अमेरिकाबाटै ‘दोबाटो’ ल्याए अर्जुनले

dobato-800x445अमेरिकामा व्यवसाय गर्दै आएका बागलुङका अर्जुन बसेलले नयाँ गीति एल्बम बजारमा ल्याएका छन् । ‘दोबाटो’ नामक गीति एल्बम केहि दिन अगाडि बागलुङमा विमोचन भयो ।

चर्चित गायक कर्णदास र संगीतकार योगेश काजी बिसीले स्रष्टा बसेलका अभिभावक सोमबहादुर बसेल र मनकुमारी बसेलसँग सँयुक्त रुपमा एल्बमको विमोचन गरे ।

अमेरिकाको पेन्सिलभेनियामा होटल व्यवसाय गर्दै आएका बसेल ८ वर्ष यता परिवारसहित अमेरिकामा रहँदै आएका छन् । बागलुङ रुद्रपिपल घर भएका बसेलले आफ्नै शब्द, संगीत र स्वरमा एल्बम तयार पारेका हुन् ।

अमेरिकाकै स्टुडियोमा रेकर्ड गरिएका सम्पूर्ण गीतहरुको संगीत सँयोजन योगेश काजी बिसीले गरेका हुन् । एल्बमका सम्पूर्ण गीतको मिक्सिङ र मास्टरिङ प्राइम डिजिटलका राजीव शाहले गरेका हुन् ।

एल्बम विमोचनपछि गायक कर्णदासले विदेशमा बसेर पनि यो खालको नेपाली संगीतप्रति चासो देखाएर बसेलले उदाहरण पेश गरेको बताए । बसेलको नेपाली संगीतप्रतिको लगावले आफु निकै प्रभावित भएको उनले प्रतिक्रिया दिए । त्यस्तै संगीत सँयोजक तथा संगीतकार योगेश काजी बिसीले पनि बसेलको नेपालप्रतिको माया अथाह भएको एल्बमले देखाउने बताए ।

एल्बममा ८ वटा गीत समावेश छन् । सम्पूर्ण गीतमा देशप्रेम पोखिएको छ । अमेरिकाबाटै बसेलले आफ्नो देशको लागि केहि भएपनि योगदान दिनका लागि एल्बम निकालेको प्रतिक्रिया दिए । बागलुङमा भएको विमोचन कार्यक्रमको सम्पूर्ण सँयोजन स्रष्टाका भाई प्रकाश बसेलले गरेका थिए ।

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु