फ्रान्समा शिव परियार एकल साँझ हुँदै ।

पेरिस,
shiva-france2फ्रान्सकाे पेरिस शहरमा शिव परियार एकल सास्कृतिक साँझको ब्यापक तयारि भएकाे छ । नेपाली एकता समाज, फ्रान्सकाे आयोजनामा शिव परियार सास्कृतिक साँझ कार्यक्रम हुने भएको हो । नेपालको सांगितिक क्षेत्रमा ख्याति प्राप्त गायक एवं संगितकार शिव परियारले युरोपका विभिन्न शहरहरुमा सांगितिक प्रस्तुतिहरु दिँदै आइरहेका छन् ।
नेपालीहरुको आपतकालीन अवस्थामा सहयोग गर्ने उद्देश्यले गरिएको उक्त सास्कृतिक कार्यक्रमको आयोजना गरिएको समाजले जनाएको छ । समाजको छैठौ बाषिर्क साधारण सभाको अवसरमा गरिएको सो कार्यक्रम जुलाइ ३१ तारिक आइतबारका दिन दिउसो २ः३० बजे देखि मा हुने भएको छ ।
आधुनिक संगीत क्षेत्रको उच्च शिखरमा पुग्न सफल गायक परियारका प्रस्तुतिले दर्शकहरुलाइ नाचौ नाचौ बनाउने छ ।
नेपालको वर्तमान सांगितिक परिवेशमा गायक परियार स्टेज कार्यक्रमहरुमा अत्याधिक मन पराइने गायक मध्येमा एक हुन् । सांगितिक कार्यक्रममा अत्यन्त ब्यस्त रहने गायक परियारले नेपालका विभिन्न जिल्लाहरू र विदेशका विभिन्न ठाउहरूमा सांगितिक प्रस्तुतिहरू गर्दै अाइरहेका छन् । नेपालकाे चलचित्र संगीतकाे क्षेत्रमा पनि उनकाे विशेष याेगदान रहेकाे छ । थुप्रै सफल चलचित्रहरूमा पनि उनकाे सांगितिक सहभागिता रहेकाे छ ।
पछिल्लो समयमा गायक परियारका स्टेज कार्यक्रमहरूमा अत्यन्त मन पराइने गीतहरु कहाँ थियाै तिमी रंगमञ्च उठेपछि अायाै…… पिउदिन भन्दाभन्दै……, क्या दामि भाे……, रुपौली रानी….., गालैको कोठी……, पार्वति पार्वति……छडके तिम्राे नजरले……माया देउ माया देउ……रहेका छन् । उनका प्रेम भावमा रहेका गीतहरू पनि उतिनै चर्चाकाे शिखरमा पुगेका छन् संगि डुब्दै छु तिम्राे यादमा।।।।।।अलिकति नजर तिम्राे……पागल बनायाै प्रिय……,सुन्छु तिमिले मलाइ……नभेटी नभेटी…… जस्ता गीतहरूहरूले दर्शकलाइ थप मन्त्रमुग्ध बनाउने छ ।

करिव करिब तिन घण्टा सम्म आफ्ना प्रस्तुतिलाइ निरन्तर रुपमा दिइरहेका गायक परियारका प्रस्तुतिले धेरै दर्शकहरुले सोचे भन्दा पनि राम्रो प्रस्तुति हेर्न पाएकोमा खुसी ब्यक्त गर्ने गरेका छन् । प्रतक्ष कार्यक्रममा सहभागि हुने दर्शकहरुले गायक परियारका गीत सुनेको तर गीत प्रस्तुति गर्ने क्षमतामा अन्य कलाकारभन्दा पृथक भएको र सोचे भन्दा पनि राम्रो भएको वताउने गरेका छन् ।
युवा गायक परियार युराेपका नेपालीहरूमाझ सांगितिक अात्मियता जाेड्ने क्रममा छाेटाे समयमानै बेलायत,बेल्जियम, स्पेन, पाेल्याण्ड,फ्रान्स, हाेल्याण्ड, पोर्चुगल लगायतका देशहरूमा करिव ३ दर्जन सांगितिक प्रस्तुतिहरू भइसकेका छन् ।

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु