एनआरएन बेल्जियमको साधारण सभामा उपाध्यक्ष पन्तले सम्वोधन गर्दै

बेल्जियम, गैर आवासीय नेपाली संघ बेल्जियमको एघारौ साधरण सभा यहि आईतवारका दिन बेल्जियम लुभेनमा सम्पन्न हुदैछ |उक्त साधारण सभालाई गैर आवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुमार पन्तले सम्बोधन गर्ने छन् | पन्तले उक्त अवसरमा भेट्घाट सहित भुकम्प पीडितका लागि वारपाकमा भर्खर शिलान्यास गरिएको पुनर्निर्माण र एनआरएनएको भावी योजनाका बारेमा छलफल गर्नेछन । गैर आवासीय नेपाली संघका अध्यक्ष गंगाधर गौतमले साधारण सभाको सम्पूर्ण तयारि पुरा भई सकेको र कार्यक्रमलाई अझ रोचक बनाउनका लागि इनास युरोप नृत्य प्रतियोगिता २०१४ कि बिजेता दिपिका केसीका साथमा एरिना केसी ,सारा धिताल ,कृतिका मगरको जोडदार प्रस्तुति रहने बताउनु भयो |साधारण सभाका लागि प्रगति प्रतिवेदन , आर्थिक प्रतिवेदन , प्रसंशा पत्र सहित सम्पूर्ण तयारी भई सकेको संघका महासचिव लोक दाहालले जानकारी दिनुभयो |साधारण सभा सभ्य र भब्य रुपमा सम्पन्न गर्नका लागि आईतवार १२ बजे समय मै उपस्थित भई दिनु हुन् सम्पूर्ण साधारण सदस्यमा संघका अध्यक्ष गंगाधर गौतमले सादर अनुरोध गर्नुभएको छ |

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु