पोर्तुगलमा मिडिया दुरुपयोग बढ्यो : भिम केसी कमल

दिपकराज भण्डारी
३१ अक्टोबर, लिस्बोन

kc-kamal

एनआरएन पोर्तुगलका अध्यक्ष भिम केसी कमलले पोर्तुगलमा भइ परी आउने घटना, दुर्घटना तथा भबीतब्यहरुलाई लिएर सामाजिक सन्जालजस्ता मिडियाहरुको दुरुपायोग बढेको बताएका छन ।

रास्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्थान युरोप साखा पोर्तुगलले आयोजना गरेको देउसी भइलो कार्यक्रममा प्रमुख आतिथीको मन्तब्य दिने क्रममा पोर्तुगलमा दु:खद दुर्घटनाहरु बढ्दै गएकोमा चिन्ता ब्यक्त गर्दै दु:खद घटनाको बेला समग्र नेपालीले सन्बेग गुमाउन नहुने बिचार ब्यक्त गरेका छन ।

भवितब्य, घटना, दुर्घटना र परीघटनाहरुको सम्बेदनसिलतालाई बिर्सेंर अतिरन्जना गर्ने प्रब्रिती बढ्दै जादा नकरात्मक भावनाको बढावा हुँदा सामाजिक कार्य निरुत्साहित हुन सक्ने केसीको भनाइ थियो ।

केसीले मानीस सामाजिक प्राणी भएकोले कतीपय घटनाक्रमहरु मानबिय त्रुटीका कारण र कतीपय कुराहरु बिर्सनलायक हुने भएकोले सामान्य कुराहरुलाई पहाड बनाइदा त्यसले समाजको अग्रगमनलाई रोक्न सक्ने भुल्न नहुने बताए ।

केसीले गाडी दुर्घटनामा परेर मृत्‍यु भएका नेपालीहरुको उदारहण दिदै यो घटनामा गोली चलेको आदी इत्यादी अनाबश्यक र अतिरन्जानात्मक तरिकाले सामाजिक सन्जालहरुमा अबस्तुगत अनुमानको भरमा हो हल्ला फिजिएको बताए । यसरी अतिरन्जनात्मक तरिकाले सामाजिक मिडियाहरुको दुरुपयोग बढ्दै जानु प्रबासी नेपाली समाजको लागि उचित हुँदैन– उनले भने ।

दुर्घटनामा परेर मृत्‍यु भएका नेपालीहरुको शव ब्यबस्थापनको लागि एनआरएन पोर्तुगलले पहलकदमी लिइसकेको केसीले जानकारी दिएका छन ।

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु