माेनाद्वारा पाेर्चुगलमा क्रिस्मस पार्टि हुने ।

monaaलिस्वाेन, लिस्बोनमा म्याग्दी समाज पोर्चुगल (मोना)द्वारा आगामी डिसेम्बर २४ तारिकका दिन भब्य क्रिसमस पार्टि धमाका सिजन ३को अायोजना गरिने भएको छ ।
पोर्चुगको पुरानो संस्थाका रुपमा परिचित मोना पोर्चुगलले बिगत ३ वर्ष देखि लगातार क्रिसमसको अबसरमा डान्स पार्टिको आयोजना गर्दै आइरहेको छ ।
डिजे भट्टचनले बिगत तिन वर्ष देखि लगातार सो डान्स पार्टिको मुख्य भूमिकाका रुपमा डिजे गर्दै आइरहेका छन भने यो पटक उनले डिजे यु म्यानलाई साथमा लिएका छन ।
बिसुद्द मनोरन्जनका लागि हरेक बर्ष आयोजना गरिदै आएको यो डान्स पार्टि बिशेष गरि पोर्चुगलमा बसोवास गर्ने नेपाली तन्नेरीहरुलाई मध्यनजर गरेर आयोजना गरिएको कुरा डिजे तथा मोना पोर्चुगलका सल्लाहकार सुर्य भट्टचनले जानकारी दिएका छन् ।
आगामी डिसेम्बर २४ तारिकका दिन बेलुका २० बजे (८ बजे) देखि शुरु भै बिहान ३ बजे सम्म पार्टि चल्ने बताइएको छ भने प्रति व्यक्ति प्रवेश शुल्क १० युरो तोकिएको छ । उक्त १० युरो प्रवेश शुल्कमा एउटा ड्रिङ्क्स फ्री रहेको कुरा आयोजक मोना ,पोर्चुगलले जानकारी दिएको छ । सो डान्स पार्टि राजधानी लिस्बोन स्थित रोसियो नजिक रहेको हार्ड रक क्याफे पछाडीको हलमा आयोजना गरिने भएको छ ।

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु