नेपाली जनसम्पर्क समिति जापानकाे छैठौं अधिवेशनमा बास्ताेलाकाे उमदवारि

जापान,bastola
नेपाली जनसम्पर्क समिति जापानकाे छैठौं अधिवेशनमा राम बास्ताेलाले उमेदवारी घाेषणा गरेका छन ।
नेपाली काङ्ग्रेसकाे भातृ संगठन नेपाली जनसम्पर्क समितिका लागि रोशन केसीको प्यानलबाट सदस्यका लागि पर्वत का बास्ताेलाले उम्मेदवारी घोषणा गर्दै भने “लाेकतान्त्रीक गणतन्त्र मजबुद बनाउदै नेपाली जनता र नेपाली काङ्ग्रेसकाे प्रगतिका लागि याेजना सहित उमेदवार बनेकाे छु । केसीकाे बलियाे प्यानलबाट उमेदवार भएकाले चुनाब जित्ने पक्का छ, काम गरेर देखाउछु । ” केसीको प्यानलबाट महामन्त्रीमा रेशम डङ्गोल र कोषाध्यक्षमा सावित्री लामाले उम्मेदवारी दिएका छन् । सदस्यहरुमा राम प्रसाद बास्तोला,बासुदेब बस्ताकोटी, नबराज थापा , सुजन जोशी, पिताम्बर चापागाई , रामकृष्ण बम मल्ल, बिष्णु अर्याल, टिकाराम खरेल, उमानन्द आचार्य, एल .एन गुरागाई, युवराज अधिकारी, पोस्कांत न्यौपाने, कमल आचार्य, राजु पनेरु, निरज कोइराला, रामसरण रेग्मी, किरण उप्रेती, धुर्ब बस्नेत, दिपक प्रसाद भुसाल, नृप बुढा रहेका छन् । यसै गरि महिला तर्फ़ – लक्ष्मी तामांग, मंजु छेत्री, शान्ता देबकोटा एवं जनजाति तर्फ़ -, टेक बहादुर नेपाली, बिजय भट्टचन, सुजन श्रेष्ठ रहेका छन् । केसीको प्यानललाई पूर्वअध्यक्ष बलराम श्रेष्ठ तथा वर्तमान अध्यक्ष नारायण सुबेदीको समर्थन रहेको छ । जनसम्पर्क समितिको नयाँ नेतृत्वका लागि दुई प्यानल भिड्ने भएका छन् ।

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु