कृपया एक पल्ट लाइक गरि सिमानापारी डट कमका ताजा विषयवस्तुहरू आफ्नो फेसबुकमा पाउनुहोस

CLOSE



पानी अभियानका लागि मेरो विचार- गुणराज शर्मा,स्बिजरल्याण्ड

राम्रो र समाजका लागि केहि गर्न धनि हुनै पर्छ , चर्चित हुनै पर्छ भन्ने छैन भन्ने उदाहरण हुन् नेपाल दाङ घर भई अहिले पोल्याण्ड बस्दै आउनु भएका मित्रलाल पार्दे | आफु जन्मेको जन्म भूमि सुनपुर पानीको अभावमा तड्पिरहेको देख्न नसकेर त्यसको पिडालाई महसुस गर्दै चार वर्षमा एक पटक पर्ने आफ्नो जन्म दिन फेब्रुअरी २९, २०१६ को अवसरमा आफ्नो तर्फबाट ५० हजार नेपालीमा जम्मा गर्दै एक करोड पानि अभियान सुरु गरेका छन |
यो अभियानले अहिले विश्व भरि नै नेपाली समाज भित्र व्यापकता लिएको छ | उनको हरेक घरमा धारा होस् गाउँमा सिचाई होस् भन्ने चाहना रहेको छ। सधै सरकारको मुख ताकेर बस्दा,खासै पहल हुन नसके पछि आफ्नो गाउँलाई आफै बनाउन उनि विदेशवाट नै कस्सिएका छन् |
बाच्नको लागी समय परिस्थिति संगै बिदेशी भुमिमा सङघर्ष गरेको यस्तो व्यक्ति जसले एम ए सम्म पढेर पनि आफ्नो सुनौलो भविश्य खोज्दै कहिले डेनमार्कमा बियरका बोटलहरु टिपेर आफुलाई बचाउदै अहिले पनि भाडा मस्काउदै छ आफ्नो कर्म भुमि पोल्याण्डमा ।
unnamed-6सायद आफ्नो बशको कुरा नहोला तर एक्लै निश्वार्थ रुपले तड्पिएको गाउको लागी हरेक घरमा धारो हरेक गाउमा सिचाइ नारा लिएर करोड पानी अभियान सन्चालन गरिरहेको छ ।यति हुदाहुदै पनि आफ्नो जन्म दिनको अवसर पारेर पचास हजार आफ्नो तर्फ शुरु गर्दै आफ्नो पहुच भन्दा बाहिरको पानि अभियान आखिर कसका लागी पानी ´?
किन हामी चुप ,उनि त विदेशमा अहिले पनि १३ घन्टा भाडा मस्काईरहेको होलान तर गाउको लागी अनवरत करोड पानी अभियानमा हिडिरहेको छन।उनको हिडाईमा साथ दिने बेला हो यो।कसै सित नमागेर करोड जुटाउन हिडेको पानी यात्रीलाई हामिले सहयोग गर्ने कि नगर्ने ।
यो पनि अभियान आत्मा जगाएर बिकास सम्भव छ भन्ने सोचमा आधारित छ ।पैसा नै सर्वथोक हो भन्ने मान्यताको बिपरित संगै बिकास बोलेर होइन आश गरेर होइन हामी जुटेर सम्भव छ । अरुलाई गाली गरेर होइन म हामी के गर्न सक्छौ हाम्रो लागी किन अरुको भर पर्ने आफै जाग्नुपर्छ , आफै सोच्नु पर्छ यसैमा आधारित छ यो पनि अभियान।
मित्रलाल भन्छन ” हामी गरिब छैनौ कसैले दिदैमा समाज परिवर्तन हुदैन किनकि समाज परिवर्तनको लागी मन जाग्नु पर्छ यसैमा आधारित बिचार गरिब भएर त दुनिया रोएको छ । कहिले अरुलाई गाली गर्यौ ।कहिले देशलाई गाली गर्यौ । तर हाम्रो प्राण पानीलाई वेवास्ता गरेर मृगतृष्णामा भुल्यौ कि । पानी अभियान न त गाउ सित सम्बन्धित हो न त देश सित सम्बन्धित । यो त दुनिया सित सम्बन्धित हो । पानी अभियानले लाखौ रुपैया सहयोग गर्नेहरु पनि एकै हुन ।आत्मा दिनेहरु पनि एकै हुन ।सबैले दुनियामा तिर्खा मेट्ने पानी पाउनु पर्छ भन्ने सोच राख्दछ ।”
फूल चढाउनेहरु पनि एकै हुन
गाली गर्नेहरु पनि एकै हुन
सबैले तिर्खा मेट्न पाउनु पर्छ ।
एकै चोटी पुरै विश्व सोच्न नसकिएला
तर दुनिया जाग्यो भने असम्भव छैन है।
उनि थप्छन “चन्द्रमाका कुरा गर्ने ,स्वर्गका कुरा गर्ने हामिहरु एक पटक युगले जित्ने कोहि हार्नु नपर्ने कोहि मर्नु नपर्ने पानीका कुरा गरौ त दुनिया कस्तो बन्छ ।समाजसेवा पैसाले होइन मन तातेर भएको समाज सेवा पबित्र हुन्छ
सपना सुतेर देख्ने होइन बिपनामा देखेर पुरा गर्ने हो। करोड जुट्याउनु केहि धारा बनाउनु मात्र यसको उद्देश्य होइन यो त हरेक व्यक्तिहरुको मन भित्रबाट केहि गर्न सकिन्छ हामीहरु कमजोर छैनौ जागेपछी जे पनि सम्भव छ ।”
यहि अभियानलाई साथ दिदै “SLC PRINCE 2016″ मा दाङ घर हुनु भएका दोस्रो चरणमा पुग्न सफल हुनु भएका जेल्सन अधिकारीले पनि आफु यो उपाधि जित्न सफल भए एक लाख पनि अभियानलाई दिने घोषणा गर्नु भएको छ | उहासंग गरिएको कुराकानी,
अब हाम्रो पालो , यो अभियान अब उनको मात्र हैन हामी सबैको भएको छ | तपाइँ हामि कोहि यो अभियानमा साथ् दिन चाहनु हुन्छ भने पानी अभियानका लागि नेपाल बैंक लिमिटेड दाङ घोराहीको खाता नम्बर 02700106204173000001 मा रकम जम्मा गर्न सक्नु हुनेछ वा अभियान कर्ता मित्रलाल पार्देलाई ००४८७२९५८९५३९ मा सम्पर्क गर्न सक्नु हुनेछ |

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु