कृपया एक पल्ट लाइक गरि सिमानापारी डट कमका ताजा विषयवस्तुहरू आफ्नो फेसबुकमा पाउनुहोस

CLOSE



साइप्रसमा गाएक तुलसी सिवाकोटीको क्रेज बढ्दो

tulsiस्विजरल्याण्ड । गाएक तुलसी सिवाकोटी अहिले युरोपमा चर्चामा छन् । उनी अहिले युरोपका हरेक सांगीतिक कार्यक्रमको पहिलो रोजाइमा पर्ने क्रम बढ्दो छ । बिशेष गरेर नेपालि चाडबाडहरुमा सिवाकोटीको क्रेज बढ्दो छ ।

प्रबाश मा रहेर पनि आफुले रोजेको क्षेत्रबाट हासिल गरेको नाम र दाम दुवैबाट शंतुष्ट छन् । स्पेनको बार्सिलोना बस्दै आएका झापाली युवा अहिले युरोप का हरेक कार्यक्रमहरुमा भ्याई नभ्याई छ । यो अक्टोबर महिना मात्रै विभिन्न देशमा आफ्नो सांगीतिक स्टेज शो देखाएका छन् ।

अस्ट्रिया , बेल्जियम , स्पेनको कार्यक्रम पश्चात उनि छिटै नै साइप्रस जादै छन् । ३ पटक साइप्रसमा स्टेज शो गरेका सिवाकोटी अहिले पनि यहाँ रहेका नेपालीहरुको मन मुटु माझ बस्न सफल भएका छन् । पहिलो चोटी साइप्रसमा गित गाउँदा वान्स मोर वान्स मोर ले मलाई झन् गित गाउने जोश चलेर आउछ – सिवाकोटी बताउंछन् । उनि भन्छन मैले गर्ने हरेक स्टेज शो मा दर्शकलाई कस्तो खाले गीतले उफार्न सकिन्छ त्यसको १ हप्ता देखि होमवोर्क गरि स्टेजमा जाने गरेको छु ।

गायक सिवाकोटीले समय र उपस्थित दर्शकको उमेरलाई ख्याल गरेर कार्यक्रममा गित प्रस्तुत गर्ने गरेको बताउछन । उनका अधिकांश गितले दर्शकको माया पाएको छ । गायन क्षेत्रमा लागेर उनले कति संघर्ष गरे त्यस्को उनी आफैलाई हेक्का छैन तर उनले गरेका सबै संघर्षलाई परिश्रम भन्न रुचाउछन् ।

तिम्रो मेरो प्रेम कहानी , कस्तो भयो होला नेपाल मेरो देश , आमा मेरी आमा , गर्नु गर्यो इन्टरनेट ले लगायतका चर्चित गित गाएका सिवाकोटी स्विजरल्याण्डको जेनेभामा नेपालि जनसम्पर्क समितिले नोभेम्बर ६ मा गर्न लागेको तिहार बिशेष कार्यक्रममा पनि आफ्नो प्रस्तुति दिने भएका छन् ।

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु