जन सम्पर्क समितिकाे अध्यक्षका लागि तिलक ग्रैरेकाे उमेदवारी
जुलाइ ७, लिस्वोन,
नेपाली कांग्रेसको प्रवासी भातृ संगठन नेपाली जन सम्पर्क समिति पोर्चुगलको आगामि कार्यकालको नेतृत्वका लागि तिलक प्रसाद गैरेले आफ्नो उमेदवारी घोषणा गरेका छन् । गैरेले अधिवेशनको तयारी सँगै आगामि कार्यकालमा सभापतिको लागि आफुलाइ प्रत्यासीका रुपमा अगाडि बढाएका छन् । नेपाली जन सम्पर्क समिति पोर्चुगलका विभिन्न गतिविधिमा संलग्न भइ सामाजिक कृया कलापमा समेत सकृय रुपमा रहेको बताउदै आएका गैरेले आफुले सभापतिको लागि उमेदवारी घोषणा गरेको जनाएका छन् ।
आगामि जुलाइ २३ तारिकका दिन हुने समितिकोे पाँचौ अधिवेशनको लागि ब्यापक तयारी भइरहेको छ ।
समितिको गत २२ जुनमा बसेको बैठकले यही जुलाई २३ तारिखका दिन पाँचौ अधिबेशन गर्ने निर्णय गरेको हो ।
पोर्चुगलमा २००६ मा स्थापना भएको समितिमा दुइ कार्यकालको नेतृत्वमा पुर्ण हमाल निर्विरोध निर्वाचित भएका थिए भने पछिल्लो दुइ कार्यकालमा लक्ष्मीप्रसाद सापकोटा पनि निर्विरोध नै निर्वाचित भएका थिए ।
विगत लामो समय देखि पोर्चुगलका विभिन्न सामाजिक र सेवा मुलक कृया कलापमा सक्रिय रहदै आएका गै्ररेको नाम जनसर्म्पर्क समितिमा आवद्ध नेपालीहरुमाझ पछिल्लो समयमा निकै चर्चामा रहेको छ । उक्त समितिको वर्तमान कार्यसमितिमा समेत उपाध्यक्षको सफल जिम्मेवारी निर्वाह गरिसकेका गैरे पोर्चुगलमा बसोबास गर्ने नेपालीहरु माझ राम्रो छविका सामाजिक अभियन्ताका रुपमा चिनिदै आएका छन् ।
गैरेले विगतमा गै्रर आवासिय नेपाली संघमा समेत आवद्ध भइ सामाजिक कृयाकलापमा सकृय भूमिका निर्वाह गर्दै आइरहेका छन् । पोर्चुगलमा पछिल्लो समय नेपालीहरुको बढ्दो जनसंख्यासँगै लिस्वोन वाहिर रहेका नेपालीहरुमा समेत गैरै ले नेपालीहरुका समस्या समाधानलाइ सहजिकरण गर्दै आइरहेका छन् ।
* नेपाली नेपाली विचमा बढेको दुरी घटाएर आपसि प्रगाढ सम्वन्ध सँगै, सहयोग आदान प्रदानका लागि ।
* नेपालीहरुले भोग्दै आइरहेका हर तरहका समस्याहरुलाइ उपयुक्त विकल्पको खोजी गर्नका लागि ।
* जानकारी नभएर वा गलत जानकारी या सूचनाका कारणले सिर्जित हुँदै आएका समस्याहरु उपर सही सूचना र जानकारीहरुको खोजि गरी भोलिको नेपालीजनको यात्रा सहज बनाउनका लागि ।
* नेपाली बाल बालिकाहरुलाइ आफ्नो सस्कृति र नेपाल प्रतिको माया र मोह जगाउने उत्साह वर्द्धक कार्यक्रम आयोजनाका लागि ।
* विभिन्न दुर्ब्यसनि फसेका नेपालीहरुलाइ सचेतना मुलक कार्यक्रमहरु आयोजना गर्नका लागि
* पोर्चुगलमा आएर नैराज्य जिवन विताइरहेका नेपालीहरु माझ जनचेतना र संर्घष्ाशील र रोजगार मुलक कार्यक्रम निर्माणका लागि
* पोर्चुगलमा भएका नेपालीहरु मध्ये आधा भन्दा बढि जन संख्या लिस्वोन भन्दा बाहिर रहेको छ । उनिहरु माझ पनि संगठनको आवश्यकताको महसुस गराइ जन सर्म्पर्क समितिका क्षेत्रिय समितिहरु विस्तार गर्नका लागि ।
* विद्यालय तथा उच्च मावि तह पढ्दै गरेका विद्यार्थी बाबु नानीहरु विदेशी सस्कृतिको वहकाउमा परेर या कुसंगतका कारणले दब्यसनि तर्फहोमिदै गरेको तिति यथार्थतालाइ बेलैमा पहिचान गरी उपयुक्त समाधान तर्फ लैजानका लागि ।
तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्
Write Your Comment
थप हेडलाइनहरु
- (कबिता) सम्झना -एम पि अर्याल
- ओ स्कुटीवाली !
- मुन्नीको परपोज स्टोरी-दीपकराज भण्डारी
- बस्नु है पर्खाइमा- सुस्मी मगर
- गजल- सुस्मी पुलामि मगर
- देशभक्ति ! — दीपेन्द्र के।सी
- गज़ल -कोमल भट्ट
- Script
- नाकाबन्दीको समर्थनमा — दीपेन्द्र के.सी.
- सुन्न चाहदिन गुुलामी भाषाहरु — दीपेन्द्र के.सी.
- हामी फर्कन्छौं लालबावु महोदय !— दीपेन्द्र के.सी.
- गजल- कोमल भट्ट
- बरु मलाई केही हात जमिन देउ भाइ।-फर्वान रायमाझी
- प्रवास – अञ्जान काइँला
- बलात्कार-दीपेन्द्र के.सी.