कृपया एक पल्ट लाइक गरि सिमानापारी डट कमका ताजा विषयवस्तुहरू आफ्नो फेसबुकमा पाउनुहोस

CLOSE



स्विजरल्याण्डमा देउसि भैलाे सहित सांगितिक कार्यक्रम सम्पन्न

स्वीटजरल्याण्ड ।
स्विजरल्याण्डकाे जेनेभा सहरमा देउसि भैलाे सहित सांगितिक कार्यक्रम सम्पन्न भएकाे छ । युरोपमा रहेका चर्चित गायकहरु तुलसी सिवाकोटी , बिष्णु छेत्री र बाबुराम भुषालले स्वीटजरल्याण्डमा रहेका नेपालिहरुलाई देउसि भैलाे सहितकाे सांगितिक कार्यक्रमान नचाएका छन् ।
sw
नेपालि जनसम्पर्क समिति स्वीटजरल्याण्डले आयोजना गरेको तिहार बिशेष कार्यक्रममा मेरी आमा , गर्नु गर्यो इन्टरनेटले लगायत नेपालि रिमिक्स गितहरु गाएर सिवाकोटीले आफ्नो प्रस्तुति दिएका थिए भने छेत्रीले राष्ट्र भक्ति गित जय नेपाल , लेक कि हे मायाको साथै अन्य थुप्रै नेपालि चर्चित गित हरु गाएर मनोरंजन दिएका थिए । त्यस्तै गायक तथा लेखक बाबुराम भुषालले तिमि पूर्व को माया , ब्रुसेलमा जाँदा , ए साथी संगै लगायतका आफ्ना गितहरु प्रस्तुत गर्नु भएको थियो ।
गत आईतबार नेपालि जनसम्पर्क समिति स्वीटजरल्याण्डका उपाध्यक्ष श्याम सापकोटा को संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि स्विटजरल्याण्डका लागि नेपाली राजदुत दिपक धितालद्वारा दियो बाली सुरु गरिएको थियो । त्यस्तै नेपालि जनसम्पर्क समिति स्पेनका उपाध्यक्ष इन्द्र शर्मा को पनि उपस्थित रहेको थियो ।

कार्यक्रमको सभापतित्व समितिका अध्यक्ष राम कुमार महत्तोले गरेका थिए भने कार्यक्रम को संचालन महासचिब तिलक थापाले गरेका थिए । साथै हरेक वर्ष जस्तै यस बर्ष पनि भाग्यशालि चिट्ठा खुलाईएको थियो जसमा प्रथम पुरस्कार पर्वतका अभिनाश शर्मालाइ परेको थियो । दोश्रो पुरस्कार (घडी ) सार्गन्सका छेतेन ल्ह्यामुलाइ र २ वटा तेश्रो पुरस्कार (मोबाइल) जेनेभाका बिद्या भन्डारी र बर्नका बिकल थापा लाई परेको थियो त्यस्तै सर्प्राइज पुरस्कार बासेलका सन्ध्याले पाउन सफल भईन ।

सानो नेपालि समुदाय रहेको स्वीटजरल्याण्डमा पनि उल्लेखनीय उपस्थित सहित हौस्सल्लाका साथ कार्यक्रम सम्पन्न भएको मा उपस्थित सम्पूर्णलाई कार्यक्रम संयोजक श्याम सापकोटा ले धन्यबाद प्रकट गर्नुभयो ।

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु