पोर्चुगलमा नेपालीकाे नयाँ शैलिको ब्यवसाय

लिस्वोन, जुलाइ ८-
पोर्चुगलको लिस्वोनमा नेपालीहरुको परमपरागत शैलिको ब्यवसाय भन्दा विलकुलै नयाँ शैलिको ब्यवसाय सुरु भएको छ । लामो समयको मेहनत पछि ब्यवसायि ताम रामतेलले लिस्वोनमा शनिवार देखि जिम कल्वबको सुरुवात गरेका छन् ।pumping iron
उक्त जिम कल्वको नाम ´पम्पिङ आइरन जिम´ रहेको छ । क्लवमा कार्डियो, बडि विल्डिङ, जुम्बा, योगा, सोना, मसाज, थेरापिक जस्ता सेवाहरु रहेका छन ।
ब्यवसायिक सुरुवात मै करिव दुइ करोड रुपयाँकाे लगानिमा रामतेलले उक्त ब्यवसायको सुरुवात गरेका हुन । पोर्चुगलमा नेपालीहरुका थुप्रै ब्यवसाय भए पनि मोटो लगानिमा नयाँ शैलि र नयाँ शेाचका साथ ब्यवसाय सुरुवात गर्ने उनि जस्ता नेपाली विरलै भेटिन्छन् ।

पोर्चुगलमा नेपालीहरुका रेस्टुरेन्ट, मिनि मार्केट, साइवर, ट्रावल, कफि पसल, शैलुन, ब्युटिपार्लर, मनि ट्रान्सफर जस्ता थुप्रै ब्यवसाय भए पनि अति आर्कषक र नयाँ शैलिबाट सुरुवात गरिएको यो पहिलो ब्यवसाय हो ।

लिस्वोनको आन्जोस स्थित रहेको पम्पिङ आइरन जिममा उद्घाटनको समायावधिमा विषेश छुट सहित सेवा सुविधाहरु रहेको सन्चालक रम्तेलले बताए । शनिबार एक विशेष कार्यक्रम सहित उक्त व्यवसायकाे उद्घाटन भएकाे छ । उद्घाटनकाे क्रममा ब्यवसायि रमतेलले ब्यवसाय सफल बनाउनकाे लागि नेपालिहरूकाे पनि विशेष साथ र प्रचारकाे अावश्यकता हुने बताए । 19875999_1527423387332396_1756636077_o (1)

19859072_1527426310665437_1395800730_o
gym-pumping

One Comment on “पोर्चुगलमा नेपालीकाे नयाँ शैलिको ब्यवसाय”

  • Sunil sangam wrote on 8 July, 2017, 23:35

    ???

    [Reply]

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु