पाेर्चुगल : भ्रम र यथार्थ -जनक बराल

नेपाल मा सम्बिधान जारि भएर लागु हुने क्रम मा विभिन्न पार्टी समूह र फरक जाति सम्प्रदाय का बीच एउटै मत बन्न नसकेर सङ्घियताको कारण देस नै टुक्रने पो हो कि भन्ने चासो र चिन्ता को कालो बादल नेपालि आकाश मा मडारिदै गर्दा त्यै स्वदेश को राजनीतिक अवस्था बाट आजित भएर बिदेश पलाएन भएका हामीहरु यता पोर्तुगल स्थित एउटा ओलिभ फार्म को कुनै कुनामा चिसो पानीमा भिज्दै थियौ । समुन्द्र को तटिय क्षेत्र जनवरी महिनाको चिसो सिरेटो अनी जोड सग भएको मुसल्धारे बर्षा ,यस्तो लाग्दै थियो शायद चिसो ले अब एक छीन मै रगत जम्छ होला ,त्यस्तो अवस्थामा पनि काम रोकिने कुनै सम्भाबना नै थिएन ,अनी त्यती बेला नेपाल को तस्बिर आँखा ओरिपरी नाच्न थाल्यो शायद हामी नेपालमा कुनै साहुको खेतमा हलो जोत्दै हुन्थ्यौ भने पनि गोरु फुकाएर काम बन्द हुन्थ्यो होला तर यहाँ परिस्थिती फरक थियो , न त काम रोकियो न त हामी काम गर्न सकिँदैन भन्न सामर्थ्य राख्थ्यौ । म यो प्रसँग यस अर्थ मा जोड्दै छु कि ति सबै नेपाली उर्जासिल युबा कसैको बहकाउमा वा झुठो प्रलोभन मा परेर यहाँ आएका भने थिएनौ न त नेपाल सरकार को कुनै निकाय, बैदेसिक रोजगार बिभाग वा श्रम मन्त्रालए को स्विकृति लिएर आएका थियौं । कोही बेलायत लगायत अरु सेन्जेन मुलुकमा पढ्न आएका बिद्यार्थी थिए, कोही टुरिष्ट भिसामा घुम्न आएर यतै बसेका थिए त कोही मानब तस्करीहरु मार्फत ज्यान हत्केलामा राखेर शरणार्थीको रुपमा युरोप छिरेका मान्छेहरु को सम्योजन थियो त्यो ठाउँ मा । जो जसरी आए पनि ति सबै २० देखी ४० बर्ष भित्र का अनी थोरै मा १० देखी २० लाख सम्म लगानी गरेर आएका जुझारु, शिक्षित अनी नेपाल मै केही गर्न सक्ने जनसक्ती थिए । कोही कसैले सुनाएका गुलिया कुराको आधार मा आए होलान कोही सुन्दर जिबन र आफ्नो अनी आफ्नो परिवारको उज्वल भबिस्य को खोजीमा आए होलान जो जे जसरी आए पनि सबैको एउटै उद्देश्य छ युरोपियन जिबन बाच्ने रहर र रातो पास्पोर्ट को सपना तर कसैले पनि सोचेका थिएनन होला शायद युरोप भनेको यस्तो पनि हुन्छ भनेर । सार्है कठिन र जोखिम पूर्ण काम, न्यून तलब, आँफै खान बस्न पर्ने बाध्यता, प्रतिकुल हावापानी का बाबजुद दिनको १२ घण्टा खटिनु पर्ने बाध्यता सबैको दैनिकी बनेको छ यहाँ ।

आदर्श ले जिन्दगी चल्दो रहेनछ, देश भक्ती ले खाली पेट भरिदो रहेनछ । स्वदेश मा केही गरौ काम गर्ने बातावरण छैन अमेरिका जाउ, जान सकिदैन, खाडी मुलुक जान मन छैन यसकारण मध्यम बर्गिय नेपाली युबाको रोजाइमा युरोप पर्दो रहेछ | धेरै लाई लागेको हुन्छ युरोप भनेको युरोप नै हो, युरोप छिरे पछी जिन्दगी आँफै स्वर्ग बन्छ । युरोप को टेक्नोलोजी, उपलब्ध सुबिधा र यहाँ को जिबन पद्दति को बारेमा मानिस ले हरेक माध्यम बाट सुनेको हुन्छ अनी जती सुकै ठुलो जोखिम उठाएर होस वा मोटो रकम तिरेर किन नहोस मानिस बिदेसिन लालायित बन्छ अनी सुन्दर जिबन जिउने सपनामा पलायन हुन्छ । गन्तब्य मा पुग्ने नपूग्ने कुनै निश्चित छैन, जाने बाटो निश्चित छैन, पठाउने मान्छे सरकारी मान्यता प्राप्त हुँदैन, जाने प्रकृया कानुनी हुँदैन, पुगिन्छ पुगिदैन कुनै ठेगान नहुँदा नहुँदै पनि ठुलो आर्थिक जोखिम र जिन्दगी नै दाउमा लगाएर कयौ नेपाली सुन्दर भबिस्य को खोजिमा युरोप छिरेका छन । र मानिस जब गैरकानुनी वा कानुनी बाटो बाट यहाँ अाइपुग्छ, 2/4 दिन त झिलिमिली मा रमाउला जब यथार्थ बुझ्छ अनी निद्रा बाट बिउँझीयझै झसङ्ग हुन्छ |
janak
युरोप का देसहरू अझै बिशेष गरी सेन्जेन मुलुक हरु मध्य पोर्तुगल बिशेष गरी बिदेसी आप्रबासी कामदार र गैर कानुनी हिसाब मा छिरेका मान्छेहरुका लागि सुरक्षित गन्तब्य मानिदो रहेछ । पोर्तुगल मै आएर काम गर्न को लागि नेपाल देखी हजारौ ब्यक्ती माल्टा, पोल्यान्ड, नेदरल्यान्ड जस्ता मुलुकमा लाखौं खर्चेर स्टुडेन्ट भिसामा आउँदा रहेछन अनी हवाइ जहाज, बस वा पानी जहाज हुँदै पोर्तुगल प्रबेश गर्दा रहेछन । पोर्तुगल को बिधमान कानुन अनुसार ६ महिना काम गरेर सरकार लाई ट्याक्स तिरेको खन्ड मा आस्थायी बसोबास को अनुमती (TR) पाइदो रहेछ भने सेन्जेन कै अन्य मुलुक मा वोर्क पर्मिट पाउन गार्हो हुने र गैरकानुनी हैसियत मा बस्न गार्हो हुने हुँदा नेपाली लगायत इन्डिया ,पाकिस्तान, बङलादेश लगायत अन्य एसियाली मुलुकका ब्यक्ती को लागि पनि अाकर्षण बनेको रहेछ ।

दिन दुगुना रात चौगुना भनेझै अन्य युरोपियन मुलुक तथा नेपाल बाट धेरै नेपाली पोर्तुगल भित्रने क्रम बढ्दो छ । जसरी काठमान्डौ को रत्नपार्क मा सुन्दर भबिस्य खोज्न गाउ गाउ जिल्ला जिल्ला बाट राजाधानी पसेका बेरोजगार हरुको जमघट हुन्छ, पोर्तुगल को पनि मार्टिम मुनिज तथा रोसियो जस्ता पार्क हरुमा दिनहु बेरोजगार नेपाली को घुइचो लाग्छ ।

स्वदेश मा बेरोजगार हुनु र १५/२० लाख लगानी गरेर पैसा कमाउन आएको ठाउमा बेरोजगार हुनु को पिडा बयान नगरीसक्नु को हुदो रहेछ । मोटो रकम को लगानी, सावा उठ्ने त कुरै छाडौ ब्याज सम्म तिर्न पनि नसक्ने अवस्था यहाँको तितो यथार्थ हो । आफ्नै लगानी गरेर आएका लाई त ठिकै होला, साहु सग सय कडा २ मा ऋण काटेर आएका लाई त धेरै मुस्किल पर्न सक्छ । यहाँ बिदेसी अदक्ष कामदार ले पाउने काम भनेको कृषि तिर ओलिभ झार्ने, सुन्तला टिप्ने, सल्लो को फुल टिप्ने, रसबरी, स्ट्रबरी तथा होटेल लाइन मा तल्लो स्तर को काम नै हुन जुन काम असाध्यै गार्हो र कमाइ खान बस्न पुग्ने खालका मात्रै हुन्छन । नेपाल बाट मोटो रकम लगानी गरेर आएर पनि यता आएर लगानी उठाउनु त परको कुर उल्टै घर बाट पैसा मगाउने पनि कयौ छन । आप्रबासी काम्दार को बारेमा यहाँको सरकार ले बेला बेला मा गर्ने नियम र कानुन को परिवर्तन पनि कामदार को हित मा नहून सक्ने कुरा पनि भुल्न नहुने पाटो हो । पोर्तुगल प्रबेश गरे पछी सहजै रुपमा काम पाइने र ६ महिना को ट्याक्स तिरे पछी सहजै रुपमा रेसिडेन्सी कार्ड पाइन्छ भन्ने कुरा पनि गलत कुरा हो । सुरुमा धेरै कानुनी प्रकृया पुरा गरे पछी मात्र काम गर्न पाईने र ६ महिना मै कार्ड बन्ने ग्यारेन्टी पनि नहूदो रहेछ । बर्सौ सम्म काम गर्दा पनि रेसिडेन्सी नपाएका कयौ उदाहरण छन ।

आजभोलि लिस्वाेनलाइ नेपालीहरूले शहनसिलताको सहर पनि भनेर विश्वास पनि गर्न थालेका छन् किनकी यहा धेरै कुरा सहन नसक्ने मुटु भएको मान्छे बाच्नै सक्दैन । सन २०१६ नेपालि समुदाय र सम्पुर्ण आप्रबासी नया कामदार को लागि दुखद बर्ष रह्यो । विभिन्न कारण ले ६ जना नेपालिले यो परदेसी भूमिमा मृत्यु बरण गर्न पुगे भने बाकि को लागि पनि सहज हुन सकेन ।

२०१६ को सुरुवाती अवस्था बाटनै सोसियल सेगुरान्सा बन्द प्राय जस्तै रह्यो जसको अभाबमा न काम गर्न मिल्छ न त ट्याक्स तिर्न नै । न त नया ले सहज रुपमा सोसिएल सेगुरान्सा पाय न त अस्थायी बसोबास को अनुमति (TR) को लागि फ़िङ्गरप्रिण्ट गरेका ले नै कार्ड पाय । केहि यस्ता उदाहरण पनि छन् जसले २५ महिनाको ट्याक्स मा फ़िङ्गरप्रिण्ट त गरे तर १५ महिना सम्म पनि अझै कार्ड पाउन सकेका छैनन् । चाहे सेगुरान्सा नआयर होस , कार्ड नआयर होस , फ़िङ्गरप्रिण्ट को लागि जादा २० दिन भित्र मा देश छोडेर जाने चिट्ठी पायर होस् सबै अन्योल र निरासामा डुबेका छन् भने जसको रेसिडेन्सी कार्ड छ उनीहरुलाई पनि काम गर्न , पैसा कमाउन सहज छैन । एक बर्ष मा ९ महिना काम पाउन पनि गाह्रो छ , दुखको काम थोरै कमाइ , बेरोजगार हुन पर्ने अवस्था , घर परिवार का आवस्यकता र चाहना , आफु सगैका साथि भाइ को दुरावस्था सबै देख्दा शब्द मा ब्यक्त गर्न नसकिने तनाब छ ।

अर्को समस्या यो पनि छ कि त्यस को कारण हामि आफै पनि हौ । नेपाल बाट एक जना मान्छे ठुलो रकम रिण गरेर यहा आउछ , सोचे जस्तो हुदैन उ निरास बन्छ तर पनि नेपाल मा भएका आफन्त र साथीभाई लाइ बढाइ चढाइ बेलिबिस्तार गर्छ अनि नया मान्छे आउन लालायित बन्छ , एक जना ओलिभ मा काम गर्ने साथि ले पोर्तुगल मै भएको अर्को साथि लाइ म रेस्टुरेण्ट मा काम गर्दै छु भन्छ , यहा सम्म भेटियो कि जसले सेफ ले दियको अपोइन्ट्मेन्ट मा बिस दिने पायको छ उसले समेत नेपाल मा सबै लाइ कार्ड का लागि फ़िङ्गरप्रिण्ट भयो भनेर ढाट्छ । धेरै नेपालि का खेति कम्पनि छन् , तिनै नेपालि ले खोलेका खेति कम्पनि ले नेपालि कामदार लाइ नै हदै सम्मको शोषण गरेका छन । समस्या बग्रेल्ती छन् निराशा चरम छ । त्यहि बीच मा पनि केहि उदाहरणिय काम गर्ने र सफल नेपालि ब्यबसायी पनि नभयका भने होइनन । केहि अनलाइन मा आय जस्तो पोर्तुगल मा नेपालीको रुवाबासी र भागाभाग भयको भने पक्कै होइन । सम्भाबना सगै चुनौती धेरै छन । कोहि नया व्यक्ति पोर्तुगल आउने सोच मा हुनुहुन्छ भने यथार्थ सबै बुझेर आउदा राम्रो हुनेछ नत्र चोक्टा खान गायकी बुडी झोल मा डुबेर मरी भने जस्तो हुन सक्छ ।

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु