पोर्चुगलमा नलिना र संजीपको भब्य प्रस्तुति

sdddddसुनिल संगम, १२ नोभेम्बर २०१६ लिस्बन , यूरोप भ्रमणमा रहेका चर्चित कलाकार द्वय नलिना चित्रकार र संजीप प्रधानले पोर्चुगलमा भब्य सांगीतिक प्रस्तुति दिएका छन् | ५० को दशकमा निकै धमाका मच्चाएका कलाकार द्वयले पोर्चुगलका दर्शकहरुलाई आफ्नो गीत संगीतले मनोरन्जन गराउँदै मस्तले नचाएका थिए |

गैह्र-आबासिय नेपाली आकस्मिक कोष पोर्चुगलको बिस्तारको निम्ति गैह्र-आबासिय नेपाली संघ पोर्चुगलले आयोजना गरेको उक्त कार्यक्रमको पहिलो चरण औपचारिक रुपमा सम्पन्न भएको थियो | संघका महासचिब सोम फुरी शेर्पा द्वारा संचालित उक्त कार्यक्रमको सभापतित्व गैह्र-आबासिय नेपाली संघ पोर्चुगलका अध्यक्ष भिम केसी कमलले गरेका थिए भने स्वागत मन्तब्य उपाध्यक्ष्य राजन शेरचनले राखेका थिए | प्रमुख अतिथि गैह्र-आबासिय नेपाली संघ पोर्चुगलका पूर्व अध्यक्ष तथा बरिष्ठ सलाहकार लक्ष्मी सापकोटाले औपचारिक सांगीतिक सभालाई सम्बोधन गर्दै शुभ-कामना मन्तब्य राखेका थिए |

औपचारिक कार्यक्रमको समाप्ति पछि दोस्रो चरणको सांगीतिक कार्यक्रम गैह्र-आबासिय नेपाली संघ पोर्चुगलका उपाध्यक्ष सुनिल संगमले संचालन गरेका थिए भने कलाकार द्वय नलिना चित्रकार र संजीप प्रधानको बेजोड प्रस्तुतिको साथमा सानी नानी सुरक्षा आले मगर र शम्भु सिलवालको पनि प्रस्तुति रहेको थियो

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु