यस्तो पनि यूरोप हुन्छ ?-जनक वराल

janak-baral

एक जना मित्र ले मलाइ सोधे ‘बराल जी यो पोर्चुगल सेन्जेन अझै युरोप हो र?’ मैले भने हो त युरोप नै हो अझै सेन्जेन को त सस्थापक शक्तिशाली मुलुक हो, किन र? उनले लामो श्वास फेर्दै भने ‘यस्तो पनि युरोप हुन्छ?’ न कुनै नियम कानुन छ, न कुनै सिस्टम छ, न कमाई छ, न कामदार को हित मा कुनै कानुन छ, अझ आक्रोसित हुदै उनले भने ‘यहाँ मान्छेको जिन्दगी बर्बाद भैसक्यो, ढिलोमा ९० दिनमा दिन पर्ने रेसिडेन्सी कार्ड १५ महिना भैसक्यो आउने नआउने अत्तो पत्तो छैन, कि बरु सरकार ले कार्ड दिन्न भन्दिए एउटा सुर गर्न हुन्थ्यो, यस्तो अन्योल जिन्दगी अरु कति बाच्ने?’
म निसब्द भए। म सँग उनको प्रश्नको कुनै जबाफ थिएन।
पोर्चुगलस्थित नेपाली समुदायका अनेक किस्साहरु छन्। सुन्दा र सुनाउँदा पनि रमाइलो लाग्ने किस्साहरु। सपनाको सुन्दर डुङ्गामा सबार मानिसहरुको भिड, फरक फरक परिबेस, फरक उदेश्य फरक गन्तब्य तर सबै सपनाका जहाज डुब्ने भए पछि सबै को गन्तब्य नभेटिने निश्चित भए पछि जबर्जस्त एउटै डुङ्गा चढेका यात्री जस्ता लाग्ने जसलाइ हेरेपनि।
नेपालीहरु पोर्चुगलनै जाने भनेर कोहिपनि आएका होइनन। कोहि ब्रिटिस पासपोर्ट पाउने धुन मा बेलायत मा हराएका थिय यता आए। कोहि डेनमार्क को पी आर पाउन उतै मस्त थिए, भएन एता आए। कोहि फ्रान्स बेल्जियममा सरणार्थी दाबी गर्न गएका थिए, काम बनेन एतै आए। अन्तत नियति सबलाइ पोर्चुगल ल्याएर छोडिदियो।
नेपालीमा एउटा उखान छ ‘ठकुरी को गाउँमा सबै राजा।’ पोर्तुगल ले पनि सबैलाइ राजा बनाएको छ। अझ यसरी बुझौ सबैलाइ सबै भन्दा बढी जान्ने सुन्ने बनाएको छ। सबै पत्रकार, सबै ब्यबसायी, सबै नेता, सबै बिश्लेषक।
पोर्चुगल पुगेपछि सबैलाइ ब्यबसायी हुने रहर जाग्ने। पोर्चुगल आयो, यहाको परिस्थिति ब्यबसायिक बाताबरण केहि नबुझी मिनी मर्कादो खोल्यो। क्याफे, फ़्रुटेरिया खोल्यो। ‘आम्दानी अठन्नी खर्च रुपैया हुन्छ’ अनि ६ महिना नपुग्दै फलानो पसल बिशेष कारण बस बिक्रिमा भन्ने सुचना फेसबुकमा पोस्ट गर्यो।
शहरमा ब्यबसाय भन्दा गाँउ तिर खेतीमा काम गर्ने एजेन्सी बग्रेल्ती खुलेका छन। नेपालीले कम्पनि खोल्छन। नेपालीलाइ नै काम दिन्छन। महिना भरी काम गर्यो अन्तमा घर भाडा, बिजुली बत्ती , पानी, ट्याक्स, इन्सुरेन्स, मेडिकल विभिन्न शिर्सकमा तिर्दा तिर्दै हातमा लाग्यो शुन्य। कठै, पोर्चुगलका नेपालिहरुको जिन्दगी।
पोर्चुगलमा सबै भन्दा सजिलो काम हो फेसबुके पत्रकारिता। आफ़ैले आफैलाई पत्रकार भन्यो। नाम अर्कै छ। फोटो छैन, केटा हो कि केटी पत्तो छैन। समाचार को श्रोत के हो, समाचार कति आधिकारिक हो, त्यस को प्रभाब र अरुमा असर के पर्छ बुझ्नु छैन, कुनै अध्यारो कुनाबाट फेसबुकमा पोस्ट गर्दियो, काम सकियो।
जातीय राजनीति पनि निकै मौलायको छ पोर्चुगलमा।एउटै जातका पनि २/३ थरि संगठन छन। दर्शक श्रोता न्यून भए पनि सास्कृतिक कार्यक्रम भने निकै हुने गर्दछन। बेला बेला विभिन्न राजनैतीक दलका नेता आउनु त सामान्य कुरा भैहाल्यो। परदेस मै भए पनि विभिन्न राजनीतिक दलका झण्डा बोक्नेको कमी छैन ।
आर्थिक चलखेल र कारोबारका कारण धेरै बिबाद सतहमा आउने गर्छन। व्यक्तिगत लेनदेन र हिसाब किताब को दोहोरी सामाजिक संजालमा चल्छ। अनि सबै रमिते हुन्छन। एउटा बंगाली को नचलेर बन्द रहेको पसल एक जना नेपालीले कमिसनको लोभमा अर्को नेपालीलाइ किन्न प्रेरित गर्छ।
पोर्चुगलमा घर कन्ट्र्याक लिएर घरमा मान्छे राख्नु झन्झटिलो काम त हो तर पनि केहि मानिस सानो ठाउमा धेरै मान्छे कोचेर फाइदा कमाउन तिर पनि लागेकै छन। खेतीमा काम गर्ने साथीले ओकिलको मा डकुमेन्टका साथ बुझाइदिन पठाएको २०० युरो लियर सगै काम गर्ने साथी सम्पर्क बिहिन भैदिन्छ। यस्तै छ पोर्चुगल।
पोर्चुगल अन्य देशहरुभन्दा बिशेष यस मानेमा छ कि यहाँ फरक मुलुककालागी हिडेका मानिसहरुको बिचारको जमघट छ। जस्तो कि जापानमा जापानकै लागि भनेर मान्छे छन। अमेरिका पुगेकाहरु अमेरिकानै जाने भनेर पुगेका नेपालीहरु छन्। अस्ट्रेलियाकै लागी भनेर उडेका नेपालीहरु त्यता छन्। तर पोर्चुगलमा आउने नेपालीहरु गन्तब्य बिराएर आएका नेपालीहरु हुन। अन्तै हिँडेर यहाँ पुगेकाहरुको सँख्या धेरै छ त्यसैले धेरै बिचारहरु छन।

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु