कृपया एक पल्ट लाइक गरि सिमानापारी डट कमका ताजा विषयवस्तुहरू आफ्नो फेसबुकमा पाउनुहोस

CLOSE



हेमराज, मिडिया, NRNA पोर्तुगल अनि Being Human : Ultimate Formula

hem subedi 1
– ज्वाला लामा “क्रान्तिकारी”
एन आर एन ए पोर्तुगलका प्रबक्ता भनिएका श्री हेमराज सुबेदीको जसरि सोसल मीडिया अनि अनलाइन मिडियामा पत्ता साफ भो, उनि प्रति मेरो बेक्तिगत रुपमा गहिरो सान्त्वना छ । एक किसिमले यिनी बलिका बोका बने। किन्तु, एन आर एन ए पोर्तुगलका प्रबक्ता हेमराजको पत्ता साफ हुनु भनेको एन आर एन ए पोर्तुगलको अंतरास्तीय कुख्यात प्रवृतिको डर लाग्दो उजागर हो । जो सबै सामु एैना जस्तै प्रस्ट छ । एन आर एन ए पोर्तुगलका विषयमा चर्को बहस हुदा होस् या एन आर एन ए पोर्तुगलका काला कर्तुतहरु बाहिर निस्कदा होस्, हेमराजको नाम अघि सारेर, सहि छाप गरेर, हेमराजलाई अघि सार्ने, अनि उसलाई मिडियाको टार्गेट पोइन्ट बनाउने, एन आर एन ए पोर्तुगलको अपरिपक्क आरचरण, हेमराज सुबेदीको लागि दुखदायी कहानी बन्यो । तर उनि कलंकित हुदैछन या त हुन्छ भन्ने कुरा थाहा हुदाहुदै, उनलाई बचाउन नचाहनु अनि उनलाई सहयोग नगर्नु, एन आर एन ए पोर्तुगलको ठुलो अन्तर्घात हो । जस अन्तर्घातको गहिरो पीडा, स्वयम् प्रबक्ता हेमराजले महसुस गर्न सक्नु पर्छ उनि भित्रको समबेदनालाई, म महसुस गर्न सक्छु ।

पोर्तुगलका पित पत्रकारहरुलाई ऊ पल्लो पारी कुनामा थन्क्याएर, पत्रकारिताको मर्म अनि सास्वत धर्ममा लागेका, गणेश पाण्डे, सन्तोष न्यौपाने, खेमराज रानाभाट, दिपक खतिवडा आदि/ इत्यादिले, राम्रो गरे? नराम्रो गरे? भनेर म जजमेन्ट गर्न चाहदिन, वहाहरुलाई मैले पत्रकारिताको आचार संहिता र सामाजिक मर्यादा, सिकाउने हो भने, म अर्को पटमुर्ख हुन शिवाय अरु के हुन सक्ला र ? म आफ्नो विचार र सोंचलाई कसैले रोक्न अनि टोक्न हुदैन भन्ने कुरामा विश्वस्त छु । जुन ध्रुब सत्य हो पत्रकारहरुले याे मुद्दालाइ अझै माथि लाने सोचमा हुन सक्छ, किनकि यसले अन्तराष्टिय नेपाली समाजसम्म व्यापक हाइफाइ पाइसक्याे, यसको ज्वाला अझै दन्कन सक्छ, तथापी, म भन्छु, यो ज्वालालाई, निभाउन केवल एन आर एन पोर्तुगल बाहेक, अन्य कोहि हुन सक्दैन । हुनत, यो ज्वालाको राँपमा, हात सेक्दै, बिएर र ह्विस्की का प्यालाहरु रित्ताउनेहरु अमानुस धेरै होलान् । यद्दपी एन आर एन ए पोर्तुगलका प्रबक्ता हेमराजलाई मानवीय भुल मानेर, आम माफी दिने धेरै पाटाहरु छन् । अहिले सरसर्ती हेर्दा, एन आर एन ए पोर्तुगलका प्रबक्ता हेमराजको मुद्दालाई, यथासक्य छिटो अथवा रातारात मिलाउन सक्नु पर्छ । उनको तुच्छ आर्थिक कारोबारलाई सल्ट्याउनु पर्छ । इज्जत भन्दा पैसा कदापी बिशिस्ट हुन सक्दैन । जसको महसुस हेमराज सुबेदीलाई अहिले अन्दाज भैसक्यो, महसुस छ । म अनुमान गर्न सक्छु ।

१००% प्रस्ट छ, यदि पोर्तुगलका, हेमराजका नजिक ठानिने साथीभाई या एन आर एन ए पोर्तुगलले जुन सुकै मुल्यमा, हेमराज सुबेदीलाई मद्दत गर्नै पर्छ र उनको तुच्छ आर्थिक कारोबार मिलाइदिनु पर्छ या सचेत गराउनु पर्छ । अनि उनलाई समाजबाट थप कलंकित हुनबाट बचाउनु पर्छ । होइन भने, एन आर एन ए पोर्तुगल, जिम्मेवार नभयका भक्षक पिता समान हुनेछ, उनको रक्षक हुन नसकेको सन्दर्भमा ।
हिजसम्म हेमराजको कालो छबीको बीस ओकल्ने म, आज हेमराजको पक्षमा ठाडो ओकालत गर्दैछु, पत्रकार मित्रहरुलाई मेरो द्वैद चरित्रको भ्रम हुन सक्ला ! तेसो हो भने म यसरी भन्दछु, पत्रकार साथीहरु, तपाईहरु पत्रकारिता को धर्म कर्म गर्दै हुनुहुन्छ, म एक मानब धर्म पुरा गर्दै छु । हाल सुबेदी प्रति भएको हिनता बोध र आत्मा ग्लानि को दुखित भाव लाई, म दुरबाट नजर अन्दाज गर्न सक्छु,

एन आर एन पोर्तुगल अझै लाचार र कर्तब्य बिमुख हुनु हुदैन । नैतिक र आर्थिक जिम्मवारी लिन सक्यो भने ढिलै भए पनि, हेमराज सुबेदि को तर्फबाट धन्यवादको पात्र हुनेछ । यो तपाई हरुको आफ्नै समस्या र समाधान को पाटो हो जाे सोंच, तपाइँहरु आफु आफु भित्रै बाट, यसको हल होस् हेमराज लाई बचाउनु, एन आर ए पोर्तुगलको ठुलो जिम्मेवारी हो भने, उनले फेरी शान्तिको सास फेर्नु पाउनु पर्छ भन्ने, बिबेकशील प्राणीको चाहना हो ।
यसरि पोर्तुगलका गैर आवासीय नेपालीलाई लिड गर्ने यत्रो संस्थाका धुरन्धर प्रखर पण्डितहरु, जो आर्थिक र भौतिकरुपले सबल र सक्षम छ, तिनलाई एक साधारण मानिसले, सल्लाह सुझाब दिनु पर्ने स्थिति सृजना हुनु, आफैमा बिडम्बना साबित हुने गर्छ । तर एक सामाजिक प्राणि को हैसियतले अनि चेतन मनको सत्यता संगै, समस्याको समाधान होस् भन्नु, ठान्नु मेरो हृदयको गहिरो चाहना हो,
बिट मार्दै गर्दा भन्न चाहन्छु, सम्पूर्ण हरेक समाज, संस्था खोलेर बसेका प्राणिहरुलाई, ती मगजहरुमा यो सत्यताको जग जाहेर होस्, मंच र पर्दा मा आउने चिल्लो र सुन्निएका अनुहार मात्रै असली हिरोहरु नहुन पनि सक्छ, आजकल हिरोहरु समाजमा एक क्यारेक्टर बनेर यो समाज लाई नियालिरहेका छन्, हुन्छन् । जब समाज मा बिकृति बसंगति पैदा हुन्छ, तब आगोको लप्काहरु, आवाज बनेर, रावणको बस्ती ध्वस्त पार्न उद्देलित हुन्छ । चाहे आफ्नो अस्तित्व नै किन खरानी नबनोस ! ती गुणवान भन्दा, धनवान मस्तिक्सहरुलाई चेतना भया As a – Being Human.

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु