेको हकमा कुनै हेराफेरी नभएको खन्डमा उनीहरुलाई कम्तिमा टिआरको सवालमा भाग्यमानी मान्नु पर्छ भने शारिरिक श्रमको बोझ छदै छ । समग्रमा आयको हिसाबले पोर्तुगल अन्य देशको तुलनामा निम्न आय भएको देशको रुपमा चिनिन्छ ।

पोर्तुगलमा सजिलै टिआर बन्ने भन्ने हचुवा मनस्थिती नेपालीहरुमा बिकास भएको छ । यधयपी यहाँ सुरुको चरणहरु देखी नै नेपालीले ओठमुख सुकाएर टिआर बनाएको ईतिहास हरु संघर्शसिल नेपालीहरुको मनमस्तिस्कमा संघर्शका स्‍मृतिहरु अभिलेख भएको पुराना नेपालीहरु बताउछन । बिचबिचमा बातावरण केही खुकुलो हुँदा केही नेपालीहरुले एप्प्लाई गरेको दिनमा नै टिआर बनाये जसलाई पोर्तुगल आउन चाहने नेपालीहरुले अती सामान्यिकरण गरेको पाईन्छ । यहाँ नियम न त अती खुकुलो थियो र न अती कठिन छ । नियमावली र निर्देशिकाभित्र पर्ने नेपालीहरुलाई सजिलो र त्यो भित्र नपर्नेहरुलाई गाह्रो छ भनेर बुझ्दा निकै नै उत्तम हुन्छ त्यसै गरी संघर्श र धैर्यताको परिक्षा नियमभित्र पर्ने र नपर्ने दुबैले बरोबर गर्नु पर्छ । कहिलेकाही पोर्तुगल सेफका कर्मचारीले टेबुल डिसिजन गर्छन् भन्ने अंकलन नेपालीहरुले गर्छन् किन भने केही नेपालीहरुले सबै निर्देशिका भित्र रहेर अप्प्लाई गर्दा पनि भन्ना बित्तिकै टिआर नपाएको, एउटा कम्पनीमा काम गरेको एउटाले टिआर पाउदा सोही कम्पनीमा काम गर्ने अर्कोले नपाएको वा केही ढिलो गरी पाएको उदाहरण पनी छन । यस्तो किन हुन्छ भनेर नेपालीलाई वकिलले पनि ठ्याक्कै यही हो भनेर भन्न नसकेको नेपालीहरुको भनाइ छ ।

अहिले फेरी पोर्तुगलले आफ्नो नियममा के के कडाइ गरेको छ भन्ने रहस्य बुझ्न धेरै नेपाली चाहन्छन । यही हो भनेर यकिन गर्न सकिदैन तर अनुमानको हिसाबले हिजो सेन्जेन भिजा वा श्रम भिजा बाहेकका अन्य देशका अन्य भिजामा आउने हरुले पनि लामो समयसम्म कर तिरेको आधारमा टिआर पाएको अवस्था थियो तर अहिले फेरी त्यस्ता भिजामा आएकाहरुलाई टिआर दिन भने कडाइ गरिएको बुझ्नमा आएको छ । र यसको पछाडि यूरोपको सुरक्षा चासो प्रत्यक्ष रुपमा जोडीएको प्रथम कारण मान्न सकिने नेपालीहरुले अनुमान गर्न लागेका छन । अब अन्य भिजामा आएकाहरुलाई लामो समयसम्म कर तिरेको हिसाबले टिआर दिन्छ कि दिदैन भन्ने निर्क्योल सफल हुनेहरुको सन्ख्याको आधारमा गर्नु पर्ने हुन्छ ।

पोर्तुगलमा पहुच, चिनजान र सिप भएकाहरुले केही राम्रै काम गरे पनि धेरै नेपालीहरु भने कृषिजन्य काममा पुगेका छन भने यही नेपालीहरुको चापलाई देखेर धेरै नेपालीले कृषिमा कामदार सपलायर्सको रुपमा ब्यबसाय पनि सुरु गर्दैछन । सबै भन्दा अहिले गाह्रो भएको सेन्जेन भिजा वा पोर्तुगलकै भिजा र वोर्क पर्मिट भिजा बाहेकको भिजावालाहरुको सोसल पेपर बनेको छैन, यो पेपर बिना टि आरको प्रकृया नै सुरु हुँदैन । सेफ इन्ट्री गरी सकेका हरुलाई के गर्ने भन्ने बहस चली रहेको भये पनि नयाँ आउनेहरुलाई हालसम्मको अवस्थामा निल्नु र ओकल्नु बनेको छ । एस्तो अवस्था कायम नै रहने सम्भावना बढी छ, किनकी इयुको सदस्य पोर्तुगलले समग्र यूरोपको सुरक्षा चासोमा एक्यबद्दता जनाउन वाध्य हुन्छ नै ।

त्यसै गरी कृषिजन्य क्षेत्रमा पोर्तुगलका श्रमिक अधिकारकर्मीहरुले अनुगमन बढाउन थालेको खबरहरु सुन्नमा आएको छ । यसो हुँदा ब्रगेल्ती खुलेका खेतीका कामदार सप्लायर्सहरुले कामदारलाई दिने सेवासुबीधाको गुणस्तर ब्रिद्धी गर्नु पर्ने हुन सक्छ तेसो हुँदा प्रतिस्पर्धामा टिक्न नसके साना सप्लायर्सहरु पलायन हुन पर्नेछ । एकातिर कामको अभाव तथा सोसल पेपर नबन्ने अवस्थामा नेपालीहरु नेपाल फर्कन पर्ने बाध्यता सिर्जना हुन सक्छ ।

पोर्तुगल आर्थिक मन्दीको मारमा परेको देश हो यहाँ गल्ली गल्लीमा नेपालीहरुको फ्रस्ट्रेसन बग्छ तर पोर्तुगल काम नै नलाग्ने पत्तुर देश हो भन्ने पनि होइन । पोर्तुगल विश्वकै छैठौ उत्कृष्ट पास्पोर्ट भएको देशको रुपमा चिनिन्छ अनी निर्देशिका भित्र समाहित हुन सक्ने, भाग्य र क्षमता बोकेकाहरुको लागि अबसर भएको देश पनि हो । यहाँ आप्रबासीहरुलाई ब्यापार ब्यवसाय गर्न अन्य देशको तुलनामा सहज पनी छ । यहाँ पैसा थोरै होला तर सिप बिक्छ, पोर्तुगलका थुप्रै देशहरु भन्दा प्रकृया पुराएमा छ महिनामा नै टिआर अप्प्लाई गर्न पाइने देश पनी हो ।

अब कस्ता मान्छेहरु पोर्तुगल आउने त भन्ने कुरा पनि आउछ । घरखेत बन्दकी राखेर, ज्यानको बाजी लगाएर, हचुवाको तालमा मनको मनपुलाव पकाएर, हातमा कुनै पनि सिप क्षमता नबोकेकाहरु, बिना भिजा, बिना सेन्जेन भिजा, वा सेन्जेन भिजा भएर पनि भिजा छदै पोर्तुगल नआएर अन्य देशमा अबधी सक्काएर कालोमा पटक्कै नआउने, किनकी यदी यस्ता नेपालीहरुको सोसल पेपर नबन्ने नै हो भने उनीहरु टिआरको प्रोसेसलाई सुघ्नसम्म पाउदैनन, सोसल बिना कर तिर्न मिल्दैन कर नतिरे सम्म टिआर बन्दैन । श्रमिक भिजामा आउनेहरुले पनि लाख लाख टिप्ने होइन ओलिव झार्ने हो भन्ने बुझेर आउने, धेरै रिनधन गरेर नआउने, कि त रिनधनलाई लामो समयसम्म थेग्न सक्छु, टिआरलाई एउटा माध्यम बनाउछु र आफ्नो खुबी, सिप र क्षमता परिचालन गर्छु भनेर आउनु पर्छ ।

अन्त्यमा विश्वको जुनसुकै ठाउँमा पुगे पनि अबसर, मेहनत, क्षमता र भाग्य बिना कसैले मनीप्लान्टबाट पैसा नटिप्ने भएकोले पोर्तुगललाई चुनौती र अबसरले भरिएको देशको रुपमा बुझ्न पर्ने र चुनौतीको सामना गर्न सकिन्छ कि सकिदैन पहिला नै लेखाजोखा गरेर मात्र पोर्तुगल आउन पर्ने हुन्छ ।

अस्तु

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु