झोले एनआरएन पोर्तुगल र लुते नेत्रित्व- दीपकराज भण्डारी

deepakrajbhसामान्यत एनआरएनए भन्नाबित्तिकै धनीहरुको क्लब भनेर नै बुझिन्छ । आम प्रबासी नेपालीहरुको बस्तुगत समस्याहरुलाई कहिले पनि सम्बोधन नगरने सस्तो प्रचारबाजीको भरमा प्रबासी समाजको हर्ताकर्ताको रुपमा जबर्जस्त आफुलाई उभ्याउने मुट्ठीभर बर्गहरुको कब्जामा गएकोले एनआरएनएबाट आम प्रबासी नेपालीहरुको मोह भङ भइसकेको अवस्थामा एनआरएनए पोर्तुगलको निरन्तर पतित गतिबिधीबाट एनआरएनए पोर्तुगललाई हे नारन नै भनेर चरितार्थ गरिदा फरक नपर्ने अवस्था सिर्जना भएको छ ।

वास्तवमा एनआरएनए पोर्तुगलले हालसम्म के कती भिजिबल कामहरु गर्‍यो लेखाजोखा गरिदा प्रबासी आम श्रमजिबी नेपालीको सवालहरुमा केही सिन्को मारेको छैन, तर मजदुर दिवसको दिन झन्डा बोकेर फोटोसेसन गर्न छोडिएको भने छैन । पदिय जिम्मेवार र भार नबुझेका झिल्केहरुलाई टिका लगाएर पद बाडिएको छ । प्रचारबाजी फोटोसेसनबाजीबाट अभिप्रेरित भएर अन्जु पन्तको गीतमा ढल्किने बाहेक प्रबासी नेपालीको अधिकारबाट अभिप्रेरित कार्यक्रमको न त खाका छ, न कुनै परीकल्पना । नाफाखोर बुर्जुवा नेत्रित्वमा चलेको एनआरएनए पोर्तुगलको सागठनिक परीपाटी, कार्य सम्पादन र यसको सैलीलाई हेर्दा सबै प्रबासी नेपालीले जिब्रो काडेर हे नारन भन्न पर्ने भएको हो ।

सुचनाको हक हरेक नागरिकको अधिकार, सार्वजनिक सन्स्थाहरुको गतीबिधीहरु पारदर्शी हुनु पर्छ भन्ने मर्मलाई बोकेर हरेक सार्वजनिक संस्थाहरुले आफ्नो गतीबिधीहरु संस्थाका सदस्य, समुदाय, सरोकारवाला तथा वाच डगहरुको अगाडि प्रस्ट सँग देखाउन सक्नु पर्छ जस्लाई सोसल अडिट भनिन्छ । सोसल अडिट सार्वजनिक संस्थाको आत्मा हो जसमा आर्थिक पारदर्शितालाई अबिछिन्न मानिन्छ । एनआरएनए पोर्तुगल पटक पटक आर्थिक पारदर्शिताको सवाललाई लिएर मिडियामा भन्डाफोर हुनुले प्रश्न चिन्ह जन्माउछ कि एनआरएनए पोर्तुगलका नेत्रित्व या त हरीलट्ठक छन जसलाई घरीघरी लौरी लगाउन पर्छ कि त तिनी हरु लुटे हुन नत्र लुते पक्कै हुन । नत्र त्यो कस्तो बिधी हो जहाँ संस्थागत आयब्ययलाई महिनौ सम्म ब्यान्कमा दाखिला गरीदैन । आर्थिक प्रतिबेदन साधारण सभामा सदस्यहरुको अगाडि मात्र प्रस्तुत गरेर एउटा सार्वजनिक संस्थाको पारदर्शिता ठहर हुँदैन, एउटा संस्थाले हरेक महिना अडिट गर्छ, ब्यबस्थित पारदर्शि आर्थिक गतीबिधीको लागि ब्यान्कमा रकम दखिला गर्दछ । सुचनाको हकको मर्मलाई आत्मसाथ गरेर सार्वजनिक रुपमा सुचनाहरु प्रसार गर्छ ।

मिडियामा आए जसरी र बहसमा आए जसरी ब्यान्क स्टेटमेन्ट देखाउन नसक्ने, झोला झोला र गोजी गोजीमा हचुवाको भरमा संस्थाको रकम र सम्पत्तिको परिचालनले संस्था बिधिवत रहेको भन्ने प्रमाणित हुँदैन । बरु गम्भिर प्रश्नहरु सिर्जना गर्छ, कि त्यो रकम झोलामा किन राखियो र के त्यो ब्यक्तिगत प्रायोजनको लागि प्रयोग हुँदैन ?

सार्वजनिक बहसको लागि आमन्त्रण गर्दै फेसबुकमा निमन्त्रण गरिदा संस्थाका जिम्मेवार अध्यक्ष्यले कम्मेन्ट डिलेट गर्ने, कम्मेन्ट गर्नेहरुलाई ब्लक गर्ने गरेको चर्चा पनि छरप्रस्ट भएको छ ।

पटक पटक एउटै गलती र कम्जोरीहरु प्रकाशमा आउनु, त्यसलाई सुधार्न नखोजिनु, सार्वजनिक बहसहरुबाट भाग्नुले एनआरएनए पोर्तुगललाई झोला संगठन बनाइएको छ र नेत्रित्वहरु लुते छन भन्ने कुरा बुझ्न धेरै लख काट्नु पर्दैन ।

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु