पोर्चुगलमा तमु राष्ट्रिय ल्होसार पर्व २०१६ काे ब्यापक तयारी

tammmवाइ वि गुरुङ , लिस्बोन १२ डिसेम्बर २०१६ – राजधानी लिस्बोनमा बस्ने तमुहरुले नेपालको राष्ट्रिय पर्व “तमु ल्होसार २०१६ लाई प्र ल्हो (बाँदर वर्ग)लाई बिदाइ र च्य ल्हो (चरा बर्ग)लाई स्वागत गर्ने गरी यस बर्षको ल्होसार पर्व भब्य रुपमा मनाउने भएका छ्न ।
हरेक बर्ष पुष १५ का दिन लाई राष्ट्रिय ल्होसार पर्वका रुपमा मनाउदै आएका नेपालका आदिवासी तमुहरुले बिशेष गरी पुष १५ का दिनलाई नयाँ वर्षका रुपमा मनाउने गर्दछ्न ।
हरेक वर्ष पुष १५ देखी दिन छोटो हुँदै जाने र रात लामो हुँदै जाने तथा ग्रिष्म ऋतु अन्त्य र शिशिर ऋतुको शुरुवात हुने हुँदा चिसो बड्दै जाने हुँदा तमुहरुको शास्त्र अनुसार प्रकृतिको यही रुपलाई नयाँ वर्षका रुपमा मनाउने चलन रहेको छ जस्लाई ल्होसार भनिन्छ भने तमुहरुको आफ्नै शास्त्रछ जस अनुसार १२ ल्हो लाई एक चक्रको रुपमा मानिन्छ जस अनुसार हरेक वर्षको ल्हो (वर्ग) क्रमिक रुपमा परिवर्तन हुँदै जाने हुन्छ जुन प्राकृतिक रुपले बैज्ञानीक मानिन्छ ल्हो सार (ल्होसार)वर्ग सर्दै जाने प्रकृया लाई ल्होसारका रुपमा मानिदै आएको हो ।
तमु समाज पोर्चुगलको बिशेष आयोजनामा हुन लागेको उक्त ल्होसार पर्व २०१६ लाई भब्य रुपमा सम्बोधन गर्नका लागि नेपालका चर्चित गायक बिजय लामा आउने कुरा तमु समाज पोर्चुगलका अध्यछ्य राज कुमार गुरुङले जानकारी दिएका छन
आगामी जनवरी ८ तारिक २०१७ आईतवारका दिन दिनको ठीक ३ बजे देखी बेलुकी ११ बजे सम्म कार्यक्रम हुने बाताईएको छ भने बिभिन्न खनाको पारीकार तथा बिबिध तमु सस्क्रीती तथा नेपाली कला तथा सस्क्रिती झल्कने न्रित्य समेतको प्र्स्तुती रहने कुरा ल्होसार पर्व २०१६का सङयोजक तथा अध्यछ्य गुरुङले जानकारी दिएका छ्न ।
उक्त ल्होसार पर्व लाई भब्य रुपमा सम्पन्न गर्नका लागि तमु समाज पोर्चुगलको गत आईतवार बसेको कार्यसमितीको बैठकले बिभिन्न समिती गठन गरी कार्य सम्पादन गर्ने निर्णय समेत गरिसकेको छ भने कार्यक्रम लाई भब्य बनाउनका लागी युरोप भरी रहेका तमु समाजका प्रतिनिधिहरुको समेत उपस्थिती रहने कुरा अध्यछ्य राज कुमार गुरुङले बताएका छ्न भने पोर्चुगलमा रहेका सम्पूर्ण नेपाली समुदायहरु लाई उक्त ल्होसार पर्व २०१६ मा उपस्थित हुनका लागि बिशेष अनुरोध गरिएको छ ।

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु