कृपया एक पल्ट लाइक गरि सिमानापारी डट कमका ताजा विषयवस्तुहरू आफ्नो फेसबुकमा पाउनुहोस

CLOSE



मिडियामा आए जस्तो आरोप प्रमाणित भए म राजिनामा गर्न तयार छु -भिम के सी कमल

देश बिदेशमा रहेका थुप्रै अनलाइन पोर्टलमा एन आर एन ए पोर्चुगलको आर्थिक कोष मा पदाधिकारीको गिद्धे नजर तथा लुछा चुडी देखियो भन्ने समाचार आएका छन् ,अर्को तर्फ संघको आर्थिक कोष पदाधिकारीको गोजीमा किन ?भन्ने सामजिक संजालमा एन आर एन ए पोर्चुगललाइ आरोप लगाउदै व्यापक चर्चा परिचर्चा भैरहेको छ तर एन आर एन ए पोर्चुगल ले सामाजिक संजालमा आएका प्रश्न ,आशंकाको उचित सम्बोधन गर्न नसकेको सन्दर्भमा नेपाली वेभ ,युरोपले बास्तबिकता के हो भन्ने अभिप्रायले एन आर एन पोर्चुगलका अध्यक्ष भिम के सी कमललाई सम्पर्क गरि जबाफ मागेको छ ।प्रस्तुत छ संघका अध्यक्ष भिम के सी कमल संग पत्रकार कमल बिस्ट ले गरेको संक्षिप्त कुराकानी ।bhim-3789_120x120
देश बिदेशमा रहेका थुप्रै अनलाइन पोर्टलमा एन आर एन ए पोर्चुगलको आर्थिक कोष मा पदाधिकारीको गिद्धे नजर तथा लुछा चुडी देखियो भन्ने छ ,आर्थिक कोष पदाधिकारीको गोजीमा पो छ भन्ने सुनिन्छ यसबारे संघ ले प्रस्ट जबाफ किन दिन नसकेको ?

संघको कोष मा न त लुछा चुडी छ न त गिद्धे नजर छ नै । एन आर एन ए को कतिपय नगद बैक बाट ट्रान्सफर भएको छ भने कति पय नगद क्यास पनि हस्तारन्तरण गरिएको छ ।अघिल्लो कार्यसमितिको बचत रकम प्राप्त भएको दिन नै एन आर एर एन एका अध्यक्ष ,महासचिब तथा कोषाध्यक्ष सबै गएर बेस बैंकमा रकम जम्मा गरि एन आर एन ए को खातामा रकम दाखिला भएको छ। त्यो बाहेक पछि प्राप्त भएको केहि रकम होला, त्यो रकम नभएको हुन सक्छ ,उक्त रकम कोषाध्यक्षको जिम्मेवारीमा रहेको छ र त्यसैले तपाइले सोधे जस्तो भने बमोजिम कुनै व्यक्तिको खातामा या खल्तीमा ,झोलामा भएको कुरा निराधार हो । अर्को कुरा एन आर एन ए को सदस्य भए बाट प्राप्त हुने प्रत्येक शुल्क बाट ५ डलर का दरले एन आर एन ए केन्द्र मा ट्रान्सफर गरेका छौ ।त्यसको रेकर्ड पनि हामी संग रहेको छ ।

कमजोरी नै भएको छैन भने अर्थात् एन आर ए को आर्थिक कोष व्यक्ति मार्फत प्रयोग भएको छैन भने एन आर एन ए ले प्रस्ट किन डिफेन्स गर्न सक्दैन ,किन निरिह भएर बस्छ संघ ?
सर्बप्रथम केहि अनलाइन पोर्टलमा आएको जस्तो त्यस्तो गम्भीर त्रुटि र हेको छैन तथापी केहि कमीकमजोरी भएको छ भने पनि प्रतक्ष आएर हामीलाई रचनात्मक सहयोगको रुपमा हामीलाई किन भन्न सकिदैन ,सामाजिक संजालमा अतिरंजन गर्नुको साटो हामीमा भएको त्यस्ता कमीकमजोरी लाग्छन भने प्रतक्ष सहयोग गर्न सकिने अवस्था रहन्न र ? कहिले काही व्यक्तिका केहि कमीकमजोरी रहन सक्छन जस्को लागि हामीलाई भन्न सकिन्छ ,सुझाब सल्लहा भेटेर दिन सकिन्छ ,साथै यो समाजलाई हामी सबैले नै सुधार्न कोशिस गर्नु पर्ने हो ।आरोप प्रत्यारोप ले मात्र समाधान हुन होइन ।

एन आर एन प्रबासमा रहेका नेपालीको साझा संस्था भएकोले संस्थाको कोष बारे चिन्ता चासो लिनु र सस्थाको कोष बारे सर्बसाधारणलाइ जानकार हुन् खोज्नुलाई एन आर एन एले सहज रुपमा किन बुझ्न नसकेको र आर्थिक कोष बारे पारदर्शिता होस् भन्ने उत्सुकतालाई किन सम्बोधन गर्न सक्दैन ?
कसैले मागेको छैन ,कसैले फेसबुकमा लेख्यो भन्दैमा सबैलाई फेसबुकमा दिदै हिन्ने कुरो पनि भएन कोषको विवरण दिने ,आर्थिक पारदर्शिता जनमानसमा प्रस्तुत गर्ने समय सिमा निर्धारण गरेको हुन्छ सोहि बमोजिम नै प्रक्रियागत ढंगबाट हामीले पनि आर्थिक कोष सबै बीच ल्याउने नै छौ ।खासगरी संस्थाको बार्षिक साधारण सभामा संस्थाको कोषाअध्यक्षले आर्थिक प्रतिबेदन प्रश्तुत गर्ने नै छन् ,सबै बिधिबत रुपमा हुने नै छ ।

हावा नचली पात हल्लिन भने झैँ ,एन आर एन ए कार्यसमितिमा रहेको एक जना सदस्यबाट नै आर्थिक कोषलाइ ब्यबस्थित गर्न सकिएको छैन र कोष मा रहेको रकम खातामा नियमित रकम हुदैन भन्ने कुरा चुहिएको छ त ,यसबारे के भान्नुहुन्छ?

यो कसले भन्यो कहाँ बाट आयो त्यो हामीलाई जानकारी छैन यो बारेमा हामी आइतबार बसेको मिटिंगमा पनि छलफल उठायौ ।जहाँ सम्म यो कुरा कपोकल्पित हो र आर्थिक कोष कसैले व्यक्तिगत प्रयोग गरेकै छैन र त्यो कोषाध्यक्ष को जिम्मेवारीमा छ ।

यदि एन आर एन ए पोर्चुगल कार्यसमिति भित्र रहेको कुनै सदस्यले भने झैँ व्यक्तिको खोल्तिमा नभई अर्थात् आर्थिक कोष मा रकम नभयको भए हाकाहाकी सर्बसाधारण सबैलाई बोलाएर बैंक स्टेटमेन्ट सार्बजनिक किन गर्न सक्दैन संघले ?

फेसबुकमा हरहिसाब माग्दैमा भर्खर को भर्खर बैंक स्टेटमेन्ट सार्बजनिक गर्ने ब्यबहारिक कुरो होइन। तर हामी प्रक्रिया गत ढंग बाट सबै हरहिसाब चित्त बुझ्दो रुपमा समय आएपछि देखाउने नै छौ ।अर्को कुरा , हामीले एन आर एन ए को आर्थिक प्रतिबेदन संघ को बार्षिक साधारण सभामा पेश अवस्य गर्ने छौ जुन मैले भनिसके कि कोषा अध्यक्षले उक्त सभामा पक्कै पनि पेश गर्नु नै हुने छ ।बाहिर मिडियामा आय जस्तो कुनै व्यक्तिको खल्तीमा पैसा भएको र कोष रित्तो भएको भन्ने मित्थ्या आरोप हो

तपाई हरु आर्थिक कोषमा कुनै पदाधिकारीको गिद्धे नजर छैन पनि भन्नुहुन्छ अनि सामाजिक संजालमा यति धेरै हल्ली खल्ली भैसक्यो ,एन आर एन माथि प्रश्नका चांग तेर्सिएका छन् ।तपाइहरु मौन रहनुले खै मिडियाकर्मी र सर्बसाधारण को मनमा रहेको शंका पखाल्न सकेको छैन ,किन चुप छ एन आर एन ?

एन आर एन ए सार्बजनिक संस्था भएकोले यसबारे चासो लिनु सकरात्मक हो भन्ने ठानेको छु र यसलाई हामीले अन्न्यथा लिने मिल्दैन मिडियाकर्मी ले कोषको पारदर्शिताको कुरा अत्यन्त सार्गबिद रुपमा उठाउनु भएको छ। यसर्थ आइतबार बसेको एन आर एन पोर्चुगलको बैठकमा यो बिषयमा गम्भीर ध्यान केन्द्रित भएको छ र सामाजिक संजालमा ऊब्जेका प्रश्नको जवाफ सप्रमाण पेश गर्न का लागि पनि हामी तयारी गदै छौ ।
यसका लागि अबिलम्ब ५ जना लेखा ब्यबस्थापन समिति पनि गठन गरेका छौ किनकि एक जना कोषाध्यक्षले मात्र पनि संस्थाको आय बय्य अडिट देखि बिल भर्पाइ ,बिल रुजु गर्ने देखि सम्पूर्ण ब्यबस्थापन गर्न कठिन हुने भएकोले यो निर्णय आइतबार बसेको बैठकले सम्पन्न गरेको छ र एन आर एन एको आफ्नै वेभ साइटमा आर्थिक विवरण तिन तिन महिनामा सार्बजनिक हुने तयारी पनि गरिरहेको तपाइको मिडिया मार्फत जानकारी गरौन चाहन्छु ।

कुरो यति चुलिसक्यो कि एन आर एन ए पोर्चुगल आर्थिक कोष ब्यबस्थापनमा चुकेको कारणले कानमा तेल हालेर बसे झैं छ भन्न थाली सके ,तपाई साधारण सभामा हामी सबै विवरण पेश गर्छु भैरहनु भएको छ ,एन आर एन ए को मौनतालाई रहस्य संग जोड्न थाली सके ,कतिले त एन आर ए अध्यक्ष राजिनामा मग्न थाली सके ,अझै चुप बस्ने ,कुराहरु छर्लंग राख्नु पर्दैन ?
गल्ति देखियो र मिडियामा आएका कुराहरु प्रमाणित गर्नुहोस मा अध्यक्ष पदबाट राजिनामा तुरुन्त गर्छु ।मैले तपाइलाई भनिसके त कसैले फेसबुकमा सोधेको भरमा एन आर एन ए ले जादुको छडी जस्तै एन आर एन कोष विवरण तु तयार पारि फेस बुकको भित्तामा राख्न सकिन्छ त , पख्नुहोस न ,हामीले बार्षिक साधारण सभामा भन्दा निक्कै अघि छिट्टै नै सार्बजनिक गर्दै छौ ,हामीलाई पनि थाह छ कि कुरा निकै गर्मागर्मि भैसक्यो ,निकट भबिस्यमा हामी सबैको बिचमा सार्बजनिक गर्दैछु ,लेखा टोलीले ले आर्थिक ब्यबस्थापनको कार्य तुरुन्त अगाडी बढाई सक्यो र सकिने बित्तिकै कार्य समितिमा राखी पास गराउछौ र पास भए लगत्तै सार्बजनिक गर्ने योजनामा छौ ।
अब यतिका दिन लाएर प्रक्रियाको बहानाबाजी बनाएर तपाइहरु लेट प्रस्तुत हुने अनि आर्थिक प्रतिबेदन मा सबै थाह हुन्छ भन्दै साइलेन्ट मात्र बसिरहे अहिले मिडिया मा उठेको तरंग लाइ खै सम्बोधन भएको ?

प्रक्रिगत रुपमा नै एन आर एन को कोषाध्यक्ष बाट साधारण सभामा पेश गर्ने कुरा भएकोले यसरि कुरा उर्लिने ख्याल नै भएन र कुरो उठिसकेको ले सबै आर्थिक कोष प्रतिबेदन सप्रमाण जुटाउन समय स्वाभाविक लिन्छ ।
अर्को एक प्रसंग ,एन आर एन पोर्चुगलबाट प्रस्ट अनुत्तरित हुन नसकेको प्रश्न कि संघको पदाधिकारी पालै पालो पेरिस एम्बेसी पासपोर्ट को लागि पुग्ने र खर्च झन्डै एक हजार देखि पन्ध्र सय सम्म युरो खर्च भएको खर्च विवरण संघमा पेश गर्ने भन्ने सम्मका आशंका उब्जेका छन् त ,सत्यता के हो ?
यो पनि भ्रमात्मक कुरा मात्र हो किनकि आलै पालो अहिले सम्म कोहि गएकै छैन अझ फ्रान्स सम्म जाने मान्छे नै भेटिन मुश्किल छ तर पनि दुइ महिनाको एक पटक जस्तो फ्रान्स जाने काम पर्छ त्यसैले अहिले सम्म हामी ५ पटक सम्म मात्र फ्रान्स गएका छौ र तपाइले त्यति खर्च हुने भन्ने जुन कुरा मिडियामा आयो भने छ त्यो निराधार छ ,पेरिस सम्म जाने आउने मिनिमम खर्च हामीले ब्यबस्थापन गर्ने मात्र हो । जसरि मिडियामा आएको छ तिन गुना बढी चार गुना बढी जुन कपोकल्पित कुरा हो र यो खर्च पनि सहजीकरण शुल्क शेवा बाट उठाउने गरिएको छ र यो कुरा चाही प्रष्ट हो ।

त्यति रकम हुन्न भने तपाई भनिदिनोस कति लाग्छ त नेट खर्च ?र एन आर एन ए पोर्चुगल संग फ्रान्स गए आएको खर्चको बिल छ त ?
यत्ति नै भयो भन्न सकिन्न ,एक जनाको जाने आउने टिकट ,तिन देखि चार दिन सम्म बस्ने ब्यबस्थापन ,पासपोर्ट लिने लैजाने खर्च अरु समान्न्य खर्च मात्र लिने गरिएको छ ।धेरै जसो हामीले अहिले पोस्ट बाटै पठाउने गर्दछौ जानु पर्ने कम नै हुने गर्दछ र अहिले सबै बिल अनुसार नै हामीले खर्च जोडेका छौ र कति पय अवस्थामा हामीले दुइ सयमा पनि हामीले पठाएका छौ र प्रत्येक पटक को के कति खर्च भयो र के कति आम्दानी भयो भन्ने कुरा हामी संग सम्पूर्ण बिल छ त्येसैले कुनै अमुक व्यक्तिले यदि हचुवाको भरमा यति खर्च भयो भन्ने कुरा मा विश्वास नगर्न आग्रह गर्दछु ,यी सबै कुरा लेखा ब्यबस्थापन समितीले छिट्टै सार्बजनिक गर्ने प्रतिबद्दता ब्यक्त गर्दछु ।
प्रसङ्ग बदलौ , एन आर एन ए संग जोडिएका मुद्दा संग तपाइलाई फेसबुकमा प्रश्न गर्न पाउने कि नपाउने त ,तपाइले केहि पत्रकार ले सोधिएका प्रश्नको जबाफ नदिएर संघ को बचाउ मा लेखिएको तपाइको स्टाटस मुनि का कमेन्ट हाइड गर्नुले र पत्रकारलाइ समेत ब्लक गर्नुले त नेपालमा रजिस्टर भएको संस्था अर्थ सार्बजनिक पदमा भएको व्यक्ति जिम्मेवार भएन भन्ने समेत को बहस सामजिक संजालमा छेडीएको छ ,प्रस्ट भनिदिन्होस ,यस्तो गर्न मिल्छ ?
जो कोहीबाट मलाई प्रश्न गर्न किन नसकिनु,सजिलै सकिन्छ । सार्बजनिक संस्थ्मा बसेको जो कोहि व्यक्ति जबाफ देहि हुनु पर्ने नै हुन्छा तर पनि म आफ्नो सबै समय फेसबुकमा ब्ययति गर्न पनि सक्दिन र फेसबुकमा आलोपालो जुहारी खेलिनुले राम्रो संदेश नि जान्दैन अर्को पक्ष भनेको भाषिक सिष्टता कुरा पनि मेजर हो ,अनेकौ टिका टिप्पणी उठाईरहनु भन्दा सघन निकास दिन सकिन्छ केहि दिनमा भनेर नै हामी अहिले तयारीमा नै बढी केन्द्रित भएको हो ,निरन्तर मौन बसेको होइन किनकी केहि दिन अघि मात्र यो खालको समाचार बाहिर आएको छ र हामी सप्रमाण नै जबाफ दिने तयारी मा जुटेका छौ जिम्मेवार का साथमा हामी निरन्तर कार्यमा जुटेर ब्यस्त भएको अवस्था पनि हो ।

पत्रकार देखिसर्बसाधर्ण सबैले संघ पोर्चुगलको मौनता किन लामो भनेर संघको आधिकारिक फेसबुक पेजमा समेत प्रश्नको जवाफ मागिरहेका छन् तर तपाइहरु चुप लाग्नु नै जबाफ झैँ हो भन्ने त ,त्यसैले यस्को जबाफ केन्द्रले नै दिनु पर्छ भन्ने समेतका आवाजहरु गुञ्जिन थालेका छन् नि ?
हामी हाम्रो प्रक्रिया अनुसार संघको आर्थिक प्रतिबेदन गर्ने तयारीमा थियौ अब ,अहिल नै झट्ट सबै खर्च यति भयो बचत यति भनेर मैले तु भन्न सकिने अवस्था रहन्न् र सायद अरुले पनि बुझ्नु पर्छ । मैले पनि कोषाध्यक्ष संग समन्वय राख्नु पर्दछ र छिटो आर्थिक प्रतिबेदन आवस्यक भएकोले नै अहिले लेखा ब्यबस्थापन हामीले आइतबार गठन भएको छ ।अर्को कुरा मैले ब्यतिगत रुपमा सालाखाला यति भन्ने बित्तिकै फेरि व्यक्तिगत आयो भन्ने कुरा स्वत उठ्छ । त्येसैले प्रक्रियासंगत नै उचित हुन्छ भनेर नै चुप रहेको मात्र हो फेसबुकमा निरन्तर जबाफ दिएर कोहि बस्न सक्दैन त्येसैले त्यो सम्भब छैन ,फेसबुकमा कमेन्टको जवाफ दिरहने अवस्था नरहन सक्छ ।नियमित रुपमा प्रोपोकाँडा गरिरहने नियतले गर्नेलाई रोक्न सक्दैन । म फेरि पनि भन्न चाहन्छु कि मिडियामा आएको कुरालाई हामी यो बिसयमा प्रस्ट्याउने छौ जुन कुरा हाम्रो वेभ साइट देखि पत्रपत्रिका मार्फत सार्बजनिक गर्ने छौ र कागजी प्रमाण सहित छिटो छरितो आउने छौ साथै हाम्रो प्रयास प्रतक्ष मिडियाकर्मीको उपस्थिमा पनि सार्बजनिक गर्ने बातावरण तर्जुमा हुन सक्छ ।

अन्त्यमा एन आर एन ए पोर्चुगल का अध्यक्ष का मनमा केहि छुटेका र भन्न मन लागेका कुराहरु होलान नि ?
धेरै धन्न्यबाद , उठेका बिषयमा मेरा विचार राख्ने अवसर प्रदान गर्नु भएको मा ,र एन आर एन ले बाहिर आय जस्तो कुनै आर्थिक कोष माथि पदाधिकारीको गिद्धे नजर राखेको छैन र हामी प्रस्टै छौ यो मामिलामा र प्रस्ट छिट्टै पर्ने पनि छौ ? हामीसंग खर्च आम्दानी सबैको रेकर्ड बिल छ र त्यसलाई अडिट गरि छिट्टै तपाई सबै बीच ल्याउने नै छौ र एन आर एन ए पबित्र संस्था हो सबैले यो गरिमा माया संस्थालाई जोगाउनु पर्दछ र हाम्रो पनि केहि कमि मजोरी रहयो भने संधै झक्झकाउन अनुरोध छ।

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु