कृपया एक पल्ट लाइक गरि सिमानापारी डट कमका ताजा विषयवस्तुहरू आफ्नो फेसबुकमा पाउनुहोस

CLOSE



पोर्चुगलमा शिव परियार सास्कृतिक साँझ हुँदै

लिस्वोन, जुलाइ ११/
shiva pariyarपोर्चुगलको लिस्वोनमा शिव परियार सास्कृतिक साँझ कार्यक्रम हुने भएको छ । नेपालको सांगितिक क्षेत्रमा ख्याति प्राप्त गायक एवं संगितकार शिव परियारले पोर्चुगलमा पहिलो पटक आफ्नो संगितिक प्रस्तुति दिने छन् । आधुनिक संगीत क्षेत्रको उच्च शिखरमा पुग्न सफल गायक परियारका प्रस्तुतिले दर्शकहरुलाइ नाचौ नाचौ बनाउने छ । नेपालको वर्तमान सांगितिक परिवेशमा गायक परियार स्टेज कार्यक्रमहरुमा अत्याधिक मन पराइने गायक मध्येमा एक हुन् । सांगितिक कार्यक्रममा अत्यन्त ब्यस्त रहने गायक परियारले नेपालका विभिन्न जिल्लाहरू र विदेशका विभिन्न ठाउहरूमा सांगितिक प्रस्तुतिहरू गर्दै अाइरहेका छन् । नेपालकाे चलचित्र संगीतकाे क्षेत्रमा पनि उनकाे विशेष याेगदान रहेकाे छ । थुप्रै सफल चलचित्रहरूमा पनि उनकाे सांगितिक सहभागिता रहेकाे छ ।
पछिल्लो समयमा गायक परियारले स्टेज कार्यक्रमको लागिनै लक्षित गरि बनाइएका गीतहरु कहाँ थियाै तिमी रंगमञ्च उठेपछि अायाै…… पिउदिन भन्दाभन्दै….., रुपौली रानी……, गालैको कोठी…….., पार्वति पार्वति……छडके तिम्राे नजरले…….माया देउ माया देउ……. जस्ता चर्चित गीतहरुले दर्शकहरुलाई नाचाै नाचाै गराउने छन् ।
एक दशक अगाडि देखिनै दर्शक र श्राेताको मनमा बस्न सफल गायक परियारका प्रस्तुतिहरुले पोर्चुगलमा रहने नेपालीहरुलाइ अवश्य पनि नाचौ नाचौ बनाउने छ युरोपमा विभिन्न शहरहरुमा आफ्नो प्रस्तुति दिएसकेका गायक परियार जुलाइ २५ तारिक सोमबारका दिन पोर्चुगलको कार्यक्रममा सहभागि भइ लिस्वनका नेपालीहरुलाइ सांगितिक मय बनाउने छन् । अाप्रवासि कलाकारहरूकाे कल्याणकारी काेष निर्माणार्थ अन्तराष्ट्रिय कलाकार मञ्च पोर्चुगलद्वारा आयोजित उक्त कार्यक्रम आन्जोस स्थितक कल्चर हाउसमा हुने छ भने कार्यक्रम दिउसो ३ः३० देखि सुरु हुने छ ।


shiva-pariyear-new

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु