झुटको खेती गर्ने पत्रकारिता र पोर्तुगलको यथार्थ-फुर्वान रायमाझि

phurban

पछिल्लो केहि समययता पोर्तुगल आफैले सताएको छ नेपालीहरुलाई।उस्तै आत्तिएका छन नेपालीहरु।भर्खर आएका नयाँ,कार्ड कुरेका,पासपोर्ट पर्खेका देखी पुरानासम्मको हालत उस्तै छ।अघिल्ला समयहरु भन्दा बर्तमान कठिन र जटिल बन्दै गर्दा शहरका हल्लाहरुले
झन अताउछ।
कागजी प्रक्रिया रोकिएको छैन तर हरेक कदमहरुमा ढिलाई भैरहेको छ।त्यही ढिलाईको बिरोधमा आप्रबासीहरु आन्दोलन गर्छन,जुलुस निकाल्छन।प्राईभेट वकिलका कार्यालयहरु सधै खचाखच भरिएका हुन्छन।चोक,पार्क र नेपाली रेस्टुरेन्टहरु सोहि बिषयले ठाउ जमाउछ।जताततै जिज्ञासा र चासो थपिएको छ।पुरानाहरुलाई नया चिनजानका नेपालीहरुले प्रश्न थप्छन।आश्वासन थपिन्छन।सपना र योजनाहरु तुहिने डर छ।देश छाड्ने( बीस दिने कागज)पाउनेहरु बढिरहेछन।नेपाल छोड्नुको पिडा र पछुतो भक्कानीएर आउँछ।आप्रबासीहरुप्रती हरेक देशहरुले कडाई गर्न थालेका समाचारहरु आउछन्।आप्रबासीहरुकै बिषयमा पोर्तुगिज संसदमा संशोधन प्रस्तावमाथि छलफल चलिरहेछ।त्यही अबस्थाबीचको दलदलमा फसेको अनुभुती भैरहेकै मौका छोपेर माझी जाल फ्याक्छ,नेपालप्लसको नाममा समाचार छापेर।

हप्तादिन हुदैछ त्यही न्युजको भुतले हजारौलाई तर्साएको।पत्रकार महासंघ युरोप साखाको संस्थापक संयोजक हुँदै सोहि संस्थाको कारबाहीवाट अचेल निलम्बनमा परेका ददी सापकोटाको अनलाईन पत्रिका नेपालप्लस अनि पोर्चुगलमा नेपालीहरुको रुवाबासी र भागाभाग शीर्षकको लेख रातारात भाईरल भयो।हावामा फैलिएजसरी फैलिएको हावा न्युजले पोर्तुगलमा बस्ने हजारौ नेपालीहरुलाई एक सप्को हानेर गयो।ददी सापकोटा युरोपका पुराना र अनुभवी पत्रकार भनेर मात्रै चिन्नेहरुले समाचारप्रती धेरथोर बिश्वास गरे।धेरैले उत्तिखेरै गलत न्युज भनेर हावामै उडाए।लेखभित्र समाबेश गरिएका कागजी प्रक्रिया वाहेकका पनि थुप्रै बिषयहरुमा बढाईचढाई लेखिएको लेख पोर्चुगलमा बस्ने जो कोहिले प्रस्टै बुझ्न सक्थ्यो।

तैपनी शान्त,कठिन र प्रतिक्षारत निर्णायक समयलाई उछिन्दै आएको खबरले यहाँका नेपालीहरुलाई तरंगित बनायो।धेरै बिषयहरुमा अनुमानित र सम्भाब्यताका आधारले लेखिएको सो लेखलाई कमेन्ट,सेयर र लाईकको बर्षा चल्यो।पोर्तुगलमा भएका नेपालीहरुले शीर्षक हेरेरै गाली गर्न थाले,पोर्तुगल बाहिर भएका आफन्तहरु तनाबमा डुबे।धेरैले फलानो पोर्तुगल छ बल्ल खायो भन्दै सेयर गरे।साच्चीकै पोर्तुगलले नरुवाउदै लेखले रुवाबासीको स्थिती सृजना गराइदियो।तर सत्य त्यस्तो भैसकेको थिएन।
पछिल्लो समयमा पोर्तुगल नेपालीहरुको गन्तब्य स्थान भएको छ।युरोपका अन्य देशहरुमा भन्दा कागजी प्रक्रिया कम झन्झटिलो र छिटो हुने भएकाले पहिलो रोजाई भएको हो।युरोपका अन्य देशमा पेपर प्रक्रियाको स्थिती जटिल छ।तर पोर्तुगलमा पछिल्लो केहि बर्षयता सो प्रक्रिया छिटो भएको मानिन्छ।अघिल्ला केहि बर्षहरुमा कागजी प्रक्रियाका लागी एसियन मुलुकका थुप्रै मानिसहरुले अस्वभाबिक तवरले पेपर बनाएको बुझिन्छ।वकिल र सेफको मिलेमतोमा बढी रकम असुलेर छिटो र सजिलै पेपर बनाउनेहरु पोर्तुगलमा हजारौ भेटिन्छन।त्यही समयलाई कडाई गरेर पुर्णतया कानुन र नियमभित्र रहेर मात्रै पेपर बन्ने गरेको निश्चित पनि हो।
पोर्तुगलमा पछिल्लो समयमा पनि धमाधम पेपर भैराखेको छ।फरक यत्ती हो कि बढी रकम असुलेर छिटो र सजिलोसँग पेपर भएको छैन।त्यस्तै आप्रबासीहरुको बिषयमा पोर्तुगिज संसदबाट आजसम्म कुनैपनी नयाँ निर्यण पारित भैसकेको छैन।उक्त लेखमा भनिएजस्तो सेप्टेम्बरपछि कार्ड नभएको भन्ने बिषय सरासर झुट र गलत देखिन्छ।सुरक्षाको पाटो उस्तै छ,कडाई गरिएको छैन।स्वतन्त्र रुपमा हिड्डुल गर्न र पक्राउ परिने डरले भागिहाल्नुपर्ने स्थितीको सृजना भएको छैन्।तैपनी पछिल्लो समय पोर्तुगल भित्रिने नेपालीहरुको संख्या घट्दो छ।

अत:गलत सुचना र खबरका कारण पोर्तुगलमा भएका नेपालीहरुलाई नेपालप्लसले केहि समय तनाब थपिदियो।अनलाईन मिडिया,पत्रकार र पत्रकारिताप्रतीको बिश्वासहरु गुम्न थालेका छन।पत्रकार जति अनुसन्धान गरेर लेख्छ,त्यो भन्दा बढि पाठकहरु लेखक र बिषयको अनुसन्धान गर्छन।यतिसम्म कि सप्रमाण लेखिएका बिषयहरुमा पनि झुट खोजिन्छ।

जेहोस्,भ्रामक र तथ्यहिन खबर प्रकाशित गर्ने अनलाईन मिडियाहरुप्रती हामी सजक हुन जरुरी छ।यदि पोर्तुगलले सो लेखमा भनिए अनुसार भागाभाग र रुवाबासीको स्थिती सृजना गराउछ भने यहाँको मुख्य आन्दानीको श्रोत पर्यटन,रेस्टुरेन्ट ब्यबसाय र कृषी बन्द नहोलान भन्न सकिन्न।

(कार्यकारी सम्पादक -सिमानापारी डट कम)

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु