पाेर्चुगलमा मृत्यु भएका नेपालिकाे शब ब्यवस्थापनका लागि सहयोग अभियान

123556लिस्वोन, विहिबार दुर्घटनामा मृत्यु भएका नेपालीहरुको शब ब्यवस्थापनका लागि सहयोग संकलन अभियान सुरु भएको छ । गैह्र आवासिय नेपाली संघ पोर्चुगलको नेतृत्वमा शब ब्यवस्थापपनको लागि सहयोग अभियानको सूरुवात भएको छ । शनिबार संघको कार्यालयमा बसेको बैठले शब ब्यवस्थापनको लागि आवस्यक कार्य तत्काल नै सुरुवात गर्नु पर्ने भएकोले सहयोग संकलन अभियानको निर्णय गरेको हो ।

बिहीवार बिहान १ः३० बजे पोर्चुगलको भिला नोभा दि मिलफोन्तेसबाट साँओ तेतोनियो तर्फ जाँदै गर्दा ओदिमिरा राष्ट्रीय मार्गको NE१२० सडकखण्डमा पाकिस्तानी सबारीचालकले हाँकेको गाडी अत्याधिक तिब्र गतिको कारण असन्तुलित भै सडकबाट बाहिर उछिट्टियर रुखमा ठक्कर खाँदै दुर्घटनाग्रस्त हुँदा नवलपरासी जिल्ला, गैंडाकोट नगरपालिका-१६, अमरापुरी निवासी अनिल थापा र बागलुङ जिल्ला, रिघा गाबिस-३, ठुलोरिघा निवासी सन्तोष सापकोटाको घटनास्थल मै मृत्यु भएको थियो ।

हाल पोष्टमार्टमको प्रतिक्षामा बेजा अस्पतालको लिगल मेडीसिन एबम फोरेन्सिक डिपार्टमेण्टमा रहेको स्वर्गिय थापा र सापकोटाको पार्थिव शरीरको दाहसंस्कारको आवश्यक प्रबन्ध मिलाउन बेजा अस्पताल र घटनास्थलमा लिस्वनका लागि अवैतनिक बाणिज्य दुत मकर हमालको नेत्रित्वमा पुगेको टोलीले स्थानिय प्रशासन, अस्पताल र नेपालमा परिवारजनसंग परामर्श र आवश्यक कानुनी प्रकृया प्रारम्भ गरेको थियो ।
पोर्चुगलबासी नेपालीहरु एकजुट भै उक्त दुर्घटनामा ज्यान गुमाउन पुगेका नेपालीहरूकाे शव ब्यबस्थापनको निम्ती आवश्यक कार्य र सहयोगको लागि संघले पोर्चुगलमा भएको विभिन्न संघ सस्था लगायत सम्पुर्ण नेपालीहरुलाइ अनुरोध गरेको छ ।

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु