(कबिता) सम्झना -एम पि अर्याल
हर बखत
एक झोक्का सम्झना
हावा सरी
यो मन लाई
चिस्यायर जान्छ !
झोक्का जान्छ
बेसुर
आफ्नै गतिमा
तर
यो मन मुटु लाई
फर्कायर
मेरै स्मिर्तिका पानाहरुमा !
ति झोक्काहरु
घरी
मायाको डोरी बनेर
रुवाउछन
घरी
बाल स्मिर्ती बनेर
अमील्याउछन
घरी
याद बनी तड्पाउछन
आफ्नै गतिमा
जलाइरहन्छन !
बिबशताका
पद चापहरु
निशब्द , निरन्तर , निर्दिस्ट
पछाउदा
रङहिन बन्दा रहेछन
प्राप्त गरेका उपलब्धीहरु पनि
आफ्नै आगनका खुशीहरु पनि !
एक दिन
सारा झोक्काहरुको
उत्तर दिन
म स्व्यम
फर्किनेछु
आमा सम्झेर
मातृभूमी सम्झेर
साथी सङी आफनति सम्झेर !
अर्जुन्चौपरी स्याङ्जा
तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्
Write Your Comment
थप हेडलाइनहरु
- जन सम्पर्क समितिकाे अध्यक्षका लागि तिलक ग्रैरेकाे उमेदवारी
- ओ स्कुटीवाली !
- मुन्नीको परपोज स्टोरी-दीपकराज भण्डारी
- बस्नु है पर्खाइमा- सुस्मी मगर
- गजल- सुस्मी पुलामि मगर
- देशभक्ति ! — दीपेन्द्र के।सी
- गज़ल -कोमल भट्ट
- Script
- नाकाबन्दीको समर्थनमा — दीपेन्द्र के.सी.
- सुन्न चाहदिन गुुलामी भाषाहरु — दीपेन्द्र के.सी.
- हामी फर्कन्छौं लालबावु महोदय !— दीपेन्द्र के.सी.
- गजल- कोमल भट्ट
- बरु मलाई केही हात जमिन देउ भाइ।-फर्वान रायमाझी
- प्रवास – अञ्जान काइँला
- बलात्कार-दीपेन्द्र के.सी.