कृपया एक पल्ट लाइक गरि सिमानापारी डट कमका ताजा विषयवस्तुहरू आफ्नो फेसबुकमा पाउनुहोस

CLOSE



शेर्पा किदुग पोर्तुगलको सातौ बार्षिक साधारणसभा सम्पन्न

पेम्बा गेल्बु शेर्पा – २५ डिसेम्बर/लिस्बोन – शेर्पा किदुग पोर्तुगलको सातौ बार्षिक साधारणसभा सफलतापुर्वक सम्पन्न भएको छ । पोर्तुगलको राजधानी लिस्बोनमा आयोजित सो सभाको बन्दसत्रले शेर्पा किदुग पोर्तुगललाई शेर्पा एशोसियशन पोर्तुगलमा रुपान्तरण गर्ने निर्णय समेत गरेको छ ।

किदुगका सचिव रिन्जी लामा शेर्पाले गत बर्षको डिसेम्बर २६ मा सम्पन्न किदुगको तेश्रो अधिवेशनबाट गठित कार्यसमितिले गरेको बार्षिक कार्य गतिविधिहरुबारे सचिवको प्रतिवेदन प्रस्तुत गर्दै शेर्पा किदुगलाई शेर्पा संघमा रुपान्तरण गर्न प्रस्ताव गरेका थिए । २००९ सालमा शेर्पा किदुग स्थापना हुँदा पोर्तुगलमा शेर्पाहरुको संख्या थोरै भए पनि अहिले त्यसको गुणत्मक वद्धि भईसकेको अवस्थामा संघमा रुपान्तरण भएर वृहत र दीर्घकालीन योजनाहरुका साथ संस्थालाई अगाडी बढाउनुपर्ने तथा शेर्पा संघ यूरोप, नेपाल शेर्पा संघ र अहिले छलफलमा रहेको विश्व शेर्पा संघसँग समेत सहकार्य गरेर अगाडी बढ्नुपर्ने अवस्थामा संघ नै उपयुक्त हुने भन्दै सचिव शेर्पाले प्रस्ताव गरेको थिए । उनले विश्वका धेरै देशहरुमा विगतमा किदुगबाट सुरु भएका संस्थाहरु अहिले संघमा रुपान्तर भएर क्रियाशिल रहेको उदाहरणहरु समेत दिएर प्रस्तावको औचित्य पुष्टि गरेकोले बन्दसत्रले सचिव शेर्पाको उक्त प्रस्ताव सहित कार्यगतिविधि तथा सांगाठानिक प्रतिवेदनलाई सर्वसम्मत पारित गरेको थियो । त्यसै गरी किदुगको कोषाध्यक्ष मिङग्युर्म शेर्पाको अनुमतिमा सचिव शेर्पाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पनि बन्दसत्रले सर्वसम्मत रुपमा पारित गरेको थियो ।

बन्दसत्र सकिए लगतै आयोजित घोषणासभाबाट बन्दसत्रले गरेका निर्णयहरुबारे सबैमाझ जनकारी गराईएको थियो । गैरआवसीय नेपाली सघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य रमेश कुमार गुरुङ प्रमुख अतिथि रहेको उक्त घोषणा सभामा किदुगबाट रुपान्तरित शेर्पा संघ पोर्तुगलको लोगो र व्यनरको समेत उद्घाटन गरेका थिए । लोगो र व्यानरलाई प्रमुख अतिथि रमेश कुमार गुरुङले औपचारिक रुपमा उद्घाटन गरी सार्वजानिक गरेका थिए । शेर्पा किदुग पोर्तुगलका अध्यक्ष आङ नुरी शेर्पाको अध्यक्षतामा आयोजित सो कार्यक्रममा गैर आवसीय नेपाली संघ पोर्तुगलमा अध्यक्ष भीम केसी कमल, उपाध्यक्ष सुनिल संगम, महासचिव सोमफुरी शेर्पा, आदिवासी जनजाति महासंघ पोर्तुगलका अध्यक्ष नरभुपाल राई, किरात समाज पोर्तुगलका अध्यक्ष गणेश याक्खा, तमु समाज पोर्तुगलका अध्यक्ष राजकुमार गुरुङ, नेपाल शेर्पा संघका केन्द्रीय सदस्य आङ छिरिङ शेर्पा, शेर्पा संघ यूरोपका सल्लाहकार पेम्बा शेर्पा, उपाध्यक्ष पेम्बाछिरी शेर्पा, महासचिव पेम्बा गेलु शेर्पा, हिमालयन शेर्पा सांस्कृतिक केन्द्र पोर्तुगलका अध्यक्ष आङ छिरिङ शेर्पा, किरात याक्थुम चुम्लुङका अध्यक्ष रिपुजङ्ग लिम्बु, तामाङ समाज पोर्तुगलका उपाध्यक्ष कुमार योन्जन, नारी समाज पोर्तुगलका कला राई लगायतका महानुभाहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा रुपान्तरित शेर्पा संघ पोर्तुगललाई आदिवासी जानजाति महासंघ पोर्तुगलका अध्यक्ष नरभुपाल राई, एनआरएन पोर्तुगलका अध्यक्ष भीम केसी कमल र एनआरएन आईसीसी सदस्य रमेश कुमार गुरुङले बधाई शुभकामना दिर्दै पोर्तुगलको नेपाली समाजहरु बीच शेर्पा किदुग पोर्तुगलले अहिलेसम्म खेलेको भुमिकाको प्रशंसा समेत गरेका थिए ।

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु