कृपया एक पल्ट लाइक गरि सिमानापारी डट कमका ताजा विषयवस्तुहरू आफ्नो फेसबुकमा पाउनुहोस

CLOSE



माओबादीलाई के आधारमा विस्वास गर्ने!!- काेमल पाैडेल

komalमाओबादीहरुले प्रजातन्त्र र राजनितिक अधिकार प्राप्त भैसकेको अवस्थामा नेपाली सुरक्षा निकाय मात्र होईन नेपाली जनता माथी हातीयार उठाए । त्यो समयमा उनीहरुलाई राजनितिक पाट्री खोल्न सङ्गठन बिष्तार गर्न र आफ्ना एजेण्डा लिएर समाजमा जान छुट थियो । शान्तिपुर्ण ढङ्गले सत्तामा पुग्ने बाटोको शुनिष्चित भएको अवस्थामा नेपाली युवालाई बन्दुक बोकाए र १७ , १८ हजारको सन्ख्यामा युवाको हत्या गरे कती बेपत्ता पारिए । शान्तसङ्ग बसेको समाजलाई तहस नहस पार्ने काम गरे । देशका सम्रचना भत्काए । चरम गरीबी र दुखमा बाचिरहेका नेपालीका गास खोसेर रकम सन्कलन गरी बिदेशबाट हातीयार खरिद गरी उनै नेपालीको हत्या गर्ने र अपाङ्ग बनाउने काम गरे । देशमा सधै बन्दको कारण देशले थेग्न नसक्ने गरी ब्यापार घाटा गराए ।
राजनितिकमा हत्या र हिम्साको सस्कार बसाले । खास देश र जनताको उज्वल भिविश्यको निम्ती काम गरेका हुन भने २०४७ सालको सबिधानले नेपाली जनताको मानव अधिकारको र समानताको शुनिष्चित गरिसकेको थियो । त्यसमा पनि दुइ तिहाइ साम्सदको समर्थनमा सम्सोधन गर्न सक्ने प्राब्धान थियो ।यस तर्फ ध्यान नै नदीइ सम्बिधान सभाको माग गरे । यो जनता र कुनै अरु पाट्रीको एजेण्डा नै होईन । बिद्रोह गरेरै देशलाई सम्बिधान सभामा लगे र गरीब जनताको पसिनाबाट सङ्कलन भएको खरब राजस्व स्वाह पारे । देशलाई अधोगती गराउदै गए ।
बैज्ञानिक शिक्षा, पेशागत शिक्षा, विकास र रोजगारबाट समाजलाई माथी उठाउनु पर्ने अनि अन्धविस्वासलाई चिर्न सक्ने जनशक्ती तयार गर्ने तर्फ ध्यान नदीइ समानताको नाममा जातीय राज्यको कुरा उठाए । अहिले २१ सौ सताब्दीमा एक देशको मानिस अर्को देशमा गएर शासन गरेर समाजको कल्याण गरिरहेको र सन्सारका नागरिक एउटै कानुन भित्र रहेर एउटै समाजमा समानताको शुनिश्चितता भैरहेको अवस्थामा एउटै कानुन भित्र सबैले एकानुभुत गरिरहेको अवस्थामा जातीय राज्यको माग गरे । नेपालको सामाजिक सम्रचनाको कुनै बिश्लेषण नै नगरी १०० भन्दा बढी जाती मिशृत बसोवास गरेको समाजलाई जातीय राज्यमा विभाजन गर्ने जस्ता अति अस्वभाविक र समाजको एकता भाड्ने एजेण्डामा जनता भिडाए र फेरी जनधनको क्षेती गराए । समाजबादीहरु क्षमताको विस्वास गर्छन र जनचाहनाको कदर गर्छन जस्को जे पढ्ने चाहना र क्षमता छ उसलाई समान प्रतिश्प्रधा गराइ निश्पक्ष ढङ्गले छनौट गरी पेशामा आबद्ध गराउने प्रणालीको विकास नै सब भन्दा उत्तम र प्रजातान्तृक अनि मानव अधिकारको पुण कदर गरिको प्रणाली हो । यस तर्फ ध्यान नदीइ जात जात बीचमा बिभेद हुने खालका एजेण्डा ल्याए । पेशगत शिक्षामा जोड दिएर सबैलाई रोजगारको अवसर प्रदान गर्ने र यी पेशाको तलबको ज्ञाबलाई न्युनिकरण गरी सबैलाई सम्मानित जीवन ज्युने बाताबरण सृजना गर्ने तर्फ कुनै ध्यान नै गएन बरु आरक्षण जस्ता कुराले पेशाको स्तरमा घात पुग्ने जस्ता एजेण्डालाई अगाडी ल्याए । जात बीचमा समानता होईन असमानताको जरो कानुनी रुपमा रोपे । जबकी २०४७ साल पुर्वको सम्बिधान मै जातीय असमानता हटाइसकिएको थियो । शिक्षाको अवसरबाट मात्र समाज बदलिन्छ कागजी रुपमा बदलेर मात्र हुँदैन भन्ने समेत बुझ्न सकेनन । नेपाली शिक्षा कस्तो छ नेपाली शिक्षको गुणा स्तरप्रती चासो देखाएनन एउटा सामाजिक पढाउने शिक्षकले अछुत भनिने जातको महिलालाई बोक्सिको नाममा चरम यातना दिएर सानो छोराको अगाडी हत्या गरेको असहनीय घटना घटेको धेरै दिन भएको छैन । समाजको बिश्लेषन नगरी, वास्तबीक नेपालको सामाजिक समस्या के हो ? नेपाली जनताले भोगिरहेको असजता र पीडा के हो ? भन्ने कुराको कुनै वास्ता नगरी अति तल्लो तहका र समाज झन भाडिने खालका एजेण्डामा जनतालाई लडाइ रहे । जसले सामाजिक एकतालाई नराम्रो गरी भत्काउने प्रयास भयो । त्यस समयमा जाती जाती बीच लडाइ गराइ फेरी अशान्ति मच्याए अनि जन धनको क्षति गराए । नेपालीहरु सचेत भएको कारण जातीय राज्य निर्मार्ण गर्न असफल भए पछी फेरी क्षत्रीय राज्य पाउनु पर्छ भनेर कुर्लन थाले ।
जातीय सङ्घीय राज्यको सम्बिधानमा ब्यब्स्था हुनुपर्छ भन्ने र हुनुहुँदैन भन्ने बीचको दुरी माओबादी जातीय राज्य बनाउने अडान नछोडे पछी बाबुराम प्रधान मन्त्री भएकै समयमा पहिलो सम्बिधान सभा भङ्ग गराए । यी असक्षम अदुर्दर्षी हुन वा नेपाली जनता माथी तिग्णम र भ्रम फैलाउन सफल हुन बुझ्न गाह्रो छ ।
दोस्रो सम्बिधान सभाले बडो सकसका साथ सम्बिधान पारित गरेको लगत्तै मधेशलाई उचाले र नेपाली जनताको दुखको रमिता हेरेर बसे । फेरी गरीब देशको धन र परिवारका युवाहरुको अनि सुरक्षाकर्मी जवानहरुको निर्मम अनि पाशबिक ढङ्गले ज्यान लिए कोही अपाङ बनाए । मान्छेको अपहत्ते गराइ हत्या गर्ने सस्कार दोहोरियो । मधेशको माग पुरा गराएर छोड्छौ भन्दइ प्रचण्ड कुर्लिए । मधेश नेपालको सब भन्दा सुबिधायुकत र बिकासीत क्षत्र हो । त्यस क्षत्रको तुलानामा हिमाली र पहाडी समाजले धेरै कष्ट भोग्न र पिछाडिएर बस्न बाध्य भएका छन । सबै क्षत्रको समानुपातिक बिकास द्वारा समाजलाई सुबिधा सम्पन्न गराउने र एक आपसमा शिक्षा, समान अवसर र अनुशासनबाट सतभाव सृजना गरी राष्ट्रीय एकता कायम तथा अभिबृद्दी गर्नु पर्ने कुराको पत्तै पाएनन ध्यान नै दिएनन । देशलाई हरेक हिसाबले कम्जोर पार्ने कृयाकलाप हुँदै गए । जनताको जीवन बिचलित पारियो । सुरक्षाको दृष्टिले, आर्थिक रुपमा, सामाजिक रुपमा समाज निकै कम्जोर हुँदै गयो ।
सम्बिधान पनि पारित भएको मधेश आन्दोलन पनि साम्य भैसकेको र राष्ट्र उठ्ने बाटो तय हुनै लागेको सन्केत मात्र आएको थियो । फेरी शनक चडो प्रधान मन्त्री बन्ने अनि विस्वासको मत फिर्ता लिएर प्रधान मन्त्री के पि ओलीलाई हटाएर आफु भए त्यही शनक ले अहिले फेरी सम्बिधान प्रयोग नहुँदै सम्सोधन गर्नु पर्‍यो रे त्यसमा पनि सबै उर्बरा र एतिहासीक क्षत्र एकातिर पर्ने गरी राज्यको सीमाङ्कन गर्नु पर्‍यो भन्ने एजेण्डामा बिबाद गरी अन्योल ग्रस्त पारिएको छ । यी राजनितिक नेता हुन वा अरु केही ड्रामा गरिरहेकाछन छुट्याउन गार्हो भैसक्यो ।
आधारभुत आवस्यकता परिपुर्ती गर्न नसकी पिरलिरहेका जनताका अगाडी फेरी धार्मीक एजेण्डामा महिनौ बिताए ।धार्मीक स्वतन्त्रताको शु निश्चितता हुनुपर्छ र कुनै हिसाबले समाजलाई कुनै धर्म परिवर्तनमा दवाव दिन नहुने र दिएमा कस्तो सजाए भोग्ने जस्ता कानुनको ब्यब्स्था हुनुपर्नेमा धार्मीक निरपेक्षता जस्ता शब्द जाल तेर्साएर अलमल पार्ने काम गरे ।
नेपाली समाजमा बढो ध्यान पुर्वक बनाइएका चाड पर्ब छन , जसले सबै नातागोता बीच सामाजिक समबन्धलाई निरन्तरता दिन्, मनोरन्जन दिन अनि मनका पीडा पोख्न उद्देश्यले विकसीत गरिएको बुझ्न सकिन्छ । पुर्खाले शुब्यब्स्थित गरेको सामाजिक सास्कृतिक मान्यता लाई कुनै ध्यान नै नदीइ बहिस्कार गर्ने । नेपाली समाजमा मनोरन्जन र भेटघाट हुने अवसर निकै कम हुन्छ किनकी बेला बेलामा नाच घरमा गएर नाच्ने चलन छैन । न रेष्टुरेण्टमा गएर वा घरमा जमघट भएर परिवारका सदस्यहरुको जन्मदिन मनाउने चलन छ । नेपालीको एक बर्षमा आउने यो सानो खुशी हुने अवसरलाई त्याग्ने जस्ता काम गरे ।
माओबादीका कुनै पनि एजेण्डाले जनताको समस्यालाई सम्बोधन गरेको छैन । बरु थप समस्याहरु झेल्न बाध्य पारिएकोछ । उदण्डता, अपराधको दण्ड हीनता, अराजकता, राजनितिकमा अपराधको सस्कार्, आर्थिक अधोगती, सामाजिक बिमता, जनशाक्तिको बिदेश पलायन र समाजमा असाह्य अपाङ्गता बढाउने काम यीनीहरुका सबै राजनिक एजेण्डा र गतिबिधिले गरेकोछ । हाल नेपालमा भएको अति न्युन उर्बरा भुमी जुन सबै नेपालीको गासको ब्यब्स्था गर्ने स्रोतको रुपमा रहेको मधेशलाई एक प्रदेश बनाएर पहाडी र हिमाली क्षत्रमा बसोवास गर्ने नेपालीको घाटी निचोर्ने एजेण्डामा कुर्लिरहेकाछन । कुन हिसाबले माओबादीलाई विस्वास गर्ने ? कसरी देश जनताको हीतमा छ भनेर समर्थन गर्ने ? यीनीहरुले देशलाई ५० बर्ष पछाडी धकेलेका छन । २१ सौ सताब्दीमा जनताको एजेण्डा बीना, जनताको माग बीना नेपालको कालो इतिहास बनाउने काम राज परिवारको हत्या यीनीहरुकै एजेण्डामा अनि सम्लग्नतामा भएको हो ।
मैले धेरै प्रयोग गर्ने गरेको मेरो प्यारो शब्द छ त्यो हो भूमिकाको प्रेम लभ अफ द रोल । कहिले काही देख्दै नदेखेका भेट्दै नभेटेका बिदेशका शासक अनि इतिहासका पात्रको भूमिका देखेर, पढेर माया र श्रदाले मन भरिन्छ उनीहरुको भूमिकालाई जुन भावले म लिन्छु त्यो हो भूमिकाको प्रेम वा भूमिकाको घृणा । भूमिकाले मानिसलाई विस्वास गर्न सकिन्छ, माया गर्न सकिन्छ श्रदा गर्न सकिन्छ अनि उनीहरुको भक्ति समेत हुन सकिन्छ तर माओबादीको देशको राष्ट्रीयता बलियो बनाउने र जनताको जीवन सुबिधा सम्पन्न् बनाउने, सुरक्षित बनाउने र सहजता सृजना गर्ने पक्षमा कुनै पनि मैले त्यस्तो सकारात्मक एजेण्डा अनि कर्म वा भूमिका भेटाउन सकिन कुन अर्थमा विस्वास गर्ने ? देशको अवस्था बुझेका, राष्ट्रलाई माया गर्ने समानतामा र मानव अधिकारमा विस्वास गर्ने, निस्वार्थी, सक्षम अनि सत्यको पछी लाग्नेहरु कसैले पनि माओबादीलाई समर्थन गर्न सक्ने देखिदैन ।

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु