कृपया एक पल्ट लाइक गरि सिमानापारी डट कमका ताजा विषयवस्तुहरू आफ्नो फेसबुकमा पाउनुहोस

CLOSE



झल्लाहरुले हल्ला मच्चाउने देश पोर्चुगल- बाबुराम भुषाल “शील”

ठूलो आशा बोकेर पोर्चुगलमा छिरेको नेपालीले कुखुराको मासु र सस्तो वाइन सँग रमाउने बानि परेको बेला हल्लै हल्लाले उसलाइ निशुल्क रुपमा बन्ने सोसल नंं. ८०० युरोमा खरिद गर्न बाध्य तुल्याउछ । नेपाली दलालहरुबाटै ठगिन सुरु हुन्छ अनि सोसल हातमा हुँदा पनि फेरी हल्ला सुन्छ । – यस्तो त डुब्लिकेट हुन्छ रे ! अनि यता पल्टाउछ उता पल्टाउछ नक्कली या सक्कली फेरि प्रमाणित गर्न ५ युरो खर्च गर्दै अर्को नेपाली दलालकोमा पुग्छ, सोच्न बाध्य हुन्छ – साला ! यो झल्लाहरुले हल्ला चलाउने देश रहेछ ।
baburam-bhusal-shil
त्यहि मन फेरि आन्जोस देखि मार्टिमुनिज पुग्ने बेला सम्म अनेक थुप्रै हल्लाहरु सुन्छ । हल्लै हल्लामा उसका मनमा अनेक कुराहरु खेल्छ आफैले केहि निर्णय लिन सक्दैन किनकि उसको मनमा थुप्रै चाहिने नचाहिने, गलत सहि अनेकौ हल्लाहरुले उकुस मुकुस पारिरहेछ पोर्चुगलको सस्तो वाइनले मनलाइ सान्त्वना पार्ने कोशिस गर्छ अनि फेरि सोच्न बाध्य हुन्छ । – साला ! यो हल्लाहरुले झल्ला बनाउने देश ।

ठूलो आशा बोकेर पोर्चुगल छिरेको एक नेपाली घर परिवार आफन्तसँग टाढा रहनुको पिडा अनि थुप्रै समस्याहरुलाइ एक छेउमा लगाउदै सान्त्वनाको आशा बोकेर सपना बुन्न सुरु हुन्छ । अनि थुप्रै हल्लाहरुले उसका सपना भंग गराएर छाड्छ । अनि मनमा निरास छाउँछ सस्तो नसामा आफूलाइ भुलाएर आफै झल्लिन सुरु हुन्छ र सोच्न थाल्छ – यो झल्लाहरुको देश या हल्लाहरुको देश ।

युरोप नै हो तर पोर्चुगलको कहानि यस्तै छ यहाँ थुप्रै हल्लाहरु चल्छन् हल्लाहरु चलाइन्छन् । जो कसैले गरेका राम्रा कृयाकलाप भन्दा नराम्रा कृयाकलापलाइ केन्द्रित गरि हल्ला मच्चाइन्छ । नेपाली, इन्डियन, बंगालि नागरिकका हल्लाहरु लगभग मिल्न पुग्छन । दायाँ बाँया नसोच्ने जो कोहीलाइ पनि तिनै हल्लै हल्लाले वकिल र दलालका ढोका ढोकामा पुगेर लाइन बस्न बाध्य तुल्याउछ । हल्ला रुपि अनेक जालहरु फ्याकिन्छन् त्यो जालमा को पर्छ कस्ता खालका मान्छेहरु पर्ने हुन पत्तै हुँदैन । खादावाला, सादावाला सवैलाइ त्यहि हल्लाले उथलपुथल पारिदिन्छ । कामको कन्ट्याक पेपर , सोसल नं., फिनान्स लगायत थुप्रै कागजि समस्यासँग सम्वन्धित वकिलको कारवार गर्ने ब्यापारिहरु नै चाहिने नचाहिने, सत्य, गलत, साना ठूला सवै हल्लाहरुका मुहान हुन । तिनै हल्लाहरुमा दौडिइरहनेहरुको प्रतिस्पर्दा चलिरहन्छ ।

राजनितिवाला, रणनितिवाला, कुटनितिवाला लुटनिति गर्नेहरु सवैको थलो बन्दै गइरहेको यो शहरमा थुप्रै हल्लाहरुले नै ठाउँ ओगटेको छ । यो समाजका खादावाला सादावाला सवैको मनमा सकरात्मक पक्ष भन्दा नकरात्मक विषयबस्तुले बढि केन्द्रित गरेको कुरा स्काइप भिडियोले प्रमाणित गरिदिएको छ । १८ जना नेपालीहरुलाइ ब्लायकमेलिङ गरि सार्वजनिक भएको भिडियोहरुमा कसैको मनबाट पिडित प्रति सान्त्वना आएन । कारबाहीको लागी आबाज उठाईएन,पिडितहरु टाउको घुसारेर बसे,अरु नेपालीहरु कोहि भिडियो सेयर गर्नमा ब्यस्त भए,कोहि भिडियो खोज्नमा।जसरी पनि पिडामा रमाउनेहरु भेटिए।हल्लाका पात्र उनै भए,शहर फेरी अर्को पटक तात्यो ।

ब्ल्याकमेलिङ गर्नेहरुले मोटो रकम माग गरे । मागअनुसार रकम पुरा गर्न नसकेपछि भिडियोहरु सार्वजनिक भए तर ब्लाकमेलिङ गर्ने को हो ? खाेज्न र कारवाहि प्रकृयामा जान कसैले केहि बाेल्न सकेन । भिडियोमा नैतिकता गुमाए तर अपराध गरेका थिएनन । मानव तश्करी, श्रम शोषण गर्नेहरुलाइ र भिडियोमा नैतिकता गुमाउनहरुलाइ एउटै तराजुमा जोखेर हल्लै हल्ला मच्चाउदै मानव तस्करि, श्रमशोषण गर्नेहरुले खुलेआम छाति खोलेर बहसको विषय चलाए अनि अाफ्ना चल्लाहरू जम्मा गरेर हल्ला मच्चाए ।
प्रशंग बदलौ फेरि अर्कै हल्लाको –
यहाँ थुप्रै झल्लाहरुका हल्लाहरु चल्छन त्यो भन्दा पनि अझै फेसबुक त हल्लाहरु मच्चिने एउटा ठूलो माध्यम भएको छ । केहिदिन अगाडि पोर्चुगलको अध्यागमन विभागले आप्रवासिहरुलाइ खुला गरेको निति बन्द गर्यो भनेर गलत हल्ला मच्चाइयो । त्यहि हल्लाको पछि लाग्नेहरुले हल्लालाइ अझै मच्चाइरहे, त्यति बेला पिडित हुँदै काम खोज्न लागि परेकाहरु कामको कन्ट्याक किन्न आतुर भए । सोसल नं. निकाल्न सोसलको अफिस धाउनेहरुले सोसल विक्री गर्ने साइवार र दलालहरु धाउन धाले । सेफको प्रकृयामा हुनेहरुले वकिलकोमा धाउन थाले । थुप्रै नेपालीहरुलाइ हल्लै हल्लाले तनाव मच्चायो । हल्लाहरुबाट बच्नको लागि यहाँ आशा र सफल हुने सपना बुन्दै हल्ला पचाउन जान्नु पर्छ किनकि यो झल्लाहरुले हल्ला मच्चाउने शहर हो ।

फेसबुकमा हल्ला मच्चाउनेहरुका पनि थुप्रै परिचय नखुलाइएका आइडिहरु छन् उनिहरुलाइ हल्ला मच्चाउनुमा मजा लाग्छ । उनिहरुको यो समाजका लागि दिने योगदान नै त्यहि हो हरेक चोक चोकमा तिनै कृयाकलापहरु सुन्न पाइन्छ । ब्यवसायमा पाटनर विचका विवादहरु, कामदार र साहु विचका विवाद, लगायत चिया कफि गफका विवाद पनि तिनै आइडिले पोख्छन् ।

एउटा कामदार काम गर्दा बचेको १ घन्टाको समय पनि फेसबुकमा हल्ला मच्चाउनमा र समाजलाइ उपदेश दिनमा ब्यस्त हुन्छ । लाग्छ उसको १ घन्टाको समय झल्लाहरु र हल्लाहरुमा खर्चिरहेछ । समाजका लागि योगदान दिने हरेक व्यक्तिका सकरात्मक र राम्रा कुराहरु भन्दा नकरात्मक कुराहरु खोज्दै निरुत्साहित पार्ने काम त्यहि हल्लाले गरेको हुन्छ । ९९ राम्रा कामको अगाडि १ नराम्रो कामले उचाइमा पुर्याउछ । किनकि यो अाफ्ना चल्लाहरू लगाएर झल्लाहरुले हल्ला मच्चाउने देश हो ।

One Comment on “झल्लाहरुले हल्ला मच्चाउने देश पोर्चुगल- बाबुराम भुषाल “शील””

  • Riya wrote on 20 December, 2016, 19:24

    Baburam jee ko kura sarai chitta bujhyo malai. Pahile gatilo manchhe bhanne pani Portugal aaye swarthi lutera banda rahechha. Kasai sanga paisa chha bhane sath dinchhan paisa chalai aafno samasya tarchhan. Jaba firta dine bela hunchha ani dusmani suru. Biswas bhanne chij sakido rahechha yo des ma aaye pachhi. Jaslai help garyo tesle manasik tanab ra ghatiya smg haru garne garchhan. Aafulai jaruri parda 10 patak ph gari samadhan garne le aba firta magda lajchhana laune garchhan. Ani yo Byapari baneka 2 paisa ka Nepali arulai fasai bichma nafa khane dherai chhan. Nepal tira chhori manchhe kura katchhan bhanne suneko tara yeha ka chhora manchhe dherai jaso ko pesha nai baneko chha ariko kura katne.

    [Reply]

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु