​जनसम्पर्क समिति जापानको सभापतिमा कँडेल निर्वाचित

japannewssनेपाली कांग्रेसनिकट नेपाली जनसम्पर्क समिति जापानको छैटौं अधिवेशनबाट सभापतिमा दण्डपाणि कँडेल (डीपी) निर्वाचित भएका छन् । सभापति कँडेलसहित २३ सदस्यीय जनसम्पर्क समिति निर्वाचित भएको घोषणा टोकियोमा गरिएको छ । जनसम्पर्क समिति जापानको सन् २०१६/८ /२१ को निर्वाचन पश्चात् रोकिएको मतगणना कार्यक्रम २०१६/८/२८ तारिखमा टोकियोमा सम्पन्न गरिएको थियो । मतगणनामा कँडेल ३४६ मत ल्याई सभापतिमा बिजयी भएको निर्वाचन समिति सदस्य मुक्तिराम खनाल ‘विनोद’ ले जानकारी दिएका छन् । डीपी कँडेलका निकटतम प्रतिद्वन्द्वी लालबहादुर केसी ‘रोशन’ले ३९ मत पाएका छन् । महामन्त्रीमा रामजंग कार्की ३३७ मत प्राप्त गरी बिजयी भएका छन् । महामन्त्रीका प्रत्यासी रेशमकुमार डंगोलले ४१ मत पाएका छन् । कोषाध्यक्षमा बाबुराम सापकोटा ३४० मतका साथ विजयी भएका छन् । उनीसँग प्रतिस्पर्धा गरेकी सावित्री लामाले ३८ मत प्राप्त गरेकी छिन् ।
जनसम्पर्क समिति सदस्यहरुमा राजेन्द्रप्रसाद जमरकट्टेल, बद्रीनाथ पौडेल, पुष्करजंग थापा, प्रेमप्रसाद कँडेल, पेम्बा लामा, हरिप्रसाद कँडेल, राजनकुमार गिरी, कृपन दाहाल, भीमलाल गैरे, अशोक शर्मा ‘गोपाल’, लक्ष्मण थापा, लक्ष्मण बानियाँ, उल्लास पाण्डे निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा जीवन खड्का, कृष्ण गैरे, धु्रवकुमार थापा, सुजन खड्का, सुशील पौडेल, रामबहादुर कार्की र नवीन सागर सापकोटा निर्वाचित भएका छन् । सदस्यमा आरक्ष्ँण कोटा महिलातर्फ तीन जनामा गीतादेवी कँडेल, सुष्मा वाइवा र साधना घिमिरे बिजयी भएका छन् ।
आरक्ष्ँण कोटा जनजातितर्फ तीन जनामा मिनराशी गुरुङ, दीपक बुर्जा मगर, मेखबहादुर लामा तामाङ निर्वाचित भएका छन् । जनसम्पर्क समिति जापानको चुनावमा जम्मा ३९३ मत खसेकोमा ६ मत बदर भएको थियो । २ मत खाली थियो ।
नेपाली जनसम्पर्क समिति जापानको अधिबेशन गराउनका लागि बनाइएको निर्वाचन समितिले विवादित तत्कालीन पाचौं अधिवेशन एवं निर्वाचन सहमतिका समयमा तत्कालीन नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं जनसम्पर्क समितिका केन्द्रीय विभागीय संयोजक अर्जुन जोशीको रोहबर नै बसी जापानमा बसिरहेका तर नेपालमा आ–आाफ्नो क्षेत्रमा नेपाली कांग्रेसको क्रियाशील सदस्यको दर्ता एवं नवीकरण गरिरहेका नेपालीलाई तत्कालीन पाँचौं निर्वाचनमा मताधिकारको व्यवस्था शुरु गरिएको थियो । त्यसै बमोजिम निर्वाचित भएका निवर्तमान सभापति र समितिले छैटौं अधिबेशन आउँदै गर्दा कार्यसमिति बैठकले नेपालका क्रियाशील सदस्यहरु मताधिकारलाई पुन: अधिकार प्रदान निर्णय गरी यस विषयलाई पारित गरी समितिको छैटौं अधिबेशनको बन्दसत्रले संसोधित विधान पारित गरिसकेको अवस्था छ । यति हुँदाहुदै पनि एक पक्षीय पराजयको डरले निर्वाचनको शून्य समय शुरु भइसके पश्चात निर्वाचन शुरु हुन जम्मा ३–४ घण्टा अगाडि बहिष्कारको नाममा गरिएको हर्कत कुनै पनि हालतमा लोकतान्त्रिक संस्कारभित्र स्वीकार गर्न सकिने विषय होइन ।
निर्वाचन कमिटिले बैधानिक तबरले गरिएको निर्वाचनका क्रममा पनि आफ्नो प्रव क्षेत्रहरुमा बुथ आक्रमण, मतपत्र च्यात्ने, जलाउने तथा खटिएका प्रतिनिधि साथीहरुलाई डर धम्की एवं बन्दी बनाउने जस्ता घृणित कार्यहरु गरेको आरोप अध्यक्षमा पराजीत लालबहादुर केसी पक्षलाई निर्वाचन समितिले लगाएको छ ।
निर्वाचनकै क्रममा नेपाली कांग्रेस केन्द्रीय कार्यालयबाट बस्तुस्थितिको र विधानको सोझबुझ बिना नै काटिएको पहिलो पत्र अस्पष्ट देखिएकाले निर्वाचन संयोजकले जनसम्पर्क समिति जापानको विधान र विभिन्न बरिष्ट कानुनविदहरुको परामर्शमा निर्वाचन प्रक्रियालाई सुचारु गरिएको थियो । शून्य समय भइसके पश्चात सामाजिक सञ्जाल मार्फत गरिएको बहिष्कारलाई निर्वाचन समितिले मान्यता नदिएको समितिले जनाएको छ । निर्वाचन समितिले बनाएको नियमावली २०१६ अनुसार नै निर्वाचन प्रक्रिया सम्पन्न गरी नेतृत्व चयन गरेको जनाइएको छ ।
निर्वाचन सम्पन्न भएको भोलिपल्ट पुन केन्द्रीय कार्यालयबाट निर्वाचन स्थगन गर्नु भन्ने आशयको प्राप्त पत्रलाई आधार मानी निर्वाचन समिति संयोजकले सामाजिक संजाल मार्फत् राजीनामाको घोषणा गर्नु भए पनि कुनै पनि स्पष्ट बैधानिक निकायको कमीले राजीनामा स्वीकार नगरिएको जनाइएको छ ।
दुई पक्षको सहमतिको एवं समझदारीका निम्ति करिब ७ दिन पर्खिएर बस्दा पनि अधिबेशन आयोजक समिति एवं तत्कालिन कार्य समितिबाट कुनै पनि पहली कदम शुरुवात गर्न निवर्तमान सभापति आफै बाधक भएको जानकारी निवर्तमान समितिका बहुसंख्यक पदाधिकारी एवं कार्यसमिति सदस्य साथीहरुको लिखित जानकारीका साथै उम्मेदवार साथीहरुको मतगणना दबाबी अनुरोधलाई मध्येनजर गर्दै पार्टीका महाधिबेशन प्रतिनिधिहरु, पुर्व महाधिबेशन प्रतिनिधिहरु, पूर्व संयोजक, क्षेत्रीय संयोजकहरु, आयोजक समितिका पदाधिकारीहरु एवं सदस्यहरु, समर्थक साथै शुभेच्छुक साथीहरुको उल्लेखनीय उपस्थितिमा मतगणना कार्य सम्पन्न गरिएको निर्वाचन समिति सदस्य खनालले स्पष्ट गरेका छन् ।

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु