जन सम्पर्क समितिकाे अध्यक्षका लागि तिलक गैरेकाे उमेदवारी

जुलाइ ७, लिस्वोन,
नेपाली कांग्रेसको प्रवासी भातृ संगठन नेपाली जन सम्पर्क समिति पोर्चुगलको आगामि कार्यकालको नेतृत्वका लागि तिलक प्रसाद गैरेले आफ्नो उमेदवारी घोषणा गरेका छन् । गैरेले अधिवेशनको तयारी सँगै आगामि कार्यकालमा सभापतिको लागि आफुलाइ प्रत्यासीका रुपमा अगाडि बढाएका छन् । नेपाली जन सम्पर्क समिति पोर्चुगलका विभिन्न गतिविधिमा संलग्न भइ सामाजिक कृयाकलापमा समेत सकृय रुपमा रहेको बताउदै आएका गैरेले आफुले सभापतिको लागि उमेदवारी घोषणा गरेको जनाएका छन् ।
आगामि जुलाइ २३ तारिकका दिन हुने समितिकोे पाँचौ अधिवेशनको लागि ब्यापक तयारी भइरहेको छ ।
समितिको गत २२ जुनमा बसेको बैठकले यही जुलाई २३ तारिखका दिन पाँचौ अधिबेशन गर्ने निर्णय गरेको हो ।
पोर्चुगलमा २००६ मा स्थापना भएको समितिमा दुइ कार्यकालको नेतृत्वमा पुर्ण हमाल निर्विरोध निर्वाचित भएका थिए भने पछिल्लो दुइ कार्यकालमा लक्ष्मीप्रसाद सापकोटा पनि निर्विरोध नै निर्वाचित भएका थिए ।
tilak gaire
विगत लामो समय देखि पोर्चुगलका विभिन्न सामाजिक र सेवा मुलक कृया कलापमा सक्रिय रहदै आएका गै्ररेको नाम जनसर्म्पर्क समितिमा आवद्ध नेपालीहरुमाझ पछिल्लो समयमा निकै चर्चामा रहेको छ । उक्त समितिको वर्तमान कार्यसमितिमा समेत उपाध्यक्षको सफल जिम्मेवारी निर्वाह गरिसकेका गैरे पोर्चुगलमा बसोबास गर्ने नेपालीहरु माझ राम्रो छविका सामाजिक अभियन्ताका रुपमा चिनिदै आएका छन् ।

यहाँका प्रशासनिक अप्ठ्याराहरुमा परेका साधारण स्तरका देखि लिएर भाषागत कठिनाइमा परेका नेपालीहरुलाइ साथ दिँदै आएका गैरेलाइ अग्रज देखि नयाँ सदस्यहरुले समेत खुलेआम नै ब्यापक समर्थन रहेका कारण पनि समितिको अध्यक्षमा आफु दावेदार भएको बताएका छन् ।

गैरेले विगतमा गै्रर आवासिय नेपाली संघमा समेत आवद्ध भइ सामाजिक कृयाकलापमा सकृय भूमिका निर्वाह गर्दै आइरहेका छन् । पोर्चुगलमा पछिल्लो समय नेपालीहरुको बढ्दो जनसंख्यासँगै लिस्वोन वाहिर रहेका नेपालीहरुमा समेत गैरै ले नेपालीहरुका समस्या समाधानलाइ सहजिकरण गर्दै आइरहेका छन् । साथै गैरेले पाेर्चुगलकाे जन सम्पर्क समितिलाइ केन्द्र देखि तल्लाे निकाय सम्म अापसि समन्वयकाे लागि र संगठनलाइ बलियाे साथै विश्वमै नमुना संगठन बनाउनकाे लागि पनि अाफुले नेतृत्व गर्न चाहेकाे बताएका छन ।

के का लागि त जनसम्पर्क समितिमा गैरेको नेतृत्व ?

* नेपाली नेपाली विचमा बढेको दुरी घटाएर आपसि प्रगाढ सम्वन्ध सँगै, सहयोग आदान प्रदानका लागि ।
* नेपालीहरुले भोग्दै आइरहेका हर तरहका समस्याहरुलाइ उपयुक्त विकल्पको खोजी गर्नका लागि ।
* जानकारी नभएर वा गलत जानकारी या सूचनाका कारणले सिर्जित हुँदै आएका समस्याहरु उपर सही सूचना र जानकारीहरुको खोजि गरी भोलिको नेपालीजनको यात्रा सहज बनाउनका लागि ।
* नेपाली बाल बालिकाहरुलाइ आफ्नो सस्कृति र नेपाल प्रतिको माया र मोह जगाउने उत्साह वर्द्धक कार्यक्रम आयोजनाका लागि ।
* विभिन्न दुर्ब्यसनि फसेका नेपालीहरुलाइ सचेतना मुलक कार्यक्रमहरु आयोजना गर्नका लागि
* पोर्चुगलमा आएर नैराश्य जिवन विताइरहेका नेपालीहरु माझ जनचेतना र संर्घषशिल र रोजगार मुलक कार्यक्रम निर्माणका लागि
* पोर्चुगलमा भएका नेपालीहरु मध्ये आधा भन्दा बढि जन संख्या लिस्वोन भन्दा बाहिर रहेको छ । उनिहरु माझ पनि संगठनको आवश्यकताको महसुस गराइ जन सर्म्पर्क समितिका क्षेत्रिय समितिहरु विस्तार गर्नका लागि ।
* विद्यालय तथा उच्च मावि तह पढ्दै गरेका विद्यार्थी बाबु नानीहरु विदेशी सस्कृतिको वहकाउमा परेर या कुसंगतका कारणले दब्यसनि तर्फहोमिदै गरेको तिताे यथार्थतालाइ बेलैमा पहिचान गरी उपयुक्त समाधान तर्फ लैजानका लागि ।
* एनअारएनसँग समन्वय गरि विशेष प्रभावकारी कार्यक्रमहरू गर्नका लागि

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु