कृपया एक पल्ट लाइक गरि सिमानापारी डट कमका ताजा विषयवस्तुहरू आफ्नो फेसबुकमा पाउनुहोस

CLOSE



नेपाली बच्चाको पोर्चुगलको बेवीकेयर स्कुलमा मृत्यु

baby-1लिस्बोन, भक्तपुर, दुहाकोट घर भै विगत डेढ बर्षदेखी पोर्चुगलको लिस्बोनमा बस्दै आएका दम्पत्ति विनोद धिमाल र अम्बिका धिमालका आठ महिनाका छोरा अविरल धिमालको लिस्बोनको बेवीकेयर स्कुल (डा.सालगुयरियो दि अल्मेदा )मा सोमबार मृत्यु भएको छ ।

बच्चाको मृत्युबारे हालसम्म रहस्य खुल्न सकेको छैन । अविरल स्कुल जानु अगाडी कुनै बिरामी नभएको तन्दुरुस्त अवस्थामा नै स्कुल गएको र पत्याउनै नसकिने गरि यस्तो घटना घटेको परिवार श्रोतले बताएको छ ।

बच्चाको मृत्यु स्कुल समयमा भएकोले मृत्युबारे थप अनुसन्धान भैरहेको छ । यतिबेला शव पुलिस नियन्त्रणमा सेन्टजोसेफ अस्पताल शव गृहमा रहेको र आज परिवारलाइ अन्त्यष्ठि ब्यवस्थापन एजेन्सी मार्फत जिम्मा लगाइने श्रोतले जनाएको छ ।

बच्चाको दाहशंस्कारका लागि करिब दुइलाख नेपाली रुपैया लाग्ने बताइएको छ ।

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु