कृपया एक पल्ट लाइक गरि सिमानापारी डट कमका ताजा विषयवस्तुहरू आफ्नो फेसबुकमा पाउनुहोस

CLOSE



महिलामा देखिने हिस्टेरिया सेक्स लत होइन– दीपकराज भण्डारी

deepakrajbh

साधरणत हिस्टेरियाले ग्रस्त महिला वा युबती भन्ने बित्तिकै अझ पनि आम मानीसको मानसपटलमा सेक्सकी भोकी महिला, जो सेक्स गर्न नपाएर पागल झै कराउदै, रुदै चिल्लाउदै, हातखुट्टा फाल्दै गरेकी गरेकी एक महिलाको भयावह अवस्था चल्चित्र झै घुम्ने गर्दछ । हिस्टेरियाप्रतीको पूर्ण बुझाईको अभावका कारण यो अवस्थाबाट गुज्रिएकी महिलाप्रती समग्र समाज नकरात्मक बनी दिदा हिस्टेरियाबाट ग्रसित महिलाले थप अन्य मानसिक समस्याहरु भोग्न पर्ने जसका कारण समग्र जीवन नकरात्मक चिन्तनमा बित्न सक्ने मनोबिज्ञहरु बताउछन । यो लेखले फिमेल हिस्टेरिय प्रतीको नकरात्मक र नजायज बुझाई हटाउने कोशीस गरी उक्त अवस्थाबाट ग्रसित महिलाहरुलाई सोसल स्टिग्माबाट जोगाउने र जीवनलाई थप जटिल नबनाइ सकृय सामाजिक सदस्यको रुपमा अन्तर्कृया गर्न सबल बनाउने प्रयास गर्नेछ भन्ने परिकल्पना गरेको छ ।

गूगलमा अध्ध्यन गर्दा कतीपय आलेखहरुमा फिमेल हिस्टेरिया सेक्स चाहनालाई दबाउदा सिर्जना हुने शरीरिक अवस्था हो भनेर भनिएको छ । कतिपय आलेखहरुले गहिरो चिन्तालाई ब्यबस्थापन गर्न नसक्दा त्यसले देखाउने शरीरिक प्रतिकृया भनेर बुझाउन खोजिएको छ । जे होस् हिस्टेरिया भएका महिलाहरुमा कतीपय अवस्थामा बिना कारण हास्ने, ससानो कुरामा पनि गहिरो चिन्तन गरी रुने कराउने, हातखुट्टा फाल्ने, चिल्लाउने र बेहोस् हुने जस्ता शरीरिक लक्षणहरु देखिने गर्दछ ।

यो लेखको प्रमुख प्रारब्ध कथम कदाचित सेक्स चाहनाको दमनका कारण पैदा हुने हिस्टेरियाका कारण एउटा महिलाप्रतीको हाम्रो धारणा नकरात्मक हुन जरुरी छ कि छैन भन्ने बहसको उठान गर्नु हो, हिस्टेरियाप्रती सम्भव भयेसम्म नकरात्मक सामाजिक धारणा हटाएर एउटा महिलालाई कम्जोर मानसिकतालाई हटाएर सोसल स्टिग्माबिरुद्ध लड्दै बैयक्तिक जीवनलाई उल्लासमय तरिकाले यापन गर्न प्रोत्साहन गर्नु पनि हो ।

नेपालीहरुको आम सामुहिक बुझाईमा फिमेल हिस्टेरियालाई सेक्ससँग मात्र जोड्ने गरिन्छ र यो अवस्थामा भएका महिलाहरुलाई सेक्सका भोका, जो सँग पनि सेक्स गर्न आतुर आदी आदी भनेर सामाजिक रुपमा खिल्ली उडाउने वा महिलाप्रती नकरात्मक धारणा बनाइने चलन छ । वास्तवमा फिमेल हिस्टेरियाको गहन अध्ध्यन गरिने हो भने यो अवस्था निरेपेक्ष रुपमा सेक्ससँग मात्र सम्बन्धित हुँदैन भन्ने नयाँ धारणामा मनोचिकित्सकहरुले बहस सुरु गरी सकेका छन ।

ग्रिक कालमा नै पत्ता लागेको फिमेल हिस्टेरियालाई सुरुवाती मेडिकल परीभासामा छोटो अबधीको लागि देखा पर्ने मानसिक असन्तुलनको रुपमा अर्थाउने कोशीस गरेको पाईन्छ पछील्लो क्रममा आएर मनोचिकित्साको क्षेत्रमा फिमेल हिस्टेरियालाई मानसिक असन्तुलन भनिनु हुँदैन भन्ने पनि बहस चल्दै आएको छ । मनोचिकित्सकहरुको जर्नल, सन्दर्भ सामग्रीहरुलाई बिश्लेशन गर्दा सारमा फिमेल हिस्टेरियालाई बिभिन्न मानसिक दवावका कारण शरीरले देखाउने प्रतिकृया भनेर बुझ्न सकिन्छ, ति मनोभावहरु सेक्स चाहनाको दमन पनि हुन सक्छ भने सेक्स चाहनाको दमनमात्र नभएर समग्रमा डर, चिन्ता, खुशी आदी जस्ता भावनाहरुको उचित ब्यबस्थापनको अभावका कारण देखिने शारिरिक लक्षण हो भन्ने मतहरु पनि पढ्न पाईन्छ ।

हिस्टेरिया पुरुषमा पनि देखिन सक्ने भए पनि सेक्ससँग धेरथोर सम्बन्धित रहेको धारणाका कारण पुरुषप्रधान सामाजिक मानसिकताका कारण महिला हिस्टेरियाको नकरात्मक चर्चा बढी भएको हुन सक्छ । डर, खुशी, चिन्ता, सेक्स चाहना, लगायतका बिभिन्न मनोभावहरुबिचको सन्तुलन गर्न सक्ने मानसिक क्षमता वा कलाको अभाव, बन्शानुगत गुण वा समस्या, पारिवारिक परबरिश वा ब्यक्तित्व बिकासको क्रममा देखिने समस्याहरुका कारण हिस्टेरिया हुन सक्ने मनोचिकित्सकहरुको धारणाहरु प्रती भने समाजको नजर नपुगेको भान हिस्टेरियासँग सम्बन्धित जर्नलहरुको अध्ययनबाट पाउन सकिन्छ ।

फिमेल हिस्टेरियालाई किन सेक्स सँग जोडीयो भन्ने सवालमा केही मनोबिज्ञहरुले प्राचिन समयमा जतीबेला महिलाहरुलाई निकै नै बन्देज लगाएको अवस्था थियो त्यो समयमा यस्तो समस्या देखिएका केही महिलाहरुको विवाह वा सेक्स पस्चात उनीहरु हिस्टेरिकल तनाबबाट केही राहत पाएको देखिये पछी फिमेल हिस्टेरियाको कारण र उपचार सेक्स भनेर प्रचार भएको हुन सक्ने मान्न सकिन्छ । कतीपय आलेखहरुमा यसको उपचार सेक्ससँग मात्र सम्बन्धित हुँदैन भनेर उल्लेख गरिएको छ ।

कारण जे भयेपनी प्रमुख कुरा यो अवस्थालाई खुला र उदार यौन व्यबहार तर्फ पाइला चाल्न आतुर हामी आधुनिकता प्रेमी युबा पुस्ताले कसरी लिने भन्ने पक्ष शायद अहम बहस हुनु पर्छ । यदी फिमेल हिस्टेरिया सेक्ससँग सम्बन्धित नै छ भने पनि यो सेक्स एडिक्सन होइन जहाँ एउटा ब्यक्ती धेरै भन्दा धेरै सँग सेक्स गर्न चाहन्छ, यो त चाहनाको दमनबाट सिर्जना भएको शरीरिक प्रतिकृया होइन त ? यसको मतलब नेपाली पुरातन चाहनालाई पालना गर्दा गर्दै एउटा महिला मानसिक समस्याबाट गुज्रीन पर्‍यो । के हिस्टेरिया भएको महिलामा प्रेमभाव, समर्पण, सहयोगी भावना नै पाइदैन त ? यस्तो कदापी होइन, हिस्टेरिया भएका महिलाहरु आत्तिने रुने कराउने गर्लान तर प्रेम, सहयोग, समर्पण पनि गर्न सक्छन । हामी एड्स, हेपाटाइटिस, डिप्रेसन जस्ता समस्याबाट ग्रसित भएकाहरुलाई सामाजिक अन्तरकृयामा सहयोग गर्न जती अभियान चलाऊदछौ त्यसरी नै फिमेल हिस्टेरियालाई पनि सकरात्मक ढंगले समायोजन गरिनु पर्दछ । नत्र आफ्नै मानसिक समस्याबाट ग्रसित महिलालाई सामाजिक र ब्यक्तीगत जीवनलाई सकृय र उल्लासमय बनाउनबाट कुन्ठित गर्नेछौ त्यो मानबिय भावना कदापी हुनेछैन ।

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु